
१फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
२कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
३शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ
४अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
५ठुला विचौलियाको साम्राज्य ढाल्दैं सरकार, दीपक भट्ट पक्राउ
६सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन
७आजदेखि एसईई परीक्षा सुरु
८एमालेको संसदीय दल र कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’लाई
९इनिशा हत्या प्रकरणमा संलग्न चारजना विरुद्ध बलात्कार र कर्तव्य ज्यान मुद्दा दर्ता
१०डा. अनिल सुवेदीका तीन कृति एकसाथ विमोचन
११ओली र लेखकको रिहाइको माग गर्दै थप आन्दोलन घोषणा
१२व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१०निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
११लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
१२कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
सहकारी ठगीमा संलग्न पृथ्वीनारायण क्याम्पसका अर्का आंशिक प्राध्यापक जनकल्याण पराजुली भने हालसम्म पनि फरार नै छन् ।
पोखरा, २३ माघ । मित्रमिलन सहकारी ठगीको आरोपमा फरार भएका पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक विष्णुप्रसाद भण्डारीलाई प्रहरीले आज सोमबार राती ८ बजे पक्राउ गरेको छ । पोखरा–५, मालेपाटनस्थित कुलाकोडिल नजिकै डेरा गरी बस्दै आएका भण्डारीलाई कोठाबाटै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । सोही सहकारी ठगीमा पृथ्वीनारायण क्याम्पसका अर्का आंशिक प्राध्यापक जनकल्याण पराजुली भने हालसम्म पनि फरार नै छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले सहकारी ठगीमा फरार विष्णुप्रसाद भण्डारीलाई पक्राउ गरिएको जानकारी दिए । एसपी थापाले भने–‘मित्रमिलन सहकारी ठगीमा फरार भएकाहरुको व्यापक खोजी कार्य भईरहेको र सोही क्रममा आज राती डेराबाटै विष्णुप्रसाद भण्डारीलाई पक्राउ गरिएको छ । भोलि उनलाई जिल्ला अदालत कास्की समक्ष पेश गर्दैछौं ।’
पक्राउ परेका भण्डारीलाई सहकारीको प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीमार्फत् बचतकर्ता बनेर सहकारीमा जोडिई चर्को मिटर व्याजमा सहकारीका अध्यक्ष, सञ्चालक र सहकारीलाई आफ्नो खातामा बचत देखाई रकम लिने गरेको वित्तीय र प्रहरी अनुन्धानका क्रममा खुलेको सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा दायर गरेको अभियोजन पत्रमा उल्लेख गरिएको छ ।
सो कार्यवापत विभिन्न कर्मचारीहरुको नाउँबाट नगद दाखिला गर्न लगाई चर्को मिटर व्याज रकम असुल्ने गरी कारोबारमा संलग्न रहेको, नेपाल राष्ट्रबैंकबाट जारी नगद कारोबारको सिमाको पालना नगरी एकै दिनमा पटक–पटक १० लाख भन्दा माथि शंकास्पद कारोबार गर्ने गरेको, कार्यकारी प्रमुख अधिकारीसँगको व्यक्तिगत लेनदेनका कारोबारलाई सहकारीमा जोडी मिटर ब्याजसहितको रकम भुक्तानी लिने गरेको, विभिन्न मितिमा कनेक्ट आईपिएस मार्फत् व्यक्तिगत रुपमा शंकास्पद कारोबारलाई सहकारीको रेकर्डमा देखाउने र मिटरव्याज जस्ता कारोबारलाई रेकर्ड छली गर्न पासबुकमा रकम उल्लेखित गर्न लगाई अनुचित लाभ लिने जस्तो कार्य गरी १ करोड ५१ लख १६ हजार १ सय ८४ रुपैयाँको कारोबार गरेको भण्डारीको स्टेटमेण्टबाट खुली आएको भनि अभियोजन पत्रमा उल्लेख छ ।
साथै वित्तीय विश्लेषक र अधिकार प्राप्त अधिकारी समक्ष बयान दिदाँ समेत भण्डारीले सहकारीलाई चर्को ब्याजमा रकम दिने गरेको, कहिले कसो सहकारीबाट कुनै रेकर्ड नगरिकन दवावमा पारेर २/४ दिनको लागि भनि लाखौं रकम लैजाने र समयमा नै सहकारीमा फिर्ता नगर्ने गरेकोमा पछिल्लो पटक सहकारीबाट लगेको २१ लख रुपैयाँ फिर्ता गरेको छैन भनि सहकारीका अध्यक्ष रमण पौडेल र सहकारीका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले बयानसहित अभियोजन पत्रमा खुलाइएको छ ।
यता, आरोपित विष्णुप्रसाद भण्डारीले वित्तीय अनुसन्धानका क्रममा बयान दिने क्रममा उक्त रकम मेरो खाताबाट निकासी गरिएको कृतिम खाताबाट राखिएको २० लाख सम्बन्धमा सो कारोबार आफ्नो नभएको तर प्रमुख कार्यकारी अधिकृत किरणले फोन गरी भूलवश हजुरको खातामा रकम दाखिला हुन गएकोले सो रकम निकासी गरिदिन अनुरोध गरेपछि सोही बमोजिम अधिकारीलाई चेक दिएको भनी लिखित बयान दिएको अभियोजन पत्रमा उल्लेख छ ।
भण्डारीको खातामा कुमार मगरको नामको कृतिम खाताबाट २० लाख रुपैयाँ जम्मा भएको र उनले १ लाख थप गरी २१ लाखको चेक भरपाई सहकारीमा दिएको देखिएको र उनले खुलाएको व्यहोरा फरक परेको हुँदा सहकारीको सञ्चालक र कार्यकारीसँग मिलेमतो गरेर सहकारीको सम्पत्ति तथा बचतकर्ताको रकम हिनामिना एवं अपचलन गरी गैर कानुनी लाभ लिनमा प्रत्यक्ष संलग्न रहेको भन्दै सहकारीको ऐन, २०७४ को दफा १२२ को उपदफा (त)ले परिभाषित कसुर भए गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१) को खण्ड (घ ४) बमोजिमको अधिकतम सजायको मागदावी गर्दै सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा अभियोजन दर्ता गरेको छ । पोखरा महानगरपालिका वडा नं. २३ स्थायी घर भई हाल उनी पोखरा–५, मालेपाटनमा डेरामा बस्दैं आईरहेका थिए । यतिबेला जिल्ला अदालत कास्कीमा यो मुद्दा चलिरहेको छ ।
सहकारी ठगीमा प्राध्यापक, वडाध्यक्ष, वकिल, टोले गुन्डादेखि पत्रकारसम्मको संलग्नता
मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको आर्थिक हिनामिना तथा ठगीमा संलग्न ३३ जना विरुद्ध सरकारी वकिलको कार्यालय कास्कीले मुद्दा दायर गरेको छ । जिल्ला अदालत कास्कीमा दर्ता गरिएको मुद्दामा प्रहरी अनुसन्धानबाट सहकारी ठगीमा प्राध्यापक, वडाध्यक्ष, वकिल, टोले गुन्डादेखि पत्रकारसम्मको संलग्नता रहेको देखिएको छ ।
सहकारी ठगीमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएपनि हालसम्म ७ जना मात्र पक्राउ परेका छन् । सहकारीका ३ हजार ४ सय ४६ वचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएकोमा सरकारी वकिलको कार्यालयले कानुन बमोजिम सजाय र २१ करोड बिगो माग दावी गरेर मुद्दा दायर गरेको छ ।
सहकारी ऐन, २०७४ (दफा १२२ र १२४) अन्तर्गत सहकारी ठगीमा पुस १२ गते सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा मुद्दा दर्ता (मुद्दा नं. ०८०–सि१–०७०२) गराएको हो । प्रहरी अनुसन्धान र सरकारी वकिलको कार्यालयले छानबिन गर्दा सहकारी ठगीमा ३३ जना विरुद्ध मुद्दा दर्ता गरिएको थियो । ३३ जनालाई पक्राउ पुर्जी जारी भए पनि मित्रमिलन सहकारी ठगीमा हालसम्म ८ जना मात्र पक्राउ परेका छन् ।
यस अघि सहकारीको रकम हिनामिना गरेको अभियोगमा ६ जनालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरिसकेको छ । पुस २२ गते सहकारी ठगी अभियोगमा स्याङ्जा आँधिखोला वडा नं. ४ का ३२ वर्षीय अध्यक्ष रमण पौडेल र पोखरा–२३, खोरापाखाका २८ वर्षीय प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरण अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जिल्ला अदालत कास्कीले दिएको थियो ।
बैकिङ कसुरमा कास्की कारगारमा नै रहेका उनिहरुलाई अदालतका न्यायधीश महेन्द्रबहादुर थापाको इजलासले गत आइतबार थुनामा राख्ने आदेश दिएको थियो । यसअघि न्यायाधीश ऋषिराम आचार्यको इजलासले पूर्वरजिष्ट्रार एवं कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित ४ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो । जसमा सञ्चालक समितिका सदस्य गोपाल खनाल, सहकारीका सल्लाहकार एवं शेयर सदस्य राजु बराल र बुद्धिसागर पौडेल रहेका थिए ।
सहकारी वकिलको कार्यालय कास्कीले मुद्दा दायर गरेका ३३ जना व्यक्ति र ठेगाना:
१. स्याङ्जा वालिङ नगरपालिका वडा नं. ११ घर भएका पर्वत कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, सहकारी रजिष्ट्रार कार्यालय पोखराका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली (पक्राउ)
२. कास्की रुपा गाउँपालिका वडा नं. ५ घर भएका राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखराका तत्कालिन प्रबन्धक सन्तोष घिमिरे (फरार)
३. पोखरा–२१ का वडाध्यक्ष दिपकप्रसाद सुवेदी (नेकपा एमालेबाट निर्वाचित) (फरार)
४. लेखा समितिका पूर्वसदस्य, नेकपा एमालेका जिल्ला सदस्य, पोखरा–२१ का एमालेका वडा इञ्चार्ज, ताण्डव न्यूज डटकमका प्रधान सम्पादक र प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरी (फरार)
५. पोखरा–१, बगर घर भएका सहकारीका कानुनी सल्लाहकार एवम् नेकपा एमालेको भातृ संगठन प्रगतिशील पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) कास्कीका अध्यक्ष अधिवक्ता जनकल्याण पराजुली (फरार)
६. स्याङ्जा स्थायी घर भई हाल पोखरा–७ बस्ने सहकारीका अध्यक्ष रमण पौडेल (पक्राउ)
७. पोखरा–५ मालेपाटन (स्थायी घाचोक) घर भएका प्रेस युनियन कास्कीका उपाध्यक्ष विजय लम्साल (फरार)
८. पोखरा–१२ बस्ने सहकारीका पूर्वअध्यक्ष, कुशुमकृष्ण आयूर्वेद फर्मा पोखराका सञ्चालक कृष्णबहादुर राउत (फरार)
९. पोखरा–८ बस्ने सहकारीका सचिव कुशल पौडेल (फरार)
१०.पोखरा–९ बस्ने सहकारीका कोषाध्यक्ष भिमलाल पौडेल (फरार)
११.पोखरा–१२ बस्ने सञ्चालक समितिका सदस्य संगिता रेग्मी सुवेदी (फरार)
१२.पोखरा–८ बस्ने सदस्य रनिता थापा (फरार)
१३.पोखरा–११ बस्ने सहकारीका सदस्य गोपाल खनाल (पक्राउ)
१४.पोखरा–१३ बस्ने लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी (धरौंटीमा रिहा)
१५.पोखरा–१ बस्ने लेखा समितिका सदस्य प्रतिक लामिछाने (फरार)
१६.पोखरा–७ बस्ने लेखा समितिका सदस्य जनकराज पौडेल (फरार)
१७.पोखरा–२३ बस्ने सहकारीका पूर्वउपाध्यक्ष जिवनाथ पराजुली (फरार)
१८.पोखरा–१३ बस्ने कर्जा/बजार व्यवस्थापन प्रमुख सुजन आचार्य (फरार)
१९.पोखरा–१३ बस्ने केसरी सेवा केन्द्रका प्रमुख भुवन पौडेल (फरार)
२०.पोखरा–११ बस्ने सहकारीका प्रबन्धक किरण अधिकारी (पक्राउ)
२१.पोखरा–१७ बस्ने सहकारीका मूल्यांकनकर्ता (भ्यालुलेटर) अभिषेक भनिने खुमानन्द काफ्ले (फरार)
२२.पोखरा–२१ बस्ने गैह्र शेयर सदस्य सुवास अधिकारी (फरार)
२३.पोखरा–२३ बस्ने सहकारीका बचतकर्ता विष्णुप्रसाद भण्डारी (पक्राउ)
२४.स्याङ्जा, पुतलीबजार नगरपालिका वडा नं. १२, पेल्काचौरका गैह्रसदस्य सञ्जय पौडेल (फरार)
२५.पोखरा–२३ बस्ने एकराज पराजुली (सहकारीका कर्मचारी) (फरार)
२६.संस्थापक सचिव/पूर्वअध्यक्ष पोखरा–२१ बस्ने भरत भट्टराई (फरार)
२७.पोखरा–२३ बस्ने गैह्रसदस्य बामदेव सुवेदी (फरार)
२८.पोखरा–९ बस्ने गैरसदस्य सुरेशकुमार श्रेष्ठ (फरार)
२९.पोखरा–१४ बस्ने शेयर सदस्य हरेराम भण्डारी (फरार)
३०.पोखरा–६ बस्ने शेयर सदस्य कुमार मगर (फरार)
३१.पोखरा–६ बस्ने शेयर सदस्य राजु बराल (पक्राउ)
३२.पोखरा–१७ का शेयर सदस्य बुद्धिसागर पौडेल (पक्राउ)
३३.स्याङ्जा, चापाकोट नगरपालिका वडा नं. ४ का लालबहादुर घर्ती (फरार)
माथिका ३३ जनालाई पक्राउ पुर्जी जारी भए पनि मित्रमिलन सहकारी ठगीमा हालसम्म ८ जना मात्र पक्राउ परेका छन् । प्रहरीले सञ्चालक समितिका अध्यक्ष रमण पौडेल, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार/शेयर सदस्य राजु बराल, सहकारीका लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी, शेयर सदस्य बुद्धिसागर पौडेल र विष्णुप्रसाद भण्डारीलाई पक्राउ गरेको हो । बाँकी हालसम्म पनि फरार नै छन् ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने