
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा, कार्तिक २ गते । प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशले ‘गण्डकी प्रदेशमा प्रगतिशील साहित्य’ विषयक विचार गोष्ठी पोखरामा सम्पन्न गरेको छ ।
वामपन्थी बुद्धिजीवी तथा लेखक रामराज रेग्मीद्वारा प्रस्तुत गोष्ठीपत्रका आधारमा भएको छलफलमा गण्डकी प्रदेशको प्रगतिशील साहित्यबारे खोज र अनुसन्धान व्यापक रूपमा हुनुपर्नेमा सहभागीहरूले जोड दिए । रेग्मीले मजदुर, किसान, महिला र अन्य उत्पीडित जनसमुदायको मुक्तिको उद्देश्यले सिर्जना गरिएको साहित्य नै प्रगतिशील साहित्य भएको धारणा राखे ।
“वर्गीय समाजमा प्रगतिशील साहित्य सबै वर्गको हितमा लेखिन्न । वर्ग दृष्टिकोणसँग गाँसिने सवाल भएकाले यसले वर्गीय पक्षधरता अँगाल्दछ” उनले भने, “त्यसकारण जुन साहित्यकारले सर्वहारा पक्षधरतालाई आत्मसात गर्दैैन र जसले उत्पीडित जनताको मुक्तिको दर्शन माक्र्सवादलाई स्वीकार्दैन, त्यो प्रगतिशील साहित्यकार हुन सक्दैन र त्यसले प्रगतिशील साहित्यको सिर्जना पनि गर्न सक्दैन ।”
जनताको गरिबी, दासता, दुःख, पीडा, छटपटी आदिलाई उजागर गर्ने र उत्पीडनको विरोध गर्ने विषयवस्तु मात्र प्रगतिशील साहित्य नभई त्यसमा मुक्तिको दिशाबोधसमेत गरिएको हुनुपर्ने उनको भनाइ थियो । देशको वाम राजनीतिक आन्दोलन फुट र विभाजनबाट गुज्रिएकाले त्यसको प्रभाव प्रगतिशील साहित्यको क्षेत्रमा पनि परेको रेग्मीले बताए । गण्डकीमा साङ्गठनिक दृष्टिले प्रगतिशील साहित्यको अपेक्षित विकास हुन नसकेको उनको टिप्पणी थियो ।
गोष्ठीपत्रमाथि टिप्पणी गर्दै प्रा. डा. यदुनन्दन उपाध्यायले गोष्ठीपत्रले गण्डकीको प्रगतिशील साहित्यबारे आम मानिसमा चासो बढाउन सहयोग गरेको धारणा राखे । गोष्ठीपत्रमा समेट्नुपर्ने थुप्रै विषयवस्तु छुटेको बताउँदै उनले सहभागीको सुझावलाई ध्यानमा राखेर गोष्ठीपत्रलाई अन्तिम रूप दिनुपर्ने बताए ।
प्रलेस, गण्डकीका अध्यक्ष यादवराज उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा प्रलेसकी केन्द्रीय सदस्य कल्पना ढकाल, कवि रमेश श्रेष्ठ, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, सङ्घका गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष लोकबहादुर थापा, माक्र्सवादी अध्ययन स्रोत केन्द्रका अध्यक्ष झलकपाणि तिवारी, ¥यान्डम रिडर्स सोसाइटीका सचिव नेपालप्रकाश अधिकारी, साहित्यकार शेषमणि आचार्य, नुमराज बराल, स्ट्रगल राना, छवि सुवेदी, बाबुराम पन्त, यमबहादुर पौडेल क्षेत्री, राजेन्द्र तिवारी, विकास लुङ्गेली, कालिदासलगायतले शुभकामना तथा सुझाव दिएका थिए । कार्यक्रमको सञ्चालन कोषाध्यक्ष निर्मल सापकोटाले गरेका थिए ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल