
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
३‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
४जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
५नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
६विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
७अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
८स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
९जेन-जी आन्दोलन : नेपाली सेनाको स्पष्टीकरण
१०नर्सलाई सरकारी सरह तलब र सुविधा सुनिश्चित गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
११‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
१२पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने
६समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
७पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
८सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
९पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन
१०माओवादी नेताहरूको विलासी जीवनशैलीमाथि प्रश्न
११जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
१२आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
काठमाडौं, २३ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीको बचत अपचलन, दुरूपयोग, ठगीबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनमा राजनीतिक चलखेल भइरहेको बताएका छन्।
बुधबार सम्पादकहरूसँगको छलफलमा उनले कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्नुपर्ने पर्याप्त आधार नभएको बताएपछि सरकार पछि हटेको आफूले सुनेको बताए।
‘मैले सुनेको कुरा के हो भने त्यहाँ राजनीतिक चलखेल भइरहेको छ। थोरै अदालतले पनि तुरुन्तै एक्सनमा जान पर्याप्त आधार छैन भनेर कास्कीबाट भनिएको सुनेको छु। मलाई आधिकारिक हिसाबले अदालतबाट थाहा भएकोचाहिँ छैन। मलाई यो विषयचाहिँ रास्वपाकै नेताहरूले भन्नुभएको छ। नत्र अस्ति गिरफ्तार गर्ने अन्तिम तयारी भइसकेको थियो भन्ने पनि छ,’ उनले भने।
उनले यही संविधान, लोकतन्त्रअन्तर्गत जन्मिएका पार्टीहरूलाई अपमानित गर्ने, तिरस्कार गर्ने ढंगले होइन तिनीहरूलाई उचित सम्मान दिएरमात्रै लोकतन्त्रलाई सुदृढ गर्न सकिने बुझाइमा आफू रहेको पनि बताए।
‘त्यसकारण यो विषयमा मेरो बुझाइ के मात्रै हो भने यही संविधान, यही लोकतन्त्रअन्तर्गत जन्मिएका पार्टीहरूलाई अपमानित गर्ने, तिरस्कार गर्ने ढंगले होइन तिनीहरूलाई उचित सम्मान दिएरमात्रै लोकतन्त्रलाई सुदृढ गर्न सकिन्छ,’ उनले भने।
उनले आफू सरकारमा हुँदा रास्वपा लगायत नवोदित दललाई संरक्षण गरेर जानुपर्ने विषयमा तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेससँग गहिरो छलफल गर्ने गरेको बताए।
‘जसरी जनतामा प्रमुख पार्टीहरूको काम कारबाहीप्रतिको असन्तुष्टिको अभिव्यक्ति त्यहाँ भयो, त्यसलाई चाहिँ कुनै नै हिसाबले संरक्षण गर्नुपर्छ भनेर नेपाली कांग्रेस र हामी सरकारमा हुँदा त्यसबारेमा धेरै छलफल हुन्थ्यो। धेर नै छलफल गर्थ्यौं,’ उनले भने।
उनले सहकारीसँग सम्बन्धित विषय उठेपछि आफूले तत्कालीन सुरक्षा निकायका प्रमुखलाई सोधेको पनि बताए। उनीहरूले रास्वपा सभापति लामिछानेको सहकारीको बचत अपचलन, ठगीमा कुनै संलग्नता नदेखिएको बताएपछि त्यही कुरा सदनसमक्ष बोलेको पनि बताए।
‘तिनवटै सुरक्षा अंगका प्रमुख र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टिमलाई नै, अनि सम्बन्धित ठाउँका सबै प्रतिनिधिहरूलाई पनि सोधेको थिएँ। भोलि संसदमा बोल्नुछ। भोलि बोल्दा प्रतिरक्षा गरेर बोल्ने कि के गरेर बोल्न भनेर समस्या परेको छ। कमजोरी छ, तपाईंहरूले केही कैफियत देख्नुभएको छ भने भन्नुहोला, म त्यहीअनुसार बोल्छु भनेको थिएँ। उहाँहरूले अहिलेसम्म केही छैन भनेपछि मैले त्यही बोलेको हुँ। त्यो प्रतिरक्षा, बचाउ भयो कि के भयो त्यो तपाईंहरूले देखिराख्नुभएकै छ,’ उनले भने।
त्यतिबेला नेकपा ९एमाले०को नेतृत्व तथा अहिलेका प्रधानमन्त्री संसदीय छानबिनको विपक्षमा रहेको बताए। बरु रवि लामिछानेले संसदीय छानबिन समिति छिटो बन्नुपर्यो भनेको पनि बताए।
‘संसदीय छानबिन समिति जुन बनाइयो, यो बनाएको कुरा तपाईंहरूले बुझ्नुभएकै होला, छानबिन समिति बनाउनुहुँदैन भन्ने मत थियो, खासगरी एमाले नेतृत्वको। केपीजी त यो छानबिन समिति बनाउनै हुँदैन भनेर अन्तिम समयसम्म रिजर्भ हुनुहुन्थ्यो। निर्णय हुने बेला उहाँ बैठकबाट उठेर पनि जानुभएको थियो। मेरो सहमति छैन भन्नुभएको थियो। रवि लामिछानेचाहिँ छिटो बनाउनुपर्छ भन्नेमा हुनुहुन्थ्यो। मेरो बारेमा छानबिन समितिन बनोस्। छानबिन समिति बनाउनुहुन्न भन्नुको अर्थ दिनप्रतिदिन संसदमा बदनाम गर्ने पो हुन थाल्यो, त्यतिबेला,’ उनले भने।
अहिले प्रतिवेदनले लामिछानेले आफै संलग्न भएर सहकारीको बचत अपचलनको आरोप प्रमाणित गर्न नसके पनि गोर्खा मिडिया नेटवर्क प्रालिसँग सम्बन्धित कुरामा केही प्रश्न उठाएको बताए।
‘यो प्रतिवेदन कसरी कार्यान्वयन गर्ने भन्ने सरकारको कुरा हो, यसमा डिस्टर्ब गर्ने पक्षमा हामी छैनौं। मैले सार्वजनिक रूपमा भनेको छु’ उनले भने। सेतोपाटी
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने