News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

पहिरोमा पुरिएर पुरनचौर, चैनपुर र मादीगाउँपालिकामा गरेर ११ जनाको मृत्यु, ३ जना घाइते

तस्विर साभार

पोखरा, २८ असार । पहिरोका कारण पोखराको पुरनचौर, चैनपुर र मादीगाउँपालिकामा गरेर ११ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । पुरनचौरमा ७ जना, चैनपुरमा ३ जना र मादीमा १ जनाको मृत्यु भएको हो । पोखरा–१९ पुरनचौरमा पहिरोमा परी एकै परिवारका ७ जनाको मृत्यु भएको हो ।

पोखरा–१९ पुरन्चौरमा ७ जनाको मृत्यु:
बिहीबार राति खसेको पहिरोमा पुरिएर पोखरा–१९ पुरन्चौरमा ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीय प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित र तल्लाकोट बस्ने राधिका परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माले जानकारी दिएका छन् ।

छोरीज्वाइँसहित सबै परिवार नै घरमा जम्मा भएर बसिरहेका बेला पहिरो खसेको र उद्धार गर्न जाँदा छिमेकी राधिका परियारको मृत्यु हुन पुगेको प्रहरीको भनाई छ ।

पोखरा–३२ मा चैनपुरमा पहिरोमा परी २ जनाको मृत्यु, १ जना अझै वेपत्ता :
यसैगरी पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा र ९ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । ११ वर्षीया अनुस्का ओझा अझैं बेपत्ता छिन् ।

मादी गाउँपालिकामा पहिरोमा पुरिएर १ जनाको मृत्यु :
मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङको मृत्यु भएको छ । पहिरोमा पुरिएका ओमबहादुर गुरुङलाई भने स्थानीय र सुरक्षाकर्मीहरुले सकुसल उद्धार गरेका छन् ।