News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

एमाले अध्यक्ष ओलीमाथि धनकुटामा मुक्का प्रहार

धनकुटा, २८ मंसिर । संकल्प यात्रामा देश दौडाहामा निस्केका नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीमाथि धनकुटामा मुक्का प्रहार भएको हो ।
मध्य पहाडी राजमार्ग हुँदैं संकल्प यात्रामा निस्केका अध्यक्ष ओलीमाथि भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा मुक्का प्रहार भएको हो ।

ओलीको स्वागतमा लाइनमा बसेकाहरुकोबीचबाट अघि बढेका राईले ओली नजिक्कै पुगेर मुक्का प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । ओलीमाथि लेगुवाकै महेश राईले मुक्का हानेका थिए । एक मुक्का हानेपछि अझै हातपात गर्न खोजेका राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाहरुले धकेल्दै पक्राउ गरेको भिडियोमा देख्न सकिन्छ ।