
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र सूर्यदर्शन सहकारीबाट आएकी व्यवस्थापक निरु थापा डेढ अर्ब रुपैयाँ हिनामिना गर्ने काण्डका मुख्य योजनाकार रहेको छानबिन प्रतिवेदनबाट थप पुष्टि भएको छ ।
पोखरा, १ जेठ । पोखराको गैह्रापाटनमा रहेको प्राइम सहकारीमा बचतकर्ताहरुको डेढ अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले पोखरा–१४, चाउथे बस्ने ४३ वर्षीय अध्यक्ष शंकर कार्की र पोखरा–२७ अर्चले घर भएका ३७ वर्षीय प्रमुख कार्यकारी अधिकृत एवम् तत्कालिन सचिव समेत रहेका सुरेन्द्रमणि पौडेलसहित आठजनालाई आज मंगलबार पक्राउ गरेको छ ।

प्राइम सहकारीका अध्यक्ष शंकर कार्की र सहकारी ठगीका मुख्य योजनाकार प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल पक्राउ ।
बचतकर्ताहरुको १ अर्ब ५४ करोड १५ लाख ८ हजार एकसय ४२ रुपैयाँ बचत रकम हिनामिना
यसरी पक्राउ पर्नेहरुमा सहकारीका निवर्तमान अध्यक्ष पोखरा–४, गैह्रापाटन बस्ने ६३ वर्षीय निदेशकुमार कोइराला, सहकारीका व्यवस्थापक पोखरा–११, रानीपौवा बस्ने ३६ वर्षीय निरु थापा केसी, पोखरा–१३, आर्वा स्थायी घर भई हाल पोखरा–१२ ढिकालेथर बस्ने ५३ वर्षीय सहकारीका कानुनी सल्लाहकार एवम् अधिवक्ता ईन्द्रप्रसाद बराल, सहकारीका पूर्वकोषाध्यक्ष पोखरा–३०, शिशुवा बस्ने ५२ वर्षीय कुलदिप भट्टराई, पोखरा–३० बस्ने सहकारीका कर्जा अधिकृत ३० वर्षीय सुनिल थापा र सहकारीका शेयर सदस्य एवम् सल्लाहकार पोखरा–८, नयाँ बजार बस्ने ६९ वर्षीय मानबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले पुष्टि गरेको छ ।

सहकारीका निवर्तमान अध्यक्ष पोखरा–४, गैह्रापाटन बस्ने निदेशकुमार कोइराला पक्राउ
सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि र सूर्यदर्शन सहकारीबाट आएकी व्यवस्थापक निरु डेढ अर्ब रुपैयाँ हिनामिना गर्ने काण्डका मुख्य योजनाकार रहेको छानबिन प्रतिवेदनमा पुष्टि भएको छ । यो गिरोहले बचतकर्ताहरुको १ अर्ब ५४ करोड १५ लाख ८ हजार एकसय ४२ रुपैयाँ बचत रकम हिनामिना गरेका थिए ।
यस सहकारीमा सञ्चालकहरुले करोडौं रुपैयाँ कृतिम खाता खडा गरी अपचलन गरेका थिए । साथैं काल्पनिक रुपमा कम्प्युटरमा मात्र शाखा कार्यालय खोलेर सञ्चालक र कर्मचारीहरुले करोडौं रुपैयाँ अपचलन गरेको छानबिनका क्रममा भेटिएको छ ।

अधिवक्ता ईन्द्रप्रसाद बरालले आधा करोड भन्दा बढि रकम ठगी गरेको छानबिन प्रतिवेदनबाट खुलेको छ ।
सहकारी विभाग काठमाडौंदेखि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका पूर्वकर्मचारीहरुले समेत बचतकर्ताको रकम घुस वापत भन्दैं हिनामिना गरेको तथ्य पनि छानबिनका क्रममा भेटिएको छ । गण्डकी प्रदेशभरी नैं सहकारीमा भईरहेको कसुर सम्बन्धि विशेष वित्तीय अनुसन्धान गर्दै आईरहेका निर्मल गौतमले यस सहकारीको पनि छानबिन प्रतिवेदन तयार पारेका थिए । सोही वित्तीय प्रतिवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले धमाधम ठगीमा संलग्नहरुलाई पक्राउ गरिरहेको छ ।
सहकारी विभाग काठमाडौंदेखि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका पूर्वकर्मचारीहरुले समेत बचतकर्ताको रकम घुस वापत भन्दैं हिनामिना गरेको तथ्य पनि छानबिनका क्रममा भेटिएको छ ।
सहकारीको रकम हिनामिना भईरहेको सम्बन्धमा अनुसन्धान विज्ञका रुपमा गौतमले यसअघि पोखराको मित्रमिलन सहकारी र विन्दवासिनी सहकारी, बागलुङको इमेज सहकारी, लमजुङको कालिका सहकारी, पर्वतको तपाई हाम्रो सहकारी, ग्रामीण सहकारी, माता पाथीभरा सहकारी र नवलपूरको छिपछिपे सहकारीको मुद्दामा नेपाल प्रहरीलाई राय दिदैं आईरहेका छन् ।

सहकारीका व्यवस्थापक निरु थापा र शेयर सदस्य एवम् सल्लाहकार चर्को मिटरव्याजी भनेर पोखरामा चिनिने मानबहादुर गुरुङ पक्राउ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी रजिष्ट्रार कार्यालयको छानबिन प्रतिवेदन प्राप्त हुनासाथ सहकारीका अध्यक्षसहित कार्यसमितिका अन्य व्यक्तिहरुलाई पनि धमाधम पक्राउ गरिरहेको छ । आरोपितहरु भाग्न सक्ने सम्भावना भएकोले कास्की प्रहरीले सूचना गोप्य राख्दैं ठगीमा संलग्नहरुलाई पक्राउ गर्नका लागि विशेष टोली नै परिचालन गरेको छ ।

प्राइम सहकारी ठगीको मुख्य योजनाकार मध्ये एक निरु थापा केसीलाई राष्ट्रिय सहकारी दिवसको दिन यसरी सम्मानित गरिएको थियो । फाईल तस्विर
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन