
१पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
२स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
३‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
४पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
५आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
६फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०डुलुवाको अध्यक्षमा योगेश भट्टराई
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
युवराज श्रेष्ठ, पोखरा, ९ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा पनि आकर्षित भएको छ।
सहकारी ठगी एवं संगठित अपराध मुद्दामा अनुसन्धान अघि बढाउँदा बढाउँदै लामिछानेविरूद्ध प्रहरीले संगठित अपराध मुद्दामा पनि अनुसन्धान थालेको हो।
जिल्ला अदालत कास्कीमा बिहीबार म्याद थप्न लैजाँदा सरकारी वकिलको कार्यालयले लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान आवश्यक रहेको इजलासमा जानकारी गराएको थियो।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले माघ २२ गते दिएको सहकारी ठगी सम्बन्धी जाहेरीका आधारमा लामिछानेलाई कात्तिक २ गते प्रहरीले हिरासतमा लिएको थियो। उनलाई कास्की प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।
सहकारी ठगी र संगठित अपराधसँगै लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुनका आधारमा पनि अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता डिएसपी वसन्त शर्माले जानकारी दिए। तर लामिछानेलाई किन संगठित अपराध मुद्दामा अनुसन्धान थालियो भन्नेबारे बताउन चाहेनन्।
लामिछानेविरूद्ध अनुसन्धान र बयानमा लागेकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले सहकारी ठगी र संगठित अपराध मुद्दामा प्राप्त प्रमाणका आधारमा सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्नुपर्ने आवश्यकता देखाएको बताइन्।
‘सहकारी ठगीका सम्बन्धमा प्राप्त प्रमाणका आधारमा हामीले सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्ने निर्णय गरेका हौं,’ उनले भनिन्, ‘रवि लामिछानेको बैंक स्टेटमेन्ट कारोबार हेर्दा अस्वाभाविक देखियो। यत्तिका पैसा कहाँबाट आयो र कहाँ गयो भनेर सम्पत्ति शुद्धीकरण ऐन अनुसार अनुसन्धान थालेका हौं।’
गोर्खा मिडिया प्रालिमा लामिछानेले १५ प्रतिशत सेयर खरिद गर्दा कहाँबाट पैसा आएको थियो र उक्त सेयर बिक्री गरेको पैसा कहाँ राख्नुभयो भनेर पनि अनुसन्धान हुन काफ्लेले बताइन्।
‘करोडौं कारोबार गर्नुभएको छ। १ करोड ८० लाखमा गोर्खा मिडियाको १५ प्रतिशत सेयर किन्नुभएको देखिन्छ। त्यो पैसा कहाँबाट आयो र सेयर बेचेको पैसा कहाँ राख्नुभयो भनेर हेर्नुपर्ने हुन्छ। मुख्यत आपराधिक लाभबाट प्राप्त भएको सम्पत्ति हो कि होइन भनेर हेर्न सम्पत्ति शुद्धीकरण ऐन अनुसार अनुसन्धान गर्नुपर्ने देखियो,’ उनले भनिन्।
लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिले चलाएको ग्यालेक्सी टेलिभिजनका सञ्चालक र प्रबन्ध निर्देशकका रूपमा कार्यरत थिए।
प्रबन्ध निर्देशकका रूपमा लामिछानेलाई कम्पनीले दिएको काम, कर्तव्य र अधिकार पनि हेरिएको काफ्लेले बताइन्।
सहकारीबाट अवैध रूपमा टेलिभिजनमा लगानी गरेर सर्वसाधारणको बचत अपचलन गरेको मुद्दा लामिछानेमाथि छ।
टेलिभिजन सञ्चालन गर्न लगानी गरिएको रकमको स्रोत पनि प्रबन्ध निर्देशकले हेर्नुपर्ने काफ्लेले बताइन्।
लामिछानेले लगानीको स्रोत थाहा छैन भनेर उन्मुक्ति पाउन नसक्ने उनले बताइन्।
लामिछानेले टेलिभिजनको १५ प्रतिशत संस्थापक सेयर २०७७ चैतमा लिएका थिए। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट पैसा गएको एक सातापछि उनले टेलिभिजनको सेयर पाएका थिए।
टेलिभिजनको सेयर होल्डर ढिलो भए पनि कम्पनीको संयुक्त बैंक खाता भने असोजमै खोलिएको थियो।
‘कागजात हेर्दा के देखिन्छ भने रवि लामिछानेले चैतमा सेयर किन्नुभयो। तर ग्लोबल आइएमई बैंकमा कम्पनीको संयुक्त खाता जिबी राई, छविलाल जोशी र रवि लामिछानेको संयुक्त नाममा असोजमै खोलिएको देखिन्छ। बैंक खाता खोल्दा नै हामी स्वच्छ लगानी गरेर कम्पनी चलाउँछौं। आपराधिक लगानी गर्दैर्नौं भनेर कागजातमा हस्ताक्षर गर्नुपर्ने कानुन छ। यसबारे म जानकार छैन भनेर छुटकारा पाइँदैन,’ काफ्लेले भनिन्।
गोर्खा मिडिया नेटवर्क प्रालिको बैंक खाता जिबी, रवि र छवि गरी तीन जनाको नाममा खोलिए पनि एक जनाको हस्ताक्षरले कारोबार चल्ने बनाएका थिए।
कम्पनीबाट अधिकांश रकम लामिछानेको एकल हस्ताक्षरबाट खर्च भएको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालय र कास्की प्रहरीले पनि बैंक स्टेटमेण्ट हेरेर गोर्खा मिडियामा कुन कुन स्रोतबाट पैसा आयो र कहाँ गयो भनेर अनुसन्धान गरिरहेको छ। सेतोपाटी डटकम (साभार)
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई