
१सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
३कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
४हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
५किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
६लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
पोखरा, ४ साउन । १५ दिन भित्र सम्झौंता पुरा नगरे पोखरा महानगरपालिकालाई फोहोर फाल्न नदिने चेतावनी वडावासीले दिएका छन् । पोखरा महानगरपालिका वडा नं. ३२ का स्थानीय जनताहरुले मेयर धनराज आचार्यलाई सम्झौंता कार्यान्वयन गराउन पत्र बुझाउँदैं लिखित रुपमा सो चेतावनी दिएका हुन् ।
वडा नं. ३२ को राधाकृष्ण मन्दिर पछाडी र सेती नदीको बिचमा महानगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आईरहेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका क्रममा नजिकैं बाच्छेबुढुवामा भएको ल्याण्डफिल्ड साईटमा फोहोर व्यवस्थापन गर्न नमिलेपछि वडा नं. ३२ का स्थानीयले अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्न सहमति दिएका थिए ।
विमानस्थल उद्घाटन नजिकै फोहर व्यवस्थापनको विषय जटिल बन्दै गईरहेको अवस्थामा ६ महिनाको लागि भनेर सम्झौंता गरिएको स्थानीय भुवानी प्रसाद पौडेलले बताए । उनले भने–‘जटिल अवस्थामा हामीले महानगरपालिकालाई साथ दिएका हौं । तर सम्झौंता अनुसार नगरपालिकाले काम गरेन । त्यसकारण बाध्य भएर १५ दिनको अल्टिमेटम दिनु परेको हो ।’
महानगरपालिका र वडावासी बिच दैनिक रुपमा त्यहाँ लगिने फोहोरलाई माटोले पुर्ने सहमति भएको थियो । अस्थायी रुपमा फोहोर मैला व्यवस्थापन गर्न सहमत भएका वडावासी यतिबेला नगरपालिकाले भने झैं फोहोर माटोले पुर्ने काम नगरेपछि विरोधमा उत्रिएका हुन् ।
फोहोर लगेर जथाभावी फाल्दिने, फोहोरलाई माटोले नपुर्ने गरिएपछि वरपरको वातावरण र पर्यावरणमा समेत यसले असर पारेको स्थानीयले गुनासो गरेका छन् । स्थानीय मेघराज पौडेल, खेमबहादुर पुन, शरण कुमार प्रधान र कुलमणि खनाल लगायतले मेयर आचार्यलाई दिएको पत्रमा वरपरको वस्तीमा दुर्गन्ध फैलिएको र भाइरल ज्वरोको प्रकोप समेत बढेको उल्लेख छ ।
मेयर आचार्यलाई बुझाईएको पत्रमाा भनिएको छ, ‘६ महिनाको लागि फोहर मैला व्यवस्थापन भनेकोमा अब कहिलेसम्म ?, वातावरण पर्यावरण सम्बन्धि परिक्षण गरे नगरेको ?, जनतालाई यो दुर्गन्ध कहिलेसम्म ?, आम जनताको स्वास्थ्य माथि हेलचक्र्याई कहिलेसम्म ?, पवित्र गंगा नदीमा फोहरको रसायन कहिलेसम्म ? र धार्मिक स्थल वरपरि गिद्ध घुम्ने कहिलेसम्म ?’
स्थानीय भुवानी प्रसाद पौडेलले पत्र मेयर आचार्यलाई बुझाएपछि स्थानीयहरुले आफूलाई परेको मर्काका विषयमा जानकारी गराएका थिए । सोही क्रममा मेयर आचार्यले भने–‘तपाईहरुले जे लेख्नुभएको छ, त्यो अक्षरस लागू हुनुपर्छ । त्यो लागू भएन भने तपाईहरुले १५ दिनपछि रोक्छु भन्नुभएको छ, रोक्नुहोला ।’
‘फोहर मैला व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय टेण्डर आह्वान गरेकोमा अब छनौंटको क्रममा रहेको र छिट्टैं नै यो विषय टुङ्गिनेछ,’ मेयर आचार्यले भने–‘कति समय लाग्छ भनेर हामीले एक डेढ महिनापछि मात्र भन्न सक्छौं ।’
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !