
१सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने निर्णय
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४पूर्वप्रधानमन्त्री देउवा दम्पत्ति विरुद्ध पक्राउ पुर्जी
५मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
६पोखराका मेयरले हौसियर ‘बढि गफ’ लगाउँदा गृहमन्त्री विवादमा
७फेवातालको चार किल्ला भित्रको जग्गाको स्थिति यकिन गर्न समिति गठन
८शंकर ग्रुपका प्रमुख सुलभ अग्रवाल पक्राउ
९नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक
१०लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ जना घाइते
११फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
१२कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१०मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
११कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
१२लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
पोखरा, २४ साउन । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फोहरमैला व्यवस्थापन गर्न नसकेपछि त्यसको जिम्मा वडाध्यक्षहरुलाई दिएका छन् । ‘गफाडी मेयर’ भन्दैं स्थानीयले मेयर आचार्य कैं अगाडि कालो ब्यानर लिएर विरोधमा उत्रिदैं १३ दिनदेखि फोहरमैला फाल्न नदिएपछि मेयरले वडा नं. २६ र ३३ का वडाध्यक्षलाई जिम्मेवारी थमाएका हुन् ।
साउन १८ गते मेयर आचार्यले पत्र लेख्दैं वडा नं. २६ र ३३ का वडाध्यक्षद्वयलाई फोहरमैला व्यवस्थापनमा अवरोध सिर्जना भएको सन्दर्भमा समस्या समाधानको पहल गर्न जिम्मेवारी दिने निर्णय गरिएको भन्दैं तोकिएको जिम्मेवारी सफलतापूर्वक सम्पादन गर्न अनुरोध गरेका थिए ।
विगत १३ दिन देखि अवरुद्ध रहेको फोहरमैला व्यवस्थापन कार्य दुई वडाध्यक्षले सहजीकरण गरेपछि अस्थायी रुपमा पुनः त्यहीं ठाउँमा फाल्ने काम भएको छ । हिजोमात्र महानगरका २९ वटा गाडीबाट लामेआहालको अस्थायी ल्याण्डफिल्ड साईडमा फोहरमैला व्यवस्थापन गरिएको थियो ।
फोहोर व्यबस्थापनका लागि मेयर आचार्यनै संघर्ष समितिसँग वार्ता गर्न पोखरा ३२ पुगेपनि सफल हुन सकेका थिएनन् । आचार्य र संघर्ष समितिसँगको वार्ता निष्कर्षमा पुग्न नसकेपछि महानगरपालिकाको कार्यपालिका बैठकले समस्या समाधानका लागि सदस्यहरु पोखरा २६ का अध्यक्ष नरेन्द्र थापा र पोखरा ३३ का अध्यक्ष रामचन्द्र अधिकारीलाई संयोजन गर्ने गरी तोकेको थियो । आफुहरुले जिम्मेवारी पाए लगत्तै थापा र अधिकारीले संघर्षसमितीसँग वार्ता र सम्वादको प्रक्रिया अगाडी बढाएका थिए ।
समस्या समाधानका लागि वडाध्यक्ष थापा र अधिकारीले स्थानिय सरोकारवालासँग महानगरले पटकपटक गरि विगतमा गरेको गल्तीको क्षमा याचना गर्दै, त्यसलाई सच्च्याएर नयाँ सम्झौता गरि अगाडी बढ्नका लागि आग्रह गरेका थिए ।
अध्यक्ष थापा र अधिकारीले उच्च अदालत पोखराको आदेशलाई शिरोधार्य गर्दै अर्को फैसला नआउन्जेल सम्मको लागि फोहोर व्यबस्थापनको बातारण तयार गरिदिन सरकोरवालाहरुसँग आग्रह गरेका थिए । महानगरबाट संयोजनको भूमिका पाएका अध्यक्ष थापा र अधिकारीले सरोकारवालाहरुसँग पटकपटक सहजिकरण र वार्ता गरिरहेका थिए । विगतमा पनि महानगरले सम्झौता गरेर कार्यन्वयन नगरेको भन्दै आक्रोशित स्थानियलाई थापा र अधिकारीले अबका दिनमा सम्झौता कार्यन्वयन गराउनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता राखेका थिए ।
सोमबार स्थानियसँग बसेको बैठक सहमति नजिक पुगेपनि अन्तिममा केहि स्थानियले बिरोध जनाएपछि पुनः बस्ने गरि वार्ता सकिएको थियो । स्थानियलाई थापा र अधिकारीले वार्ता र सम्वाद पनि जारी रहने र फोहोर मैला व्यबस्थापनको वाताबरण पनि तयार गरिदिन आग्रह गरेसँगै फोहोर व्यबस्थापन कार्य सहज भएको हो ।
केहि दिनबाट व्यवस्थापन हुन नसकेको फोहोर व्यवस्थापन भएपनि वार्ता र संवादको प्रक्रिया भने नरोकिएको पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य नरेन्द्र थापाले बताए । थापाका अनुसार फोहोर व्यबस्थापन गर्नु भनेको स्थानियलाई वेवास्ता गर्नु होईन बरु जनताको समस्याहरुको सुनुवाईको लागि झन बढि जिम्मेबार भएर समस्या समाधान गर्न लाग्नु हो । थापाले भने –‘हामी आज पनि स्थानियहरुसँग छलफल गर्ने बातावरण गरिरहेका छौँ । बिभिन्न चरणको छलफलमा नै छौँ । हामी स्थानियहरुको समस्या समाधान गर्न गम्भिर छौँ ।
महानगरले बिगतमा गरेका गल्तिहरुबारे माफि मागिरहेका छौँ । आगामी दिनमा यस्ता गल्ति नगर्ने प्रतिबद्धता गरेका छौँ । हामी जनताको समस्या समाधानका लागि लचिलो छौँ । संसारमा ठुलाठुला समस्याहरु त सम्वादको मार्फत् हल भएका छन् । यो समस्या हल नहुने कुरा नै भएन । फोहोर व्यवस्थापन गर्दा कुनै अप्रिय घटना नहोस भनेर हामीेले प्रशासनसँग सहकार्य गरिरहेका छौँ । यसले आगामी दिनमा समस्याको गाँठो फुकाउन सहयोग गर्ने कुरामा ढुक्क छु । यहाँ कसैको हारजितको बिषय नै छैन । स्थानिय जनताको पनि समस्या हल हुने र फोहोर पनि व्यबस्थापन हुने गरि समस्याको हल हुनेका कुरामा म ढुक्क छु ।’
अध्यक्ष थापाले मंगलबार २९ वटा गाडीबाट फोहर व्यवस्थापन भएको र स्थानीयहरुको शालिनता र सुजबुझले झडप हुनबाट जोगिएको उल्लेख गरे । उनले भने-‘उहाँहरुले संघर्ष पनि गरिरहनु भएको छ, तर फोहर फाल्न बल प्रयोग गर्ने अवस्था सिर्जना गर्नु भएको छैन, यसले वार्ता सकरात्मक हुन्छ भन्नेमा विश्वस्त छौं ।’

१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने