
१रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
२नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
६प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
९नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
१०रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
११घट्यो बाल मृत्युदर
१२२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
३कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
४गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
५टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
६घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
७पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
८चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
९२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१०‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
११निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
१२रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
पोखरा, १२ जेठ । ‘कहीं नभएको जात्रा हाँडीगाउँमा’ भने झैं पोखराका एक जनप्रतिनिधिले प्रचारमोहको लोभमा निकृष्टता प्रदर्शन गरेका छन् । प्रचारमोहको लोभमा फसेका ती जनप्रतिनिधिले सरकारी बजेटमा ज्येष्ठ नागरिकका लागि किनिएको सातुको प्याकेट र डब्बामा समेत आफ्नैं तस्विर छाप्न लगाएर कतैं निशुल्क त कतै जन्मदिनको उपहार भन्दैं बाँड्दै हिडिरहेका छन् ।
पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले सातुको डब्बा र प्याकेटमा आफ्नै तस्विर छापेर यस्तो हर्कत देखाएका हुन् । प्रचारमोहमा फसेका वडाध्यक्ष मर्सानीले देखाएका यस्ता हर्कतहरुको विरोध गर्ने वडावासीलाई समेत उनले प्रहरीसँग सेटिङ मिलाउँदैं धम्क्याउँदैं आईरहेको तथ्य भेटिएको छ ।
वडाध्यक्ष मर्सानीले पोखराको एक निजी कम्पनीबाट सरकारी बजेटमा किनिएको दुई लाख रुपैयाँको सातुको प्याकेट र डब्बामा आफ्नै तस्विर छापेर वितरण गर्दै आईरहेका छन् । उनले उक्त सातु ज्येष्ठ नागरिकहरुलाई मात्र नभई अर्को वडाका वडाध्यक्षको जन्मदिनको उपहार स्वरुप भन्दैं बितरण गरेका तस्विरहरु पनि सामाजिक सञ्जालहरुमा भेटिएका छन् ।

प्रचारमोह: वडाको पैसाले किनेको सातुमा वडाध्यक्ष दीपेन्द्र मर्सानीको तस्विर
पोखरा महानगरपालिका वडा नं. १२ का वडाध्यक्ष सन्तोष बास्तोलाको जन्मदिनमा ज्येष्ठ नागरिकलाई भनेर किनिएको सातुको डब्बा वडाध्यक्ष मर्सानीले दिदैं खिचाईएका तस्विरहरु फेसबुकमा भेटिएका हुन् । नियम र आचारसंहिता विपरितका यस्ता निम्नस्तरका हर्कतहरु गर्दै आएका वडाध्यक्ष मर्सानीले भने विरोध गर्ने वडावासीको आवाज प्रहरीसँगको सेटिङमा दवाउने काम पनि गर्दै आईरहेका छन् ।“
यस विषयमा वडाध्यक्ष मर्सानीसँग प्रश्न गर्दा वडाको पैसाले उक्त सातु ज्येष्ठ नागरिकहरुका लागि किनिएको स्वीकार गरे । उनले भने–‘हिरोहिरुनीको फोटो हाल्न भन्दा कम्पनीले तपाई पनि एउटा आइडल हुनुहुन्छ भनेर भनेपछि राख्न अनुमति दिएको हो । यो तस्विर राखेको सातु बेच्न भने पाईदैंन । वडामा निशुल्क बितरणका लागि मात्र हो ।’
वडा नं. ९ का वडावासीहरुले भने–‘यदि वडाध्यक्षको नियत सफा थियो भने दिदीवहिनीहरुले नैं तयार पारेका यस्ता घरेलु उत्पादनहरु किनेर दुवैतर्फ सहयोग गर्न सक्थे । तर एक निजी कम्पनीबाट मात्रैं लाखौंको सातु किनेर त्यसमाथि आफ्नै तस्विर छापेर यो रमिता देखाउँदैनथे ।’
स्मरण रहोस्, उक्त सातु उत्पादन गर्ने कम्पनी भने सहकारी ठगी, राजश्व छली तथा बन अतिक्रमण गरी अपचलन गरेको आरोपमा पक्राउ परेर तारेखमा रिहा भएका अधिवक्ता जनकल्याण पराजुलीको परिवारले सञ्चालन गर्दै आईरहेको हो । यसका सञ्चालकहरुको गतिविधि नैं शंकास्पद भएकोले वडाध्यक्षहरुलाई कमिशन उपलब्ध गराउने लोभमा अन्य वडामा समेत यो धन्दा चलाउन यो हर्कत गरिएको आशंका वडावासीहरुको छ ।
विरोध गर्नेहरुलाई प्रहरीसँगको सेटिङमा धम्क्याउँदैं तर्साउने गर्दछन् वडाध्यक्ष दीपेन्द्र मर्सानी
पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले ज्येष्ठ नागरिकका लागि वडाको बजेटले किनेको सातु वडा नं. १२ का वडाध्यक्ष सन्तोष बास्तोलाको जन्मदिनमा उपहार स्वरुप दिदैं तस्विर पनि खिचाए । उक्त तस्विर सामाजिक सञ्जाल फेसबुकमा समेत राखियो ।

पोखरा वडा नं. १२ का वडाध्यक्ष सन्तोष बास्तोलाको जन्मदिनमा ज्येष्ठ नागरिकका लागि वडाले किनेको सातु उपहार दिदैं वडाध्यक्ष दीपेन्द्र मर्सानी ।
एकातर्फ सातुको प्याकेट र डब्बाभरि आफ्नो तस्विर छपाएका वडाध्यक्ष मर्सानीको आलोचना भईरहेको थियो भने अर्को तर्फ वडाध्यक्ष बास्तोलाको जन्मदिनमा लगेर त्यहीं सातु वितरण गरेपछि केही वडावासीले यस घटनाको सामाजिक सञ्जालहरुमा खुलेरै विरोध गरे ।
सोही वडाकी शर्मिला बास्तोलाले पनि सरल र स्पष्ट शब्दमा सामाजिक सञ्जाल फेसबुकमा यस विषयमा एउटा स्टाटस राखिन् । जहाँ उनले लेखेकी थिईन्–‘मेरो वडा धन्य हो । ज्येष्ठ नागरिकलाई वडाले छुट्याएको बजेटबाट २ प्याकेट सातु बितरण पनि राज्यको सुविधा लिएको छ भनेर झल झल ती आमा बुबा सानो मन गरेर रित्ता हात फर्किएको देखेको थिए । तर आज त्यहीँ सातु हट्टाकट्टा मान्छेहरुलाई उपहार देख्दा लज्जित भएको छु ।’
यति स्टाटस लेखेकी शर्मिलालाई के थाहा, प्रहरी चौंकीमा उपस्थित भएर वडाध्यक्षदेखि प्रहरीहरुको हप्कीदप्की खानुपर्छ भन्ने कुरा । गणतन्त्र आईसकेको अवस्थामा एक नागरिकले आफ्नो मनमा लागेको कुरा सभ्य र सरल ढंगले व्यक्त गर्दा वडाध्यक्ष मर्सानीले शक्ति र पहुँचको दुरुपयोग गर्दै शर्मिलाका विरुद्धमा साईबर क्राईममा कारवाहीको माग गर्दै जाहेरी मात्र दिएनन् उल्टै मनोबल गिराउने गरी प्रहरीसँग सेटिङ मिलाएर हप्कीदप्की समेत दिन भ्याए ।

वडाध्यक्ष दीपेन्द्र मर्सानीले यो स्टाटस लेखेकै आधारमा शर्मिला बास्तोलालाई प्रहरीकोमा लगेर हप्कीदप्की लगाएका थिए ।
पीडित शर्मिलाले भनिन्–‘यति स्टाटस लेखेको आधारमा मलाई वडाध्यक्ष मर्सानीले साईबर क्राईममा कारवाही गर्न जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिनुभएको रहिछ । प्रहरीले बोलाए पछि म साथीसँग पुगे । प्रहरी चौंकीमा उहाँ पनि आउनुभो । प्रहरी र वडाध्यक्ष मिलेर हप्कीदप्की दिदैं त्यो स्टाटस तुरुन्तैं डिलेट गर, नभए फेसबुक नै बन्द गरिदिन्छौं भन्दैं हप्काउन समेत भ्याए ।’
आफू यस्ता धाकधम्की र हप्कीले नडराउने खालको र यस्ता विकृतिको निर्धक्क विरोध गरिरहने भन्दैं गणतन्त्रमा पनि जनप्रतिनिधिहरुले आफूलाई मालिक सम्झिएको देख्दा हाँसो लागेको बताईन् । उनले भनिन्-‘यो गणतन्त्र हो, जनप्रतिनिधि जनताका सेवक हुन् । यस्ता धाकधम्की घरभित्र आफ्नै परिवारलाई दिए हुन्छ, वडावासीलाई होइन ।’
वडावासीले सामाजिक सञ्जालमा लेखेको यति सानो विषयमा प्रहरीमा उजुरी गरेर हप्कीदप्की लगाउने र स्टाटस नै मेट्न दवाव किन दिनुभयो भन्ने प्रश्नमा वडाध्यक्ष मर्सानीले सम्बन्धित ठाउँमा नै उजुरी दिएर छलफलका लागि बोलाइएको स्वीकार गरे ।
यस विषयमा प्रश्न गर्दा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले आफूलाई जाहेरी परेको विषयमा थाहा भएको तर त्यहाँ कसले के गरे भन्ने विषयमा बुझ्नै पर्ने भन्दैं वडाध्यक्षसँग प्रहरीको सेटिङ वा मिलेमतो केही पनि नभएको बताए । एसपी थापाले भने–‘यति सानो विषयमा यस्तो हुन नपर्ने । के भएको रहेछ, म बुझेर कुरा गर्छु ।’
वडावासीलाई मात्र होइन, नगरपालिका कैं कर्मचारीलाई पनि धम्क्याएका थिए वडाध्यक्ष मर्सानीले
निरिह वडावासी र सेवाग्राहीलाई मात्र होइन वडाध्यक्ष दीपेन्द्र मर्सानीले यस अघि २०८० जेठ महिनामा पोखरा महानगरपालिका योजना महाशाखाका प्रमुख कृष्ण तिवारीलाई अपशब्द बोल्दैं गालीगलौंज गरेपछि विवादमा आएका थिए । वडा नं.९ मा एक आमा समूहको भवन बनाउने विषयलाई लिएर वडाध्यक्षले तिवारीलाई गालीगलौंज गरेका थिए ।

वडाध्यक्ष दीपेन्द्र मर्सानी र पोखरा महानगरपालिका योजना महाशाखाका प्रमुख कृष्ण तिवारी
वडाध्यक्ष मर्सानीको दादागिरी बढेपछि योजना महाशाखाका कर्मचारीले कार्यालयमा सौहार्दपूर्ण काम गर्न पाउने वातावरण मिलाइदिन महानगर प्रमुख धनराज आचार्य तथा उपप्रमुख मञ्जुदेवी गुरुङलाई समेत ज्ञापनपत्र बुझाएका थिए । उक्त ज्ञापनपत्रमा ‘‘कार्य कक्षमा काम गरिरहेको अवस्थामा आएर धम्कीपूर्ण शैलीमा गालीगलौज र अपशब्द बोलेर मानमर्दन गरेको हुँदा हामीलाई कार्यालयमा सौहाद्र्धपूर्ण वातावरणमा काम गर्ने वातावरण नरहेको व्यहोरा जानकारी गराउँदछौं,’ भनेर लेखिएको थियो ।
पछिल्लो समय जनप्रतिनिधिहरुले मात्र होइन आफूलाई नागरिक समाजको अगुवा भन्नेहरुले समेत सर्वसाधारण जनताले जनाएको विरोधका विषयलाई लिएर शक्ति र पहुँचका भरमा प्रहरी लगाएर दुःख दिने प्रवृत्ति पोखरामा बढ्न थालेको छ । यसतर्फ प्रहरी प्रमुखहरुले बेलैंमा सोच्नुपर्ने पनि देखिन्छ ।
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
३कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
४गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
५टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित