
१पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
२पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
३‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
६जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
७फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
८माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
९जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१०उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
११मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१२सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१२विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
पोखरा, १३ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश भित्रका पब्लिक क्याम्पसलाई मर्जर प्रक्रियामा अघि बढ्न सुझाब दिएका छन् । शनिवार पोखरामा नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेशको अधिवेशन उद्घाटन गर्दै उनले भने ‘विद्यार्थी संख्या, लगानी सबैलाई हेर्दा पब्लिक क्याम्पसहरु मर्जर प्रक्रियामा अघि बढ्दा लगानी अनुसारको प्रतिफल आउन सक्छ ।’
सरकारले उच्च शिक्षामा गरेको लगानी अनुसार प्रतिफल प्राप्त हुन नसकेको बताउँदै मुख्यमन्त्री पाण्डेले कसरी प्रतिफल निकाल्न सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने सुझाब दिए ।
गण्डकी प्रदेश सरकारले चालु वर्ष सामुदायिक क्याम्पस सँग प्रदेश सरकार कार्यक्रम संचालन गर्ने नीति बनाएर कार्यक्रम सार्वजनीक गरिसकेको उनले बताए । ‘सामुदायिक क्याम्पसँग प्रदेश सरकार’ कार्यक्रम अन्तरगत अहिले एक करोड ७५ लाख रकम बिनियोजन भएको छ’ मुख्यमन्त्री पाण्डेले भने ‘चालु वर्ष नै यो रकम पाँच करोड पु¥याईनेछ ।’
प्राध्यापक, संचालक समिति, विद्यार्थीहरुले महशुस गर्ने गरि पब्लिक क्याम्पसलाई गण्डकी प्रदेश सरकारको सहयोग रहने मुख्यमन्त्री पाण्डेले बताए । आवश्यकता र चाहना धेरै तर बजेट थोरै हुँदा बजेट कम भएको उनले बताए । पब्लिक क्याम्पसहरुले शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्ने, दक्ष युवा जनशक्ति बिदेशिने दर न्यूनिकरण गर्न ब्यवशायीक शिक्षा केन्द्रित गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेको जोड थियो ।
आफ्नो स्वामित्वमा जग्गा नहुँदा समस्या भएको पब्लिक क्याम्पसहरुको गुनासोपछि मुख्यमन्त्री पाण्डेले पब्लिक क्याम्पसहरुलाई आफ्नै स्वामित्वमा जग्गा ल्याउन सहज हुने गरि कानुन निर्माण गरिने बताए । साथै उनले सामाजिक सेवाको भावनाले क्याम्पस लगायत सार्वजनीक संस्थालाई जग्गा दान गर्दा दताले तिर्नुपर्ने कर मिनाह गर्ने गरि कानुन आवश्यक भएको बताए ।
नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेशका अध्यक्ष ऋषिराम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश भित्रका बिभिन्न पब्लिक क्याम्पसका संचालक समिति अध्यक्ष, प्राध्यापक संघका अध्यक्ष र क्याम्पस प्रमुखको उपस्थिती थियो । उक्त कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आले मगर, कृषि तथा भुमि ब्यवस्था मन्त्री महेन्द्रध्वज जिसी, प्रदेश नीति योजना आयोग गण्डकीका उपाध्यक्ष कृष्णचन्द्र देवकोटा, पब्लिक क्याम्पस संघका केन्द्रिय अध्यक्ष शत्रुधन गुप्ता लगायतको उपस्थिती थियो ।