
१पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
२मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
३रवि, जिबी र छविसहित अन्य प्रतिवादीको पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
४नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
५फेवातालमा डुबेर काँहूखोलाका रिवाज गुरुङको मृत्यु
६बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
७अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
८स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
९कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
१०उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
११रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
१२कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
६पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
७पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
८उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
९कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
१२पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
राम थापा, गण्डकी, २६ असोज । उसै त घमाइलो शरद याम । त्यसैमा चाडबाडको उत्सव । सम्मुखमा आइरहेका दसैँ, तिहार, छठ जस्ता ठूला पर्वले गाउँसहर उमङ्गमय बनेका छन् । पारिवारिक जमघटमा चाडपर्व मनाउनु त छँदैछ छ, यहीबेला लामो बिदा हुने भएकाले मानिसहरु घुमफिरको योजना पनि बनाइरहेका हुन्छन् ।
पदयात्रामा जान असोजदेखि मङ्सिरसम्मको याम उत्तम मानिन्छ । पदयात्राका लागि प्रख्यात यहाँका अन्नपूर्ण, मनास्लुलगायत पर्यकीय गन्तव्यस्थलमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।
नेपालीहरु विशेष गरी दसैँ मनाए लगत्तै पदयात्रामा निस्कने गर्छन् । कोही परिवारसित त कोही साथीसङ्गी मिलेर पदयात्रामा रमाउँछन् । कुनैताका विदेशी पर्यटकले चिनाएको नेपालको पदयात्रा पर्यटन पछिल्लो समय आन्तरिक पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय छ ।
सडक र हवाईमार्गबाट विभिन्न गन्तव्यस्थलको भ्रमणमा जाने पर्यटकको सङ्ख्या पनि यो याममा उल्लेख्य हुन्छ । प्राकृतिक सौन्दर्य, विशिष्ट भूगोल, हावापानी, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको अवलोकनसँगै घुमफिरको आनन्द बटुल्न पर्यटहरु पदयात्रामा निस्कन्छन् । शारीरिक, मानसिक स्वास्थ्य र तन्दुरुस्तीका दृष्टिले पनि पदयात्रा गर्नु उपयुक्त मानिन्छ ।
पदयात्रा पर्यटनका लागि विश्वमै चर्चित बनेका गन्तव्यस्थल नेपालमा छन् । बर्सेनि लाखौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक ती गन्तव्यस्थलको भ्रमणमा निस्कन्छन् । तपाईंले पनि यसपालिको दसैँ बिदामा घुमघामको योजना बनाउनुभएको छ भने पर्यटकीय राजधानी पोखरा आसपासका यी पर्यटकीय गाउँ तपाईंको रोजाइमा पर्न सक्छन् ।
यहाँका आकर्षक गन्तव्यस्थ, रैथाने जनजीवन, खानपान, स्वच्छ हावापानी, आतिथ्य संस्कार, संस्कृति, रहनसहन आदिले पर्यटक लोभ्याउने गरेको छ । स्थानीय पर्यटन व्यवसायी, गाउँका अगुवा र पर्यटन प्रवद्र्धन गर्ने निकायका अधिकारीसँगको कुराकानीमा आधारित रहेर हामीले यो सामग्री प्रस्तुत गरेका छौँ ।
मोहिनी सिक्लेस
पोखरादेखि ४१ किमि दुरीमा सिक्लेस गाउँ अवस्थित छ । कास्कीको मादी गाउँपालिका–१ मा पर्ने यो गाउँ घुमफिरका लागि चल्तीको गन्तव्य हो । हिउँचुलीको काखमा झुरुप्प परेको बस्ती, वरिपरि हरिया वनपाखा र खर्क, हिमालको सिरसिरे हावा, तलपट्टि सुसाइरहेको मादी खोला आदिले सिक्लेसलाई चित्रमय बनाएका छन् । हरेक ऋतुकालमा भिन्न विशेषतामा खुल्ने यो गुरुङ बाहुल्य गाउँ प्रकृति र संस्कृतिका सङ्गम हो । ग्रामिण पर्यटनको अनुपम धरोहर हो ।
अन्नपूर्ण हिमालको फेदबाट बहने मादी खोलाछेउमा सिक्लेस गाउँ सजिएर बसेको छ । मनोरम प्रकृतिसँगै गाउँले परिवेश, रहनसहन, रैथाने खाना र न्यानो आतिथ्य संस्कारले त्यहाँ पुग्ने पर्यटकलाई सजिलै लोभ्याउने गर्छ । एकै बान्कीका घर, ढुङ्गा र जस्ताका छाना । ढुङ्गाकै आँगन र बाटो । पुरानो वास्तु झल्काउने झ्यालढोका । स–साना गल्ली, गल्छेँडा र तगारा सिक्लेसका सौन्दर्य हुन् । व्यस्त दैनिकी छलेर त्यहाँ पुग्ने जो कोहीले तनाव भुल्छन् । प्रकृति र संस्कृतिमा नजर अडाउँछन् अनि मन शान्त पार्छन् ।
बिहान र दिउँसोमा चिटिक्क देखिने यो गाउँलाई रातमा भने बिजुलीले झलमल पारेको हुन्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा पर्ने सिक्लेस पदयात्राका लागि बढी लोकप्रिय छन् । सिक्लेस–कपुचे–कोरी पदमार्ग सञ्चालनमा आएपछि पर्यटकको आउजाउ सिक्लेसमा पर्यटकको आउजाउ बढेको हो । पदयात्री सिक्लेसबाट अन्नपूर्ण हिमालको काखमा रहेको कपुचे हिमताल हुँदै ३८ सय मिटरको कोरी लेक पुग्छन् ।
सिक्लेसबाट तस हुँदै कोरी र कपुचे हिमताल हुँदै कोरी जाने दुईवटा पदमार्ग छन् । तीन दिनमा कोरी ट्रेक घुम्न सकिन्छ । पर्यटकीय गतिविधि बढेपछि कोरीमा होटल खुलेका छन् । पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने सञ्चार सामग्री, युट्युब माध्यमलगायतले त्यस क्षेत्रलाई थप उजागर गरिदिएका छन् । दुई दशकअघि सिक्लेसमा पर्यटन व्यवसायको जग बसेको हो । सुरुमा सामुदायिक घरबासबाट सुरु भएको सिक्लेसको पर्यटन व्यवसायले अहिले फड्को मारेको छ ।
दर्जनौँ घरबास र होटल सञ्चालनमा छन् । होटल व्यवसायमा लगानी थपिने क्रम बढ्दो छ । सिक्लेसलाई नेपालको शान्ति प्रक्रियाको प्रस्थानबिन्दुका रुपमासमेत लिने गरिएको छ । विसं २०६३ असार २ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूमिगत राजनीतिपछि पहिलोपटक सिक्लेसमा सार्वजनिक हुनुभएको थियो । त्यसको केही महिनापछि विस्तृत शान्ति सम्झौता भएको थियो । जनयुद्धको बैठानसँगै शान्ति प्रकृयाको प्रस्थानबिन्दुका रुपमा लिइने सिक्लेसमा शान्ति स्मारक पनि बनेको छ ।
सिक्लेस पुग्ने पर्यटक गुरुङ सङ्ग्रहालय, शान्ति स्मारक, सिक्लेस पार्क, हिमालको दृश्यावलोकन, गुरुङ जातिको मन्दिर, मौलिक संस्कृति, वेषभूषा, झाँकी, नाचगीत आदिमा रमाउँछन् । पदयात्रा रुचाउने पर्यटकले छोटो र लामो दुरीको पदयात्रा तय गर्छन् । पोखरादेखि दुई/अढाई घण्टाको मोटरयात्रामा सिक्लेस पुगिन्छ ।
पदयात्रा गर्दा एक दिन लाग्छ । पोखरा–सिक्लेस सडक स्तरोन्नति भइरहकाले यातायात सेवा पनि सहज बनेको छ । सिक्लेस समुद्री सतहदेखि दुई हजार मिटर उचाईमा पर्छ । यहाँ एउटै बनोट र बान्कीका चार सयभन्दा बढी घर छन् । जसमध्ये ९५ प्रतिशत गुरुङको बसोबास छ । हिउँदमा दन्तेलहर झैँ देखिने हिमशृङ्लखा र वर्षात्मा झरी र बादलको लुकामारीले सिक्लेसको सौन्दर्य उसैगरी खुल्छ ।
अन्नपूर्ण दोस्रो र लमजुङ हिमालले यो गाउँको शोभा बढाएका छन् । लेक र खर्कतिर रहेका स–साना तलाउ, कुण्ड र झरानाले पनि पर्यटकलाई तान्ने गरेका छन् । निगालोबाट बन्ने डोको, सेखु, मान्द्रा, चित्रा जस्ता घरेलु उत्पादनका सामग्री यहाँ बन्छन् । महिलाहरुले पिँढीमा तान लगाएर अल्लो र ढाकाका कपडा बुनेको दृश्य लोभलाग्दो देखिन्छ ।
यहाँका घरबासमा आन्तरिक पर्यटकका लागि रु १२ सयको दैनिक प्याकेज छ । जसमा एक छाक खानामासु, एक छाक सादा खाना, बिहान/बेलुकाको खाजा र एक रात सुत्न पाइन्छ । पोखरादेखि पैदल घण्टा र मोटरमा घण्टामा सिक्लेस पुग्न सकिन्छ । खानामा घरगाउँको आटोढिँडो, गुन्द्रुक, मकै, भट्ट, आलु, लोकल कुखुराको मासु पाइन्छ । पेय पदार्थमा पनि घरेलु उत्पादनलाई नै पाहुनाले बढी रुचाउने गरेका छन् । पर्यटकको मनोरञ्जनका लागि मौलिक नाच र गीतसङ्गीत प्रस्तुत गर्ने गरिन्छ ।
अहो ! ल्वाङ
कास्कीको पोखरा महानगरपालिकासँग जोडिएको माछापूछ«े गाउँपालिका–८ स्थित ल्वाङ गाउँ सहरछेउको लोकप्रिय गन्तव्य हो । गुजुमुज्ज गुरुङ बस्ती यहाँको मुख्य आकर्षण हो । सेतो र गेरु रङ पोतिएका एकनासे घर । ढुङ्गाकै छाना, आँगन र बाटो । वास्तुकला झल्काउने झ्यालढोका । स–साना गल्ली, गल्छेँडा र तगारा । ल्वाङ गाउँका आकर्षण हुन् यी । प्रकृति र संस्कृतिले सजिएको ल्वाङ गाउँमा सहरको कोलाहलबाट उम्केर छिनभरमै पुग्न सकिन्छ । ग्रामीण पर्यटनको केन्द्र ल्वाङ गाउँ आफैमा चित्ताकर्षक छ ।
ग्रामीण जनजीवन, रहनसहन, रैथाने खाना र आतिथ्य संस्कारले पनि ल्वाङ गाउँ पुग्ने पर्यटकलाई लोभ्याउँछ । विसं २०६७ मा घरबास सञ्चालनमा आएपछि यो गाउँले पर्यटनमा फड्को मारेको हो ।
सुरुमा गाउँका अगुवा महिला मिलेर सात घरबाट सुरु गरेको घरबास अहिले २६ घरमा विस्तारित छ । एकै रातमा चार सयसम्म पाहुना राख्ने क्षमता घरबासमा छ । प्रकृतिमा रमाउन र घरबासको आनन्द लिन पर्यटकले ल्वाङ गाउँलाई रोज्ने गरेका छन् । मुख्य गरी आन्तरिकको पर्यटक ल्वाङ गाउँ पुग्छन् । पोखरादेखि दुई घण्टाको मोटरयात्रा पुग्ने सकिने यो गाउँको आउजाउ सहज छ । घमफिरका लागि जुनसुकै मौसममा ल्वाङ गाउँ उपयुक्त मानिन्छ ।
समुन्द्री सतहदेखि १४ सय मिटरको उचाइमा अवस्थित यो गाउँबाट माछापूछ«े, अन्नपूर्णलगायत हिमाली चुचुरोमा देखिने सूर्योदयको दृश्य लोभलाग्दो हुन्छ । गुरुङ संस्कृतिको अध्ययन, अनुसन्धानका लागि देशीविदेशी अध्यताहरुसमेत ल्वाङ गाउँ पुग्ने गरेका छन् । स्थानीयवासीले पाहुनालाई गुरुङ संस्कृति र संस्कार गरेका छन् । रैथाने खाना चखाउने, करेसाबारीमा लगेर खेती गर्ने तरिका सिकाउने, भान्छाको परिकार बनाउने विधि पनि सिकाउने गरिन्छ । निगालोबाट बन्ने डोको, सेखु जस्ता घरेलु उत्पादनका सामग्री पनि पर्यटकलाई चिनाउने गरिएको छ ।
घरबासको भान्छामा गाउँमै उत्पादन हुने अन्न र तरकारीबालीको प्रयोग गर्ने गरिएको छ । ल्वाङ गाउँमा पर्यटकले एकदेखि दुई रातसम्म बिताउने गरेका छन् । अन्नपूर्ण आधार शिविर र मर्दी ट्रेकमा जानेहरु पनि ल्वाङ गाउँमा विश्राम गरेर बाटो लाग्छन् । चलचित्रको छायाँकनका लागि पनि ल्वाङ गाउँ रोजाइमा पर्ने गरेको छ । ‘प्रसाद–२’, ‘दुई नम्बरी’ लगायतका चलचित्रको छायाँकन यही गाउँमा भएको थियो ।
गाउँको सिरानमा रहेको चियाबारी त्यहाँको अर्को पर्यटकीय आकर्षण हो । एक हजार दुई सय रोपनीमा फैलिएको चियाबारीले इलामको झल्को दिन्छ । चियाबारीको अवलोकनका लागि पनि पर्यटक त्यहाँ पुग्छन् । ल्वाङ गाउँको चिया युरोपसम्म निर्यात हुँदै आएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा पर्ने ल्वाङ गाउँमा पहिलोपल्ट विसं २०५३/५४ तिर चिया रोपिएको थियो । ल्वाङ गाउँमा ‘एक्याप’को कार्यालय बसेपछि पर्यटकीय गतिविधि सुरु भएको थियो । ल्वाङ गाउँमा घराबसमा पनि पर्यटकलाई बेलुकाको खाना र बिहानको खाजा, खानासहित एकरात बिताउँदा प्रतिव्यक्ति जम्मा रु १२ सय तोकिएको छ । खानाबाहेकका अन्य परिकार र पेय पदार्थमा भने छुट्टै मूल्य तिर्नुपर्छ । उक्त ‘प्याकेज’मा एकछाक सादा खाना र एकछाक खानामासु हुन्छ ।
ग्रामीण सौन्दर्य, संस्कृति र रहनसहन नै ल्वाङ गाउँका मुख्य आकर्षण हुन् । ल्वाङ गाउँ गएका बेला नजिकका पर्यटकीयस्थल ‘पोखरा क्यानोनिङ’, घलेल गाउँलगायत पुग्न सकिन्छ । पर्यटकीय सहर पोखरादेखि २० किमि मोटरयात्रामा ल्वाङ गाउँ पुग्न सकिन्छ । पदयात्रा गरे झण्डै चार घण्टा लाग्छ । मर्दी खोलाको किनारैकिनार भीर र वनपाखा चहार्दै पदयात्रा गर्न सकिन्छ । पोखरा महानगरपापलिका–२५ हेम्जादेखि खानेपानी, भेँडाबारी, खोलामुख हुँदै ल्वाङ गाउँ पुगिन्छ ।
हिमाल हेर्न घान्द्रुक
विसं २०२६/२७ तिर फाट्टफुट्ट पर्यटक आउन सुरु भएको घान्द्रुक अहिले नेपालकै चर्चित पर्यटकीय गन्तव्यका रुपमा स्थापित छ । सुरुमा एक/दुईवटा होटलले पर्यटकलाई सेवा दिँदै आएकामा विसं २०४०/४२ देखि घान्द्रुकमा होटल थपिँदै जान थाले । पर्यटकको आउजाउ पनि बाक्लिन थाल्यो । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित घान्द्रुक गाउँ चल्तीको गन्तव्यका रुपमा देशी विदेशीमाझ परिचित छ । बर्सेनि हजारौँ पर्यटकले त्यहाँ पाइला टेक्छन् । प्रकृति र संस्कृतिमा रमाउँछन् । हिमालको काखमा पहाडे शैलीका लहरै घर । ग्रामिण परिवेश र हावापानी । गुरुङ समुदायको कला, संस्कृति र रहनसहन । पाहुनाको सत्कारका लागि खुलेका घरबास । गाउँकै उब्जनीबाट बनेका परिकार । घान्द्रकुमा पर्यटक लोभ्याउने चीज यिनै हुन् ।
घान्द्रुकबाट नजिकै देखिने अन्नपूर्ण र माछापुछ्रे हिमशृङ्खलाको दृश्यले जोकोहीलाई लोभ्याउँछ । डाँडागाउँका केही घरलाई भने अझै पनि जोगाएर राखिएको छ । केही व्यवसायीले पुरानै घरलाई सिँगारेर होटलका रुपमा चलाएका छन् ।
कङ्क्रिटका भवनमा होटल खुल्ने क्रम बढ्दो छ । आधुनिकताका नाममा घान्द्रुकको पुरानो चिनारी नासिने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ । घान्द्रुकमा रिसोर्टसहित ५४ वटा होटल छन् भने १८ वटा घरबास छन् । पर्यटक स्तरीयदेखि सामान्यसम्म गरी होटलमा आठ सय कोठा छन् । पर्यटकीय याममा एकैदिनमा दुई/तीनहजारसम्म पर्यटक त्यहाँ पुग्छन् ।
स्वदेशीपछि सबैभन्दा बढी चिनियाँ पर्यटकले घान्दु्रकलाई गन्तव्य बनाउँछन् । भारतीयदेखि युरोप, अमेरिकासम्मका पर्यटक त्यहाँ पुग्ने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्रको अन्नपूर्ण आधार शिविर, म्याग्दीको पुनहिल–घोरेपानीलगायत जोड्ने पदमार्गमा पर्ने घान्द्रुक पर्यटकको विश्रामस्थलका रुपमासमेत लिइन्छ । पोखरा–बागलुङ राजमार्गको नयाँपुलदेखि बिरेठाँटी, स्याउलीबजार, किञ्चे हुँदै पाँच/छ घण्टाको पदयात्रामा घान्दु्रक पुग्न सकिन्छ । मोटरमा जाँदा एक/डेढ घण्टामै पुग्न सकिन्छ ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप