
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ, ३० असोज । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले राष्ट्र र नागरिकले सामना गरेका विषम परिस्थितिमा देखाएको समर्पणभाव र उच्च व्यावसायिकता प्रदर्शनबाट प्रहरी नागरिकको सेवा र सुरक्षाको भरोसायोग्य सङ्गठनका रूपमा स्थापित भएको बताउनुभएको छ ।
६९औँ प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले कार्यसम्पादन र सेवा प्रवाहको विश्वसनीयता, गुणस्तरियता र जिम्मेवारीप्रतिको समर्पणलाई निरन्तर परिस्कृत गर्दै लगिएको बताउनुभयो ।
महानिरीक्षक कुँवरले सङ्गठित अपराधका रूपमा रहेका लागुऔषध कारोबार, मानव बेचबिखन, साइबर एवं विद्युतीय कसुर, अवैध हातहतियार र बहुमूल्य सामग्रीको ओसरपसार तथा आर्थिक अपराधलाई निर्ममताका साथ कानुनी दायरमा ल्याउन प्रहरीले आफ्नो क्षमतालाई विस्तार गरी अन्तर्राष्ट्रिय प्रहरी निकायसँगको समवन्यलाई तीव्रता दिएको बताउनुभयो ।
बदलिँदो सामाजिक परिवेशसँगै सिर्जित नवीनतम् चुनौतीलाई उच्च मनोबलका साथ निस्तेज पारिएको उल्लेख गर्दै उहाँले पछिल्ला एक वर्षमा उल्लेखनीय र अपत्यारिला उपलब्धि हासिल भएका बताउनुभयो । “बहुचर्चित तथा जघन्य अपराधको सफल अनुसन्धान, विपद्जन्य घटनाको उद्धार, लागुऔषध, आत्महत्या, लैङ्गिक हिंसा र सवारी दुर्घटना न्यूनीकरणलगायत सामाजिक विकृतिविरुद्ध जनचेतना अभिवृद्धि गरिएको छ”, प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो ।
उहाँले पछिल्लो एक वर्षको अवधिमा प्रहरी सङ्गठनको आधुनिकीकरण, सुदृढीकरण र संस्थागत विकासका लागि विभिन्न निकायसँग साझेदारी भएको स्पष्ट पार्नुभयो । महानिरीक्षक कुँवरले मुलुकमा शान्तिसुरक्षा र अमनचयन कायम गरी नागरिकको जीउधन र व्यक्तिगत स्वतन्त्रताको संरक्षण गर्दै प्रहरीलाई विश्वसनीय र प्रभावकारी सङ्गठनका रूपमा रूपान्तरणका लागि कटीबद्ध रहन निर्देशन दिनुभयो ।
सो समारोहमा प्रमुख अतिथि एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अवकाश प्राप्त प्रहरी उपरीक्षक चिन्तबहादुर बस्नेतलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्नुभएको थियो । सो क्रममा प्रधानमन्त्री ओलीले ‘प्रहरी दर्पण २०८१’ लोकार्पण गर्नुभएको थियो । पुरस्कृत व्यक्तित्व बस्नेतले प्रहरी फौज स्थापनाको मर्मअनुसार काम गर्न सिङ्गो सङ्गठन प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।
उत्कृष्ट प्रहरी अधिकृत र कर्मचारी पुरस्कृत
समारोहमा प्रधानमन्त्री ओलीले ‘पूर्ण शान्ति पुरस्कार’ जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक पवनकुमार भट्टराई, ‘मोलीलाल सर्वोत्कृष्ट अनुसन्धान पुरस्कार’ केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक सूर्यभक्त श्रेष्ठ र ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार’ गण्डकी प्रदेश प्रहरी, विपद् व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी जवान अब्दुल अन्सारीलाई प्रदान गर्नुभयो ।
समारोहमा प्रहरी व्याटन–२०८१ अन्तर्गत उत्कृष्ट हुने लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङलाई प्रदान गरिएको थियो । यस्तै प्रधानमन्त्री ओलीले ‘मोलीलाल–कला–मिथिला अमर प्रहरी छात्रवृत्ति’ अनजयकुमार साह र आशिका लामा, ‘अच्युत–मीना अमर प्रहरी परिवार पुरस्कार’ अंशु थारु र दिकेश कार्की, ‘अच्युत–मीना अमर प्रहरी परिवार छात्रवृत्ति’ नवीना साउँद र अनिल साउँदलाई प्रदान गर्नुभयो ।
समारोहमा प्रहरीको ऐतिहासिक विकासक्रम झल्काउने मार्चपास तथा उपत्यकासहित सातवटै प्रदेश प्रहरी कार्यालयका तर्फबाट सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल