
१किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
गोरखा, ३१ असार । असारको महिना सकिनै लाग्दा गोरखा जिल्लामा अहिलेसम्म ५० प्रतिशतमात्र रोपाइँ सकिएको छ । अघिल्ला वर्षमा यतिबेला झन्डै ७० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिने गरेको भए पनि जिल्लामा यस वर्ष भने रोपाइँ गर्न ढिलाइ भएको कृषिज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले बताउनुभयो ।
आकाशे पानीको भर पर्नुपर्ने बाध्यताका कारण मनसुन भित्रिए पनि पर्याप्त पानी नपरेका कारण रोपाइँ गर्न ढिलाइ भएको उहाँको भनाइ छ । “यस पटक मनसुन ढिलो गरी सुरु भएको छ, मनसुन सुरु भए पनि वर्षा कम हुँदा मूल फुट्न सकेको छैन”, उहाँले भन्नुभयो, “पानी नपरेपछि जिल्लाभित्रका टारी खेतमा रोपाइँ हुन सकेको छैन ।”
एघार हजार दुई सय ६६ हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुने गरेको भए पनि असारको अन्तिम सातासम्ममा यसपालि करिब छ हजार क्षेत्रफल जमिनमा मात्र रोपाइँ सकिएको प्रमुख अधिकारी बताउनुभयो । अहिलेसम्म दरौदी फाँटहरूमा रोपाइँ धेरै भएको उहाँले बताउनुभयो ।
“कुलो तथा सिँचाइको सुविधा भएका फाँट तथा खेतहरूमा भने रोपाइँ लगभग सकिएको छ”, प्रमुख अधिकारीले भन्नुभयो, “त्यस बाहेकका क्षेत्रका किसानहरू रोपाइँका लागि आकाशेपानी कुर्नुपर्ने बाध्यता छ ।”
पानी नपरेपछि रोपाइँ गर्न ढिलाइ भएको ज्यादुर फाँटका किसान वसन्त न्यौपाने बताउनुहुन्छ । “आकाशे पानीको आवश्यकता नपर्ने ठाउँमा रोपाइँ गरेर भ्याइसकिएको छ”, उहाँले भन्नुभयो, “आकाशे पानीको भर पर्नुपर्ने बाध्यता रहेकाले यसपालि ज्यादुर फाँटमा अहिलेसम्म रोपाइँ गर्न सकिएको छैन, गत वर्ष यति नै बेला फाँटमा रोपाइँ सकिएको हुन्थ्यो ।” पानी नपरेपछि रोपाइँ कहिले गर्ने भन्ने टुङ्गो नभएको न्यौपानेको भनाइ छ ।
भुसुण्डे फाँटका अर्का किसान बलबहादुर कुमाल पनि खेतमा रोपाइँ गर्न नपाएर चिन्तामा हुनुहुन्छ । “वर्षभरि सिङ्गो परिवारले पेट पाल्ने यही खेतको उब्जनीबाट हो”, उहाँले भन्नुभयो, “अहिलेसम्म पानी नपर्दा रोपाइँ गर्न पाइने हो कि नपाइने हो भनेर पिर पर्न थालेको छ ।”
गोरखा जिल्लाभित्र छेपेटार, भुसुण्डे फाँट, ज्यादुर खोला, आरुघाट, ध्यालचोक, सिरानचोक र ध्याम्पेसाललगायतका स्थान धान खेती हुने क्षेत्र रहेको कृषि ज्ञानकेन्द्र गोरखाका कृषि अधिकृत प्रमोद गैरेले जानकारी दिनुभयो ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर