
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२चुनावी मैदानमा विप्लव
३राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
९माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१०रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
११प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
८हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
पोखरा, १५ चैत । मित्र मिलन सहकारी ठगी काण्डमा राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखराका तत्कालिन प्रबन्धक सन्तोष घिमिरेलाई जिल्ला अदालत कास्कीले बिहीबार आज पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
महिनौंदेखि फरार रहेका प्रबन्धक घिमिरे बुधबार आफैं जिल्ला अदालतमा उपस्थित भएका थिए । बुधबार बयान लिने काम नसकिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको थुनामा रहेका घिमिरेलाई बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको एकल ईजलासले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।
पोखरा महानगरपालिका वडा नं. ९ मा प्रधान कार्यालय रहेको यस सहकारीका ३ हजार ४ सय ४६ वचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएकोमा सरकारी वकिलको कार्यालयले कानुन बमोजिम सजाय र २१ करोड बिगो माग दावी गरेर मुद्दा दायर गरेको थियो । वित्तीय अनुसन्धान र प्रहरी प्रतिवेदनका आधारमा ३१ करोड रुपैयाँ मागदावी गर्नुपर्ने ठाउँमा सरकारी वकिलको कार्यालय कास्कीले जम्मा २१ करोडको मात्र बिगो माग दावी गरेको भन्दैं पीडित बचतकर्ताहरुले कार्यालयमा सयौंको संख्यामा उपस्थित भएर धर्ना दिदैं ज्ञापनपत्र समेत बुझाएका थिए ।
मित्रमिलन सहकारी ठगी प्रकरणमा अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारीसहित ताण्डव न्यूजका प्रधान सम्पादक अर्जुन गिरी, सहकारी सञ्चालक समितिका सदस्य गोपाल खनाल, सल्लाहकार÷शेयर सदस्य राजु बराल र शेयर सदस्य बुद्धिसागर पौडेल थुनामै रहेका छन् ।
यसअघि उच्च अदालत पोखराको आदेशले पुर्पक्षका लागि कारागारमा रहेका सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली र सहकारीका लेखा समितिका सदस्य जनकराज पौडेल धरौटीमा रिहा भईसकेका छन् । अदालतको आदेश अनुसार पूर्वरजिष्ट्रार पराजुलीले २० लाख रुपैयाँ र लेखा समितिका सदस्य पौडेललाई ७ लाख धरौटीमा छुटेका थिए ।
सहकारी ठगीमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएपनि हालसम्म १४ जना मात्र पक्राउ परेका छन् । पक्राउ परेका मध्ये लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी, उपप्राध्यापक विष्णुप्रसाद भण्डारी, हरेराम भण्डारी, सुरेशकुमार श्रेष्ठ, कृष्णबहादुर राउत, जनकल्याण पराजुली, पोखरा–२१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी धरौंटीमा रिहा भईसकेका छन् । बाँकी १९ जना भने हालसम्म पनि फरार नै छन् ।
राष्ट्रिय सहकारी बैंक पोखराका प्रबन्धक सन्तोष घिमिरेमाथि लागेको आरोपः
मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाले भरत भट्टराई अध्यक्ष हुँदाको बखत लिएको ४ करोड १३ लाख र सहकारीका अध्यक्ष रमण पौडेलले आफू अध्यक्ष हुँदाको बखत लिएको ४ करोड ३८ लाख ऋण लिए वापत राष्ट्रिय सहकारी बैंक लि.का तत्कालिन प्रबन्धक सन्तोष घिमिरेले करिब ४० लाख कमिसन वापत शान्ति केसीको नामको चेकबाट र कर्मचारी एकराज पराजुलीबाट लिएको बयान वित्तीय विश्लेषकको राय प्रतिवेदनमा उल्लेख गरिएको छ ।
राष्ट्रिय सहकारी बैंक लि.बाट २०७६ साउन १७ गते ऋण (लोन) पास भई कर्जा प्रवाह गर्दाको वखतमा २०७६ साउन १७ गते कैं दिन तत्कालिन प्रबन्धक घिमिरेले शान्ति कुमारी केसीको नाउँका एउटा ७ लाख ५० हजार को चेक १ थान र मिति २०७६ साउन २० गतेका दिन ९ लाख ९९ हजारको अर्को चेक काट्न लगाई उक्त दुवै चेकको रकम बैंकबाट सटही गरी लिएका थिए ।
उक्त बैंकले २०७७ फागुन २६ गतेका दिन ४ करोड ३८ लाख लोन पास गरी कर्जा प्रवाह गर्दाको बखत २०७७ चैत १ गते सहकारीका कर्मचारी एकराज पराजुलीको नाउँमा चेक लेखि भुक्तानी लिएको २० लाख रकम मध्येबाट ६ लाख ७६ हजार कर्मचारी मार्फत् सन्तोष घिमिरेलाई सोही दिन बुझाएका थिए ।
त्यसैगरी २०७७ चैत २ गतेका दिन तत्कालिन प्रबन्धक घिमिरे घिमिरेको नाउँमा चेक लेखी १४ लाख ८४ हजार उक्त बैंकमा रहेको सहकारीको बचत खाताबाट भुक्तानी लिएको राष्ट्रिय सहकारी बैंक लिको पत्रसाथ प्राप्त बैंक स्टेटमेण्ट विवरणबाट देखिएकोमा सो रकमको सम्बन्धमा सहकारीका अध्यक्ष पौडेलसँग थप बयान गर्दा राष्ट्रिय सहकारी बैंकबाट उल्लेखित मितिहरुमा सहकारीको नाउँमा कर्जा प्रवाह भएको थियो ।
उक्त बैंकका तत्कालिन प्रबन्धक घिमिरेले कमिसन वापत आफ्नै नाममा १४ लाख ८४ हजार, शान्ति कुमारी केसीको २ वटा चेकमार्फत् १७ लाख ४९ हजार तथा कर्मचारी एकराज पराजुलीले भुक्तानी लिएको रकम २५ लाख मध्येबाट ६ लाख ७६ हजार नगद गरी ४० लाख रुपैयाँ कमिसन भनी घुस वापत लिएको सप्रमाण पुष्टि हुन आएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । तत्कालिन प्रबन्धक घिमिरेलाई सहकारी ऐन २०७४ को दफा १२२ को उपदफा (त)ले परिभाषित कसुर भए गरेको हुँदा दफा १२४ को उपदफा (१) को खण्ड (घ२) बमोजिम अधिकतम समाजको माग दावी गरिएको छ ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने