
१सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
३कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
४हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
५किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
६लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र सूर्यदर्शन सहकारीबाट आएकी व्यवस्थापक निरु थापा डेढ अर्ब रुपैयाँ हिनामिना गर्ने काण्डका मुख्य योजनाकार रहेको छानबिन प्रतिवेदनबाट थप पुष्टि भएको छ ।
पोखरा, १ जेठ । पोखराको गैह्रापाटनमा रहेको प्राइम सहकारीमा बचतकर्ताहरुको डेढ अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले पोखरा–१४, चाउथे बस्ने ४३ वर्षीय अध्यक्ष शंकर कार्की र पोखरा–२७ अर्चले घर भएका ३७ वर्षीय प्रमुख कार्यकारी अधिकृत एवम् तत्कालिन सचिव समेत रहेका सुरेन्द्रमणि पौडेलसहित आठजनालाई आज मंगलबार पक्राउ गरेको छ ।

प्राइम सहकारीका अध्यक्ष शंकर कार्की र सहकारी ठगीका मुख्य योजनाकार प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल पक्राउ ।
बचतकर्ताहरुको १ अर्ब ५४ करोड १५ लाख ८ हजार एकसय ४२ रुपैयाँ बचत रकम हिनामिना
यसरी पक्राउ पर्नेहरुमा सहकारीका निवर्तमान अध्यक्ष पोखरा–४, गैह्रापाटन बस्ने ६३ वर्षीय निदेशकुमार कोइराला, सहकारीका व्यवस्थापक पोखरा–११, रानीपौवा बस्ने ३६ वर्षीय निरु थापा केसी, पोखरा–१३, आर्वा स्थायी घर भई हाल पोखरा–१२ ढिकालेथर बस्ने ५३ वर्षीय सहकारीका कानुनी सल्लाहकार एवम् अधिवक्ता ईन्द्रप्रसाद बराल, सहकारीका पूर्वकोषाध्यक्ष पोखरा–३०, शिशुवा बस्ने ५२ वर्षीय कुलदिप भट्टराई, पोखरा–३० बस्ने सहकारीका कर्जा अधिकृत ३० वर्षीय सुनिल थापा र सहकारीका शेयर सदस्य एवम् सल्लाहकार पोखरा–८, नयाँ बजार बस्ने ६९ वर्षीय मानबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले पुष्टि गरेको छ ।

सहकारीका निवर्तमान अध्यक्ष पोखरा–४, गैह्रापाटन बस्ने निदेशकुमार कोइराला पक्राउ
सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि र सूर्यदर्शन सहकारीबाट आएकी व्यवस्थापक निरु डेढ अर्ब रुपैयाँ हिनामिना गर्ने काण्डका मुख्य योजनाकार रहेको छानबिन प्रतिवेदनमा पुष्टि भएको छ । यो गिरोहले बचतकर्ताहरुको १ अर्ब ५४ करोड १५ लाख ८ हजार एकसय ४२ रुपैयाँ बचत रकम हिनामिना गरेका थिए ।
यस सहकारीमा सञ्चालकहरुले करोडौं रुपैयाँ कृतिम खाता खडा गरी अपचलन गरेका थिए । साथैं काल्पनिक रुपमा कम्प्युटरमा मात्र शाखा कार्यालय खोलेर सञ्चालक र कर्मचारीहरुले करोडौं रुपैयाँ अपचलन गरेको छानबिनका क्रममा भेटिएको छ ।

अधिवक्ता ईन्द्रप्रसाद बरालले आधा करोड भन्दा बढि रकम ठगी गरेको छानबिन प्रतिवेदनबाट खुलेको छ ।
सहकारी विभाग काठमाडौंदेखि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका पूर्वकर्मचारीहरुले समेत बचतकर्ताको रकम घुस वापत भन्दैं हिनामिना गरेको तथ्य पनि छानबिनका क्रममा भेटिएको छ । गण्डकी प्रदेशभरी नैं सहकारीमा भईरहेको कसुर सम्बन्धि विशेष वित्तीय अनुसन्धान गर्दै आईरहेका निर्मल गौतमले यस सहकारीको पनि छानबिन प्रतिवेदन तयार पारेका थिए । सोही वित्तीय प्रतिवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले धमाधम ठगीमा संलग्नहरुलाई पक्राउ गरिरहेको छ ।
सहकारी विभाग काठमाडौंदेखि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका पूर्वकर्मचारीहरुले समेत बचतकर्ताको रकम घुस वापत भन्दैं हिनामिना गरेको तथ्य पनि छानबिनका क्रममा भेटिएको छ ।
सहकारीको रकम हिनामिना भईरहेको सम्बन्धमा अनुसन्धान विज्ञका रुपमा गौतमले यसअघि पोखराको मित्रमिलन सहकारी र विन्दवासिनी सहकारी, बागलुङको इमेज सहकारी, लमजुङको कालिका सहकारी, पर्वतको तपाई हाम्रो सहकारी, ग्रामीण सहकारी, माता पाथीभरा सहकारी र नवलपूरको छिपछिपे सहकारीको मुद्दामा नेपाल प्रहरीलाई राय दिदैं आईरहेका छन् ।

सहकारीका व्यवस्थापक निरु थापा र शेयर सदस्य एवम् सल्लाहकार चर्को मिटरव्याजी भनेर पोखरामा चिनिने मानबहादुर गुरुङ पक्राउ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी रजिष्ट्रार कार्यालयको छानबिन प्रतिवेदन प्राप्त हुनासाथ सहकारीका अध्यक्षसहित कार्यसमितिका अन्य व्यक्तिहरुलाई पनि धमाधम पक्राउ गरिरहेको छ । आरोपितहरु भाग्न सक्ने सम्भावना भएकोले कास्की प्रहरीले सूचना गोप्य राख्दैं ठगीमा संलग्नहरुलाई पक्राउ गर्नका लागि विशेष टोली नै परिचालन गरेको छ ।

प्राइम सहकारी ठगीको मुख्य योजनाकार मध्ये एक निरु थापा केसीलाई राष्ट्रिय सहकारी दिवसको दिन यसरी सम्मानित गरिएको थियो । फाईल तस्विर
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !