
१राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
३जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
४राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
६लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
७माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
८रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
९प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१०रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
११रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
पोखरा, १८ साउन । दिनैपिच्छे छोटो अवधिमा पटक पटक विद्युत अबरुद्ध हुने समस्याले आजित भएका गण्डकीवासिको समस्यालाई मध्यनजर गर्दै होटल संघ पोखरा नेपालका पदाधिकारीहरुले बुधबार नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय गण्डकीको ध्यानाकर्षण गराएका छन् ।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा संघको टोली प्राधिकरण पुगी प्रादेशिक प्रमुख जगदीशचन्द्र जोशीलाई विद्युत उपभोक्ताले भोग्दै आउनु परेको समस्याका बारे अवगत गराउँदै ध्यानाकर्षण पत्र दिएका थिए । दिनमा होस् या रातमा जुनसुकै बखत विना जानकारी घरिघरि विद्युत अबरुद्ध हुँदा होटल क्षेत्र र सिंगो उपभोक्ताजगत सबैभन्दा बढी मारमा परेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले दुःखेसो पोखे ।
विद्युत अबरुद्ध हुँदा देशविदेशका पाहुनालाई आबश्यक सेवा उपलब्ध गराउन कठिनाई हुँदै आएको र यसका कारण प्राधिकरणमा भन्दा बढी फोन संघको कार्यालयमा आउन थालेको जानकारी दिंदै अध्यक्ष सुवेदीले त्यही भएर पनि विद्युत अबरुद्ध हुनको कारणबारे जानकारी लिन आफूहरु प्राधिकरण पुगेको बताए ।
सो अवसरमा संघका महासचिव राजेन्द्र ढकालले पैसा तिरेर पनि उपभोक्ताले विद्युत सुविधा सहज रुपमा पाउन नसक्नु प्राधिकरणको लापरवाही र गैरजिम्मेवारपना भएको बताए । ‘जुन पिक आवर हुन्छ सोही समयमा बढी बत्ती जाने गरेको छ,’ उनले भने, ‘पानी पर्न थालेपछि त झन् बत्ती गैहाल्छ ।’
घरिघरि विद्युत अबरुद्ध हुँदा यसमा इन्भर्टर वा सोलार उपकरणसँग सम्बन्धित गिरोहको हात त छैन भन्ने आशंका उपभोक्तामा उब्जिएको उनले बताए । बत्ती गएको बेला होटलको लिफ्टमा सेवा लिइरहेका पाहुना विचमै रोकिंदा आतंकित हुने गरेको र गुनासो गर्ने गरेको दुःखेसो पनि उनले सुनाए ।
संघकी सचिव पार्वता पाण्डेले राइस कुकरमा खाना बसालेको केही मिनटमा नै बत्ती जाँदा पुनः अर्को भाँडामा चामल खन्याएर ग्याँसमा खाना पकाउनु पर्ने समस्या उपभोक्ताले भोग्नुपरेको बताइन् । छलफलका क्रममा संघका निवर्तमान अध्यक्ष विकल तुलाचन, प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ, कोषाध्यक्ष नेत्रप्रसाद पौडेल (रमेश), सदस्यहरु पम्फा देवकोटा पहारी, महदत्त भुसाल, सरोज अधिकारी र संघका कार्यालय प्रमुख रामप्रसाद खनालले पनि विद्युत अबरुद्ध हुँदा होटल क्षेत्रले ठूलो क्षति भोग्दै आउनु परेको गुनासो राखेका थिए । विद्युत बढी उतपादन हुने बर्खा याममा लोडसेडिङ जसरी विद्युत जान थालेपछि विद्युत सहज उपोभोगका लागि आउने हिउँद कुर्नुपर्ने अवस्था आएको व्यवसायीले बताए ।
संघका पदाधिकारीको जिज्ञासा र गुनासोपछि बोल्दै प्राधिकरणको प्रादेशिक कार्यालयका प्रमुख जगदीशचन्द्र जोशीले खपत भन्दा धेरै विद्युत उत्पादन भएका कारण अहिलेको समस्या उत्पन्न भएको बताए । उत्पादन धेरै तर खपत कम हुँदा ट्रिप भएर विद्युत अवरुद्ध हुने गरेको दाबी उनले पेश गरे ।
विद्युत सर्किटको आन्तरिक सेन्सर बढी तात्ने र थप तात्न नदिन ब्रेकरले विद्युत अबरुद्ध गरिदिने प्रक्रियालाई ट्रिपिङ भनिन्छ । ‘तपाइँहरु अब सकेकसम्म धेरै भन्दा धेरै विद्युत खपत बढाउनुस्, यो समस्या आफैं समाधान भएर जान्छ’, जोशीले होटलकर्मीहरुसँग भनेका थिए । प्रदेशका ११ जिल्ला उक्त प्रादेशिक कार्यालय मातहत रहेको बताउँदै उनले गण्डकी प्रदेशमा अहिले सात सय मेगावाट विद्युत उत्पादन हुँदै आएको तर खपत भने जम्मा ८० मेगावाट हाराहारी मात्र रहेको जानकारी दिए । पोखरामा मात्र यस्तो खपत ४० मेगावाट रहेको तथ्यांक पनि उनले सुनाए ।
विद्युत ट्रिपिङको समस्या देशभरिकै समस्या भएको बताउँदै उनले यही समस्या भएर केन्द्रिय र प्रदेशिक तहहरुमा छानविन समिति बनेर काम पनि भइरहेको जानकारी गराए । समस्या समाधानका लागि प्राधिकरणका विभिन्न ग्रिडहरुसँग पनि समन्वय भइरहेको उनले सुनाए । विजुलीका ट्रान्सफरमर नपुगेर पनि अहिलेको समस्या नआएको बताउँदै उनले ट्रान्सफरमर राख्ने भन्दा पनि मेरो जग्गाबाट त्यसलाई हटाइदिनपर्यो भन्ने ब्यहोराका निवेदन बढी संख्यामा प्राधिकरणलाई प्राप्त हुने गरेको तथ्य उनले बताए । कार्यालय अन्तर्गत २०७८/०७९ सम्ममा चार लाख १८ हजार आठ सय ५१ विद्युत उपभोक्ता रहेको तथ्यांक प्राधिकरणको वेबसाइटमा छ ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए