
१सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
२बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
३शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
६पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
७स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
८‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
९पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१०आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
११फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
पत्रकार गिरीले सामाजिक सञ्जालमा पत्रकारको नाममा देखिएको लाखौ बेरुजु रकम, पत्रिका बजारमा विक्रीवितरण नहुने, पत्रकारको तस्करसँगको मिलेमतो, मिडियाले सामाजिक मुद्दाको उठान गर्न नसकेको, कालीगण्डकी नदीको गैरकानूनी दोहनबारे पत्रकारको मौनता लगायतका कुराहरुको सामाजिक सञ्जाल साथै विभिन्न नागरिक समाजका फोरमहरुमा आवाज बुलन्द गर्दै आएका छन् ।
पोखरा, २४ साउन । बोलेकै भरमा सामाजिक अभियान्ता विरुद्ध पक्राउपुर्जी सामाजिक वेथिती र कालीगण्डकी दोहन विरुद्ध निरन्तर कलम चलाउदै आएका सामाजिक युवा अभियान्तालाई बोलेकै भरमा पर्वत प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । स्वतन्त्र पत्रकार आरके अदिप्त गिरी विरुद्ध सामाजिक सञ्जालमा पर्वतको पत्रकारितामा देखिएका विकृत पक्षको भण्डाफोर गरेपछि पक्राउ पुर्जी जारी गरिएको हो ।
नेपाल पत्रकार महासंघको शुद्धिकरण अभियानमा कारवाही परेका केही पत्रकारहरुको समूहले पत्रकार आरके अदिप्त विरुद्ध प्रहरीमा उजुरी दिएका थिए । पछिल्लो पटक पर्वतको पत्रकारिता क्षेत्रमा देखा परेको विकृतिबारे सामाजिक सञ्जालमा चर्को आलोचना हुँदै आइरहेको छ । स्वतन्त्र फोटोपत्रकार आरके अदिप्त गिरीले पनि सामाजिक सञ्जालमा पत्रकारितामा देखा परेको वेथितीका विरुद्ध निरन्तर प्रश्न गर्दै आइरहेका छन् ।
पत्रकार गिरीले सामाजिक सञ्जालमा पत्रकारको नाममा देखिएको लाखौ बेरुजु रकम, पत्रिका बजारमा विक्रीवितरण नहुने, पत्रकारको तस्करसँगको मिलेमतो, मिडियाले सामाजिक मुद्दाको उठान गर्न नसकेको, कालीगण्डकी नदीको गैरकानूनी दोहनबारे पत्रकारको मौनता लगायतका कुराहरुको सामाजिक सञ्जाल साथै विभिन्न नागरिक समाजका फोरमहरुमा आवाज बुलन्द गर्दै आएका छन् । पत्रकारिता क्षेत्रमा रहेको बेथितीबारे सामाजिक सञ्जालमा गिरी खरो उत्रिदै गर्दा अन्य केही पत्रकार विच टिकाटिप्पणी भएको थियो । टिकाटिप्पणीको विषयलाई लिएर पत्रकार गिरी विरुद्ध केही पत्रकारले पर्वत प्रहरीमा साइवर अपराध गरेको भनी उजुरी दिएका थिए ।
रोचक त के छ भने गिरीका विरुद्ध उजुरी दिने अधिकांश पत्रकारहरु नेपाल पत्रकार महासंघले पत्रकार सदस्यता शुद्धिकरण अभियानको क्रममा कारवाही गरिएका पत्रकारहरु नै छन् । उजुरी गर्ने पत्रकारहरु गणेश पौडेल, छविलाल तिवारी, सन्तोष थापा लगायत हुन् । यी पत्रकारहरुलाई पत्रकार महासंघ गण्डकी प्रदेश समितिले सक्रिय राजनीतिमा लागेको, अन्य संस्थामा जागिर गरेको भनी कारवाही गरी सदस्यताबाट नै हटाइ सकेको छ ।
गिरीले महालेखा परीक्षण कार्यालयले पर्वतका पत्रकारहरुको नाममा बेरुजु रकम ३५ लाख देखाउनु र राज्यबाट लोककल्याणकारी विज्ञापन वापतको रकम पत्रिकाले असुल्ने तर पत्रिका बजारमा विक्रीवितरण नै नगर्ने भनी पत्रकारिताको विरोध गरेका थिए ।
डेढ दशकदेखि मूलधारको पत्रिका साथै देशीविदेशी मिडियामा स्वतन्त्र लेखन गर्दै आएका गिरी हाल जिल्लामा सामाजिक अभियान्ताको रुपमा समाजमा रहेका हरेक वेथिति र विकृतिका विरुद्ध कलम चलाउदै न्याय, प्रकृति र मानवताको पक्षमा वकालत गर्दै आएका छन् ।
आफूलाई साइवर अपराधमा उजुरी परेपछि उनी भन्छन्–“पत्रकारिता क्षेत्र नै राज्यकोष दोहनको धन्दामा लाग्नु साथै दलाल, तस्कर, विचौलियाको चगुंलमा पत्रकारिता क्षेत्र पर्नु भनेको विडम्वना हो । पर्वतका अधिकांश पत्रकारले जनसरोकारको विषयमा कलम चलाउनु भन्दा तस्कर र विचौलियालाई केन्द्रमा राखेर पत्रिकालाई नै मागी खाने भाडो बनाउनु पत्रकारिता जस्तो मर्यादित र सम्मानित पेशालाई दुर्गन्धित बनाउनु हो ।”
सामाजिक वेथितिका विरुद्ध सामाजिक संजालमा केही कुरा बोल्दैमा साइवर अपराधको आरोप लगाई पक्राउ पुर्जी जारी हुनु स्वतन्त्र अभिव्यक्तिका विरुद्ध भएको भनी नागरिक समाजले आपत्ति जनाएका छन् । साइवर अपराध सम्वन्धि कानूनका जानकारहरुले समेत सामाजिक संजालमा सामाजिक वेथिति विरुद्ध केही कुरा बोल्दैमा र त्यसमा भएको टिकाटिप्पणीलाई साइवर अपराध मान्न नसकिने बताउँछन् ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई