
१अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
२सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
३अफवाह नफैलाउन प्रहरीको आग्रह
४बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
५सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
६२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१०विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
११‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
नेकपा एमालेसँग आवद्ध भएका अधिकारीले कांग्रेसका युवा नेताहरुलाई आफ्नो धन्दामा संलग्न गराएका छन् । पोखरामा मात्रै विभिन्न ठाउँमा घरघडेरी, फेवातालको सिरान पामेबजार नजिक प्लटिङ र पर्यटकीय नगरी लेकसाईडका रिर्सोटमा लगानी गरेका छन् । उनको कालोधनलाई सेतो बनाउने काममा नेकपा एमाले/कांग्रेसका नेता, पर्यटन व्यवसायी, पोखरा महानगरपालिकाका केही कर्मचारी, पत्रकार, टोले गुन्डादेखि जग्गा दलालहरुसम्मको संलग्नता रहेको छ ।
पोखरा, ३० भदौं । नेकपा एमालेमा आवद्ध रहेका अध्यागमन विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोगाउन थालेसँगैं सरकारको चौतर्फी विरोध भईरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा ‘टेलर’मात्र हो यो भनिरहँदा सुन तस्करीमा संलग्न सरकारी माफिया अधिकारीसँगैं धेरै माओवादी उच्च पदस्थ नेता तथा तिनका सन्तानका कारण टेलरमा नै फिल्म समाप्त हुन पुगेको छ ।
नेपाल प्रहरीका सबैभन्दा प्रमुख पात्रदेखि माओवादीका धेरै नेता र सन्तान तस्करीमा संलग्न भएको सप्रमाण हुँदा पनि यो घटनामा तस्करहरुलाई जोगाउँदैं प्रचण्ड सरकार जनता माझ नाङ्गिएको छ । प्रधानमन्त्री प्रचण्डले केही गर्छन् कि भन्ने आशा गरेका जनताहरु ६० किलो सुन तस्करीको काण्डबाटै निराश बनेका छन् ।
हरेक जिम्मेवारीमा रहँदा चरम अनियमितता गर्दै आएका अध्यागमन विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीको तस्करीको सम्पत्तिले नेपाल र विदेशमा समेत होटल, रिर्सोट र हिरा पसलहरु खोलिएका छन् । जग्गा कारोबारमा समेत तस्करीमा संलग्न अधिकारीको कालोधन प्रयोग भएको छ । नेकपा एमालेसँग आवद्ध भएका अधिकारीले कांग्रेसका युवा नेताहरुलाई पनि आफ्नो धन्दामा संलग्न गराएका छन् ।
पोखरामा मात्रै विभिन्न ठाउँमा घरघडेरी, फेवातालको सिरान पामेबजार नजिक प्लटिङ र पर्यटकीय नगरी लेकसाईडका रिर्सोटमा लगानी गरेका छन् । उनको कालोधनलाई सेतो बनाउने काममा नेकपा एमाले/कांग्रेसका नेता, पर्यटन व्यवसायी, पोखरा महानगरपालिकाका केही कर्मचारी, पत्रकार, टोले गुन्डादेखि जग्गा दलालहरुसम्मको संलग्नता रहेको छ ।
अधिकारीको कालोधन प्रयोग गर्नेहरुमा पोखरामा धेरै मानिसहरु छन् । यिनीहरु मध्ये यतिबेला पोखरा–६, लेकसाईडमा रहेको कुटी रिसोर्टका सञ्चालक देवेन्द्र केसीसँग पनि अधिकारीको व्यवसायिक साझेदारी रहेको व्यापक चर्चा चलिरहेको छ । केसी संलग्न रहेको जति पनि रिसोर्ट, होटल, डायमण्ड सप, जग्गा प्लटिङ, रेष्टुरेण्टदेखि विभिन्न धन्दाहरु छन् यसमा भित्री लगानी अधिकारीको पनि रहेको दावी गरिएको छ ।
प्रचण्ड जन्मिएकैं गाविसमा जन्मिएका अधिकारीले एमालेमा आस्था हुँदा हुँदैं पनि पैसामा बिक्ने माओवादी नेताहरुको प्रश्रय पाउन सफल भएका छन् । सुन तस्करीमा संलग्न सरकारी माफिया अधिकारीलाई सम्पत्ति शुद्धिकरण र अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयबाट छानबिन भएपनि ढिलो चाँडो उनलाई जोगाउने सरकारको मनसाय प्रष्टै देखिन्छ ।
विभिन्न औजार तथा ब्रेकसुहरुमा तस्करहरुले सुन लुकाएर ल्याउने गरेको सप्रमाण भेटिएको छ । यस्तो अवस्थामा सुन तस्करीका मुख्य नाईके तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग अधिकारीको संलग्नता प्रष्ट हुँदा हुँदै पनि यसलाई जोगाउने नाममा सतही अनुसन्धान गरिएको देखिन्छ । सुन तस्करीको अन्तर्राष्ट्रिय गिरोहसँग नेपालका उच्च तहका नेता, प्रहरी प्रमुखहरुदेखि सरकारी कर्मचारीहरुसम्मको संलग्नता यस काण्डले छरपष्ट पारिदिएको छ ।
अधिकारीको कालोधन प्रयोग गर्नेहरुमा पोखरामा धेरै मानिसहरु छन् । यिनीहरु मध्ये यतिबेला पोखरा–६, लेकसाईडमा रहेको कुटी रिसोर्टका सञ्चालक देवेन्द्र केसीसँग पनि अधिकारीको व्यवसायिक साझेदारी रहेको व्यापक चर्चा चलिरहेको छ । केसी संलग्न रहेको जति पनि रिसोर्ट, होटल, डायमण्ड सप, जग्गा प्लटिङ, रेष्टुरेण्टदेखि विभिन्न धन्दाहरु छन् यसमा भित्री लगानी अधिकारीको पनि रहेको दावी गरिएको छ ।
प्रहरीले कडा भन्दा कडा अनुसन्धान र छानबिन गर्ने हो भने अधिकारीका ससुरालीतर्फका नातेदारका नाममा, पोखराका केही थान पर्यटन व्यवसायी, राजनीतिक दलमा आवद्ध युवाहरु, पत्रकारदेखि टोलेगुन्डासम्मले तस्करीको धनले विभिन्न धन्दा तथा व्यवसाय सञ्चालन गरेको सप्रमाण भेट्टाउन सकिन्छ ।
अध्यागमन विभागका पूर्व महानिर्देशक अधिकारीसँगको सम्बन्धका विषयमा ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङले प्रहरीलाई सामान्य कुराकानी र लिलामीका सम्बन्धमा कुरा भएको बयान दिएका छन् । प्रहरीले औपचारिक रुपमा अधिकारीलाई जोगाउने हिसाबले मात्र बयान लिएको प्रष्टै देखिन्छ ।
झलकरामसँग राजश्व अनुसन्धान विभागको महानिर्देशक हुँदा चिनजान भएको र केरुङ भन्सारबाट रक्सी, चुरोट लगायतका सामान लिलामी गर्ने विषयमा कुराकानी भएको बयान दिएका दावालाई कडाईका साथ केरकार गर्ने हो भने उनीहरु बिच भएको संवादले धेरै रहस्यहरुको उद्घाटन गर्नेछ ।
पछिल्लो समय अध्यागमन विभागमा महानिर्देशक रहेका अधिकारीले दावालाई पठाएको पानी तान्ने पम्पको फोटो झलकराम अधिकारीको गाउँलेलाई पानी तान्ने पम्प चाहिएकाले चीनबाट कसैले ल्याइदिन सक्छ कि भनेर फोटो पठाएको बयान दिएका छन् । यस्तो केटाकेटीले भाडाकुटी खेलेजस्तो पत्याउनैं नसकिने बयान लिने र दिने कागजी काम मात्र भएको छ । जसले गर्दा ६० किलो सुन तस्करी प्रकरणमा प्रचण्ड सरकार पूर्ण असफल र उदाङ्गो हुन पुगेको छ ।
यस्तो छ झलकराम अधिकारी र दावाबीचको कुराकानी र फोटो पठाएको सम्बन्धमा दावाको सवालजवाफ :
सवाल : तपाईंंको मोबाइल फोनसेटमा लगइन रहेको वीच्याट प्रयोगकर्ता तपाईं MJames-wxid_tccqmxrvhfpw12_ ले वीच्याट प्रयोगकर्ता :Jhalak ram Adhikari-wxid_hlosd6zlg24422_ लाई ‘Very big amount cash, I know very well, Need talk with u, I have some work need talk with U’ भनी म्यासेज पठाएको र जवाफमा Jhalak ram Adhikari-wxid_hlosd6zlg24422 ले तपाईंंलाई पानी तान्ने वाटर पम्पजस्तो फोटोहरू पठाएको म्यासेजमा देखिन्छ । के कुन प्रयोजनको लागि तपाईं र Jhalak ram Adhikari-wxid_hlosd6zlg24422_ बीच सो म्यासेजहरू आदान प्रदान भएको हो ? खुलाउनुहोस् ।
जवाफ : केरुङ भन्सारबाट चाइनिज रक्सी, चुरोट लिलाम गर्दैछ भनी थाहा पाई सो लिलामीको विषयमा कुरा गर्नको लागि वीच्याट प्रयोगकर्ता :Jhalak ram Adhikari-wxid_hlosd6zlg24422_, राजस्व अनुसन्धान विभागका तत्कालीन कार्यालय प्रमुख झलकराम अधिकारीलाई मैले वीच्याटमा म्यासेज गरेको हुँ । निज झलकराम अधिकारीले निजको गाउँको मान्छेलाई पानी तान्ने वाटरपम्प आयात गर्नु पर्ने भएको हुँदा चीनबाट पानी तान्ने वाटरपम्प आयात गर्ने कोही चिनेको मानिस छ कि भनेर मलाई सो फोटो पठाएका हुन् ।
सुनको कोड भाषा ‘माछा’ !
तस्कर समूहले तस्करी गरी ल्याउने सुनलाई माछा भन्ने गरेको समेत खुलेको छ । पक्राउ परेका आरोपित दावा छिरिङको मोबाइलको परीक्षण गर्दा फेला परेको एक अडियोमा ‘माछा काठमाडौँसम्म पुराएको कति दिन्छ त?’ भनी सोधेको पाइएको छ । त्यसको जवाफ के दिए भनेर परीक्षणमा फेला परेको छैन ।
प्रहरीले दावासँग बयान लिँदा माछा भनेको के हो भनी सोधेको थियो । त्यसको जवाफमा दावाले माछा भनेको ‘सी फूड’ हो भन्ने रमाइलो जवाफ दिएका छन् ।
यस्तो छ सवालजवाफ :
सवाल : तपाईंको मोबाइल परीक्षणको क्रममा प्राप्त भएको Audio 170.aud.silk मा भएको अडियो कुराकानी सुनाई सोधनी गरिन्छ की ‘दाइ यो माछा काठमाडौँसम्म पु¥याएको कति दिन्छ त ?’ भनी तपाईंलाई कसले सोधेको हो ? माछा भनेको के हो ? खुलाउनुहोस् ।
जवाफ : माछा भनेको सी फूड हो । कोही कसले मलाई सोधेको हो । हाल मलाई थाहा भएन ।
दावाको मोबाइल परीक्षणका क्रममा विभिन्न यस्ता शङ्कास्पद अडियो र कुराकानी भेटिएको पाइएको छ जसले सुन तस्करीमा दावाको संलग्नता र तस्कर समूहसँग दावाको निरन्तर कुराकानी भइरहेको पाइएको छ ।
दावाको मोबाइलमा भेटिएको एक अडियोमा एअरपोर्टमा दुईवटा एक्सरे मेसिनमा एक्सरे हुने रहेछ भनी कुराकानी भएको पाइएको छ र कुन फ्लाइटबाट सामान आउँदै हो, त्यसको डिटेल्स चाहियो भनी कसैले सोधेको भेटिएको छ ।
अनुसन्धानका क्रममा प्रहरीले त्यो कुराकानी को सँग कुन प्रयोजनमा भएको हो भनी सोध्दा दावाले कोभिडको औषधी चीनमा पठाउने विषयमा कुराकानी भएको अचम्मको बयान दिएका छन् ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन