
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
पत्रकार महासंघको सदस्यता लिई सक्रिय राजनीति गर्ने, स्थायी शिक्षक, सरकारी कर्मचारी, गैरसरकारी संस्थाका जागिरे र व्यापार–व्यवसायमा सक्रिय व्यक्तिहरुको सदस्यता खारेजीमा परेको हो ।
पत्रकारको नाममा गैरपत्रकार सक्रिय रहँदा जिल्लाको पत्रकाररिता क्षेत्र नै बदनाम भैरहेको थियो । पत्रकार महासंघ पर्वतले ‘बास्केटफण्ड’को रुपमा स्थानीय पालिका तथा सरकारी कार्यालयबाट उठाएको ३५ लाख रुपैया महालेखा परीक्षण कार्यालयले बेरुजु देखाएको छ ।
कुश्मा (पर्वत), ११ साउन । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले गरेको पत्रकार शुद्धीकरणको निर्णयलाई टेकेर जाँदा पर्वतमा पत्रकार सदस्य संख्यामा करिब ४५ प्रतिशत बढीले कटौती भएको छ । पत्रकार महासंघ पर्वतका २६ सदस्यलाई गैरपत्रकार भनी पत्रकार महासंघ गण्डकी प्रदेश कमिटिले हटाएको छ ।
महासंघले पत्रकारको सदस्य लिने तर पत्रकारितामा सक्रिय नरहि बिभिन्न पेशा व्यवसायमा आवद्ध रहेका गैरपत्रकारहरुलाई सदस्यबाट हटाउने कठोर कदम चालेपछि पर्वतमा पनि गैर पत्रकारलाई सदस्यबाट हटाई कारवाही गरिएको हो ।
पत्रकार महासंघ पर्वतले पत्रकार शुद्धीकरण अभियानलाई वेवास्ता गरी हुबहु पत्रकार महासंघको प्रदेश कमिटिमा सदस्यता नविकरणका लागि सिफारिश गरेको थियो । पत्रकार महासंघ गण्डकी प्रदेश कमिटिले भने पर्वतका गैरपत्रकारहरुको सदस्यता खारेजी गरिदिएको हो । पत्रकार महासंघको सदस्यता लिई सक्रिय राजनीति गर्ने, स्थायी शिक्षक, सरकारी कर्मचारी, गैरसरकारी संस्थाका जागिरे र व्यापार–व्यवसायमा सक्रिय व्यक्तिहरुको सदस्यता खारेजीमा परेको हो ।
गैरपत्रकार विरुद्ध पत्रकारबाट नै उजुरी दर्तापछि भने कारवाही प्रक्रिया अगाडि बढेको जनाइएको छ । पत्रकार महासंघ पर्वतका अनुसार जिल्लामा क्रियाशिल पत्रकारको सदस्य संख्या ५५ जना रहेकोमा अब शुद्धीकरण अभियान पछि जम्मा २९ जना सदस्यमात्र रहेका छन् । यस वर्ष थप नयाँ सदस्य संख्या ६ गरी पत्रकार महासंघको सदस्य संख्या जम्मा ३५ रहेको छ ।
जिल्लामा पत्रकार शुद्धीकरणको लागि पत्रकार महासंघ पर्वतले सामान्य पहल गरेको थियो । पत्रकार शुद्धीकरणको सवालमा विवाद रहेपछि पत्रकार महासंघ पर्वतले विदेश गएका र मृत्यु भएका पत्रकारको नामावली हटाई अरु सबै पत्रकार सदस्यको नामावली प्रदेश कमिटिलाई सदस्यता नविकरण गर्नका लागि सिफारिश गरेको थियो ।
नेपाल पत्रकार महासंघले पत्रकारिता क्षेत्रमा व्यवसायिक सुधार ल्याउन गर्न लागिएको पत्रकार शुद्धिकरण अभियान विपरित नेपाल पत्रकार महासंघ पर्वत शाखाले हुबहु सदस्यता नविरकण गर्न सिफारिश गरिएपछि प्रदेश कमिटिले कारवाही गरेको हो । कारवाही पछि पत्रकार महासंघ पर्वतको सदस्यता लिई विभिन्न राजनीतिक दलसँग आवद्ध सक्रिय व्यक्ति, सरकारी जागिरे, शिक्षक, सक्रिय व्यवसायीहरुको साथै निस्कृय सदस्यको सदस्यता नविकरण नभई खारेजी हुने भएको छ ।
पत्रकारको नाममा गैरपत्रकार सक्रिय रहँदा जिल्लाको पत्रकाररिता क्षेत्र नै बदनाम भैरहेको थियो । पत्रकार महासंघ पर्वतले ‘बास्केटफण्ड’को रुपमा स्थानीय पालिका तथा सरकारी कार्यालयबाट उठाएको ३५ लाख रुपैया महालेखा परीक्षण कार्यालयले बेरुजु देखाएको छ । सामाजिक अभियन्ता तथा फोटोपत्रकार आरके अदिप्त गिरिले भने–‘पत्रकार शुद्धिकरणका लागि नेपाल पत्रकार महासंघको केन्द्रिय नेतृत्वले खुट्टा दरो गरी टेक्नु जरुरी छ । नत्र यो अभियान सफल हुन सकेन भने यो गलत प्रवृत्ति झनैं मौंलाएर जानेछ ।’
महासंघमा गैरपत्रकार हावी हुँदा जनसरोकारका मुद्दा ओझेल पर्ने र पत्रकारिता क्षेत्र बदनाम हुने खतरा रहेकोले पनि पत्रकार शुद्धिकरण आवश्यक रहेको उनको भनाई थियो । पत्रकार महासंघको शुद्धीकरण गरिनुपर्छ भन्ने सवालमा विवाद हुँदा लेखिएको माइन्युट समेत च्यातिनु र शाखामा ताला लगार्र्ईएको खबर बाहिरिनुले नै गैरपत्रकारको दादागिरि र अकर्मण्यता देखाएको सामाजिक अभियन्ता गिरीको भनाई छ ।
जिल्लामा प्रकाशित हुँदै आएका ११ वटा साप्ताहिक पत्रिकाहरु जसले राज्यबाट लोककल्याणकारी विज्ञापन प्रकाशन गरी वर्गिकरणमा परे वापत मासिक ४० देखि ४५ हजार रुपैयाँसम्म रकम लिंदै आएका छन् । तर बजारमा पत्रिका विक्री वितरण नै गरेको पाईदैन । जिल्लाका नागरिक समाज तथा व्यवसायीले राज्यबाट रकम लिएर पनि पत्रिका प्रकाशन नगर्नु भनेको सूचनाको हकबाट नागरिकलाई वञ्जित गर्नु हो र यो भनेको सभ्य समाजका लागि एक खाले अपराध हुने भनि पत्रकारहरुको आलोचना गरेका छन् ।
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय