
१पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
२सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
३युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
४महान्यायाधिवक्ताको विवादास्पद निर्णय
५नेपाली काँग्रेसको सभापतिमा गगन थापा
६तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
७पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
८राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
पोखरा, १४ साउन । पोखरा–१७, बिरौंटामा रहेको एलपी देवकोटा मेमोरियल विद्यालयको बस दुर्घटना हुँदा आमा छोराको मृत्यु हुनुका साथैं २८ जना (विद्यार्थी र एकजना अभिभावक) घाईते भएका छन् । सो दुर्घटनामा परेर विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका ६ बर्षीय छोरा प्रिन्सको मृत्यु भएको हो ।
आज बिहान पोखरा वडा नं. २१, कृस्तीमा ग १ क ६२१९ नं. को स्कुल बस गुड्कु स्थित भित्री सडक खण्डमा रामदीबाट पोखरातर्फ आउँदै गर्दा विद्यार्थीसहित सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । सोही दुर्घटनामा गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । दुर्घटनामा परेर थप २८ जना घाइते भएका छन् ।
गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा विहान ९:४१ बजे चिकित्सकले आमा आरती विकलाई र ६ वर्षीय प्रिन्सलाई उपचारका क्रममा विहान १०:४५ बजे मृत घोषणा गरेका थिए ।
घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए । घाईतेहरुको गण्डकी मेडिकल कलेज, पश्चिम क्षेत्रीय अस्पताल र मनिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।
गण्डकी मेडिकल कलेजमा उपचाररत घाईतेहरुमा पोखरा–२१, कृष्तीका ९ वर्षीय अनमोल विक (अवस्था मध्यम), पाँच वर्षीय रोशन बराल (अवस्था मध्यम), पोखरा–२१, रामदीका १४ वर्षीय दिप्सन कार्की (अवस्था मध्यम), ६ वर्षीय योना गुरुङ (अवस्था मध्यम), १३ वर्षीय डिना गुरुङ (अवस्था सामान्य), १५ वर्षीय प्रकृति कार्की (अवस्था मध्यम), सोही वडाको एकहाते बस्ने ६ वर्षीय प्रिन्स राना (अवस्था सामान्य), सोही वडाको रामदी बस्ने ७ वर्षीय चिजा विक (अवस्था सामान्य), ९ वर्षीय प्रवेश कार्की (अवस्था मध्यम), १२ वर्षीय विसिका पौडेल (अवस्था मध्यम), ११ वर्षीय विश्वास पौडेल (अवस्था सामान्य), सोही वडाको एकहाते वस्ने १२ वर्षीय सिम्रन विक (अवस्था मध्यम) र रामदीका ११ वर्षीय विवश खत्री (अवस्था मध्यम) रहेका छन् ।
त्यसैगरी, पश्चिम क्षेत्रीय अस्पतालमा उपचाररत घाईतेहरुमा वडा नं. २१ का ८ वर्षीय अनन्या पौडेल (अवस्था मध्यम), ८ वर्षीय अनन्या पौडेल (अवस्था मध्यम), ३ वर्षीय सिमन मगर (अवस्था मध्यम), ३ वर्षीय न्युजन मगर (अवस्था मध्यम), ७ वर्षीय रिजन मगर (अवस्था मध्यम), १२ वर्षीय रामकृष्ण नेपाली (अवस्था मध्यम), २ वर्षीय अंकित खत्री (अवस्था मध्यम), १४ वर्षीय सितादेवी विक (अवस्था मध्यम÷छोरेपाटन सेकेन्डरी स्कुलका विद्यार्थी), ७ वर्षीय अस्मित विक (अवस्था मध्यम), ३० वर्षीय सुमित्रा सुनार (अवस्था मध्यम÷बच्चाको फि तिर्न आएकी अभिभावक), २ वर्षीय निर्दोष सुनार (अवस्था मध्यम), ३० वर्षीय सपना आले (अवस्था मध्यम/शिक्षक) र ११ वर्षीय निश्चल सुनार (अवस्था मध्यम) रहेका छन् ।
त्यसैगरी, मणिपाल शिक्षण अस्पतालमा उपचाररत घाईतेहरुमा बस चालक पोखरा–१७, बिरौंटा बस्ने ५५ वर्षीय टेकबहादुर भुजेल (अवस्था मध्यम), पोखरा–२१, रामदी बस्ने ८ वर्षीय निशान सुनार (अवस्था सामान्य) र ५ वर्षीय सागर थापा (अवस्था मध्यम) रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

तस्विरहरु साभार/स्रोतः सामाजिक सञ्जाल
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर