
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१०फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
पोखरा, २६ जेठ । मित्र मिलन सहकारी ठगीमा महिनौंदेखि फरार रहेका पूर्वअध्यक्ष भरत भट्टराईसहित दुईजनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पूर्वअध्यक्ष भट्टराईसँगैं सहकारी ठगीमा फरार रहेका अर्का पात्र सुवास अधिकारी पनि कोत्रेबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले सहकारीका पूर्वअध्यक्ष भट्टराई र अधिकारी पक्राउ परेको जानकारी दिए । एपसपी थापाले भने–‘कोत्रेमा लुकिछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले दुईजनालाई पक्राउ गर्न सफल भएको हो । भोलि आइतबार उनीहरुलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराईनेछ ।’
केही सहकारी पीडित बचतकर्ता र गगनगौंडामा कार्यरत सई समुन्द्र नेपालको सहयोगमा महिनौंदेखि फरार भट्टराई र अधिकारी पक्राउ परेका थिए । भट्टराईले सहकारीको ३ करोड ६० लाख ७८ हजार रुपैयाँको सम्पत्ति तथा बचतकर्ताको रकम हिनामिना गरेको वित्तीय छानबिन प्रतिवेदन र प्रहरी अनुसन्धानबाट खुलेको थियो । यता, सुवासले पोखरा वडा नं. २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदीसँग मिलेर चर्को मिटर ब्याजमा रकम सहकारीलाई खोजिदिए वापत ४० लाख रुपैयाँ कमिशन स्वरुप लिएको वित्तीय छानबिन प्रतिवेदन र प्रहरी अनुसन्धानबाट देखिएको थियो ।
सहकारीका पूर्वअध्यक्ष, पूर्वसचिव एवं पूर्वव्यवस्थापक भरत भट्टराईमाथि लागेको आरोपः
भरत भट्टराईले २०७१ चैत १६ गतेको विशेष साधारण सभाबाट सहकारीको सचिव सहित व्यवस्थापकको जिम्मेवारीमा रही प्रत्यक्ष रुपमा सहकारीको आर्थिक कारोबारमा पछिसम्म पनि संलग्न हुँदैं आईरहेका थिए । सो क्रममा भट्टराईले आफ्नै बहिनी रञ्जना भट्टराईको नाउँमा सहकारीमा खाता खोली आफैंले विभिन्न शंकास्पद र किर्ते आर्थिक कारोबार गरेका थिए । बैनीको नाममा मात्र नभई उनले आफ्नो मामा घरको हजुरबुबा हुमनाथ अधिकारी र आफन्त रुमबहादुर ठकुरी लगायतको नाउँमा किर्ते कर्जा प्रवाह गरेको भेट्टिएको छ ।
भट्टराईले आफू अध्यक्ष बनेको किर्ते निर्णय पुस्तिका तयार गरी राष्ट्रिय सहकारी बैंक लिमिटेडबाट विभिन्न मितिमा ४ करोड १३ लाख कर्जा लिएको बित्तीय प्रतिवेदन र प्रहरी अनुसन्धानबाट खुलेको छ । साथै उक्त गैरकानुनी कार्यलाई सदर गर्न भट्टराईले २०७३ पुस २६ गतेको साधारणसभाबाट नियुक्त भएका अध्यक्ष कृष्णबहादुर राउतलाई गुन्डागर्दी शैलीमा विभिन्न डर, त्रास र दवावमा पारी राजिनामा दिन बाध्य बनाएका थिए ।
भट्टराईले आफू अध्यक्ष बनेको किर्ते निर्णय पुस्तिका तयार गरी राष्ट्रिय सहकारी बैंक लिमिटेडबाट विभिन्न मितिमा ४ करोड १३ लाख कर्जा लिएको बित्तीय प्रतिवेदन र प्रहरी अनुसन्धानबाट खुलेको छ । साथै उक्त गैरकानुनी कार्यलाई सदर गर्न भट्टराईले २०७३ पुस २६ गतेको साधारणसभाबाट नियुक्त भएका अध्यक्ष कृष्णबहादुर राउतलाई गुन्डागर्दी शैलीमा विभिन्न डर, त्रास र दवावमा पारी राजिनामा दिन बाध्य बनाएका थिए ।
उनले सो कर्जा लिएको मिति भन्दा अगाडि नै साधारण सभाबाट आफू अध्यक्ष बनेको निर्णय पुस्तिका तयार गर्न लगाई २०७५ असोज २६ गते आफू अध्यक्ष बनेको, सहकारीको रकम हिनामिना गरी आफ्नो नाउँमा पोखरा–१७, विरौटामा ५ आना घडेरी जग्गा पास गरेर लिएका थिए ।
आफू पदमा रहँदा वा नरहँदा पनि सहकारीको तत्कालिन सञ्चालक समितिका पदाधिकारी र कर्मचारीलाई दवावमा पारी हालसम्म पनि सहकारीको तलरतालाई सहज बनाउने भनि आफू तथा विभिन्न मिटरव्याजीहरुसँग समन्वय गरी चर्को व्याजमा सहकारीमा रकम उपलब्ध गराई सो वापत गैरकानुनी लाभ लिई सहकारीमा कृतिम कर्जा तथा कारोबार देखाउने काम भट्टराईले गर्दै आईरहेका थिए । उनले सहकारीको ३ करोड ६० लाख ७८ हजार रुपैयाँ सहकारीको सम्पत्ति तथा बचतकर्ताको बचत हिनामिना गरेको स्पष्ट रुपमा छानबिन र अनुसन्धानबाट देखिएको छ ।
भट्टराईलाई सहकारी ऐन, २०७४ को दफा १२२ को उपदफा (ख), (ग), (घ), (ङ), (च), (ज) र (त) ले परिभाषित कसुरमा ऐनको दफा १२४ को उपदफा (१) को खण्ड (क), (ग), (घ ४) बमोजिमको अधिकतम सजायको माग गर्दै सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको थियो ।
सुवास अधिकारीले सहकारीबाट कमिशनवापत ४० लाख रुपैयाँ लिएको आरोपः
सुवास अधिकारीले सहकारीका पूर्वअध्यक्ष भरत भट्टराईको फुपुको छोरा हुँ भन्दै सहकारीमा जोडिएर पोखरा–२१ का वडाध्यक्ष दिपकप्रसाद सुवेदी र कृष्णबहादुर गुरुङसँग मिलेर मिटर व्याजीमा सहकारीमा रकम लगानी गरी चर्को व्याज असुल गर्ने गरेको वित्तीय तथा प्रहरी अनुसन्धानका क्रममा खुलेको सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा दर्ता गरेको अभियोजनपत्रमा उल्लेख छ ।
सहकारीमा जोडिएर पोखरा–२१ का वडाध्यक्ष दिपकप्रसाद सुवेदी र कृष्णबहादुर गुरुङसँग मिलेर मिटर व्याजीमा सहकारीमा रकम लगानी गरी चर्को व्याज स्वरुप ४० लाख रुपैयाँ सुवास अधिकारीले असुलेको अनुसन्धानका क्रममा पुष्टि भएको थियो ।
पोखरा महानगरपालिका, वडा नं. २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदीलाई चर्को ब्याजमा सहकारीबाट रकम उठाई दिए वापत कमिसन भनि १० लाख रुपैयाँ अधिकारीको अनुरोधमा सहकारीका नरेशप्रसाद पौडेलको नाउँमा खाता खोलेर मुद्दतीमा जम्मा गरेको भेटिएको छ । त्यसैगरी वडाध्यक्ष सुवेदीले सहकारीमा २ करोड ५० लाख लगानी गर्ने विषयमा छलफल हुँदा रकम मिलाई दिने भनि ३० लाख रुपैयाँ माग गरेको र २०७९ भदौं २९ गते भन्दा अगाडि ३ पटक गरेर अधिकारीको आईसी एफसी फाइनान्स कम्पनी प्रा.लि.को खाताबाट कनेक्ट आईपिएस मार्फत् ३० लाख उनको गर्लफ्रेण्ड पराजुली थरकी महिलाको खातामा ट्रान्सफर गरिदिएको र सो का बारेमा भएको कुराकानीको सम्बन्धमा सहकारीका अध्यक्ष रमण पौडेलसँग भएको स्क्रिन सर्ट पनि प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको र वित्तीय विश्लेषकसँग बयानका क्रममा पनि अधिकारीले उक्त रकम लिएको विषय स्वीकार गरेको अभियोजन पत्रमा लेखिएको छ ।
अधिकारीले वित्तीय विश्लेषकसँगको बयानका क्रममा उक्त रकम लिएको स्वीकार्दै सो मध्ये २६ लाख रुपैयाँ सहकारीका अध्यक्ष पौडेललाई फिर्ता गरेको हुँ भनेर खुलाएतापनि सो को प्रमाण पेश गर्न भने सकेनन् । सहकारीका पूर्व तथा वर्तमान सञ्चालक समितिका पदाधिकारीहरुसँग मिलेर सहकारीको सम्पत्ति तथा बचतकर्ताको रकम हिनामिना एवं अपचलन गरी गैरकानुनी लाभ लिने कार्यमा प्रत्यक्ष संलग्न रहेको देखिएको भनदै सहकारी ऐन, २०७४ को दफा १२२ को उपदफा (त)ले परिभाषित कसुर भए गरेको हुँदा दफा १२४ को उपदफा (१)को खण्ड (घ४) बमोजिम अधिकतम सजायको मागदावी गर्दै अदालतमा मुद्दा दायर गरिएको थियो ।
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय