
१पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
२पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
३‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
६जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
७फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
८माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
९जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१०उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
११मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१२सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१२विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
काठमाडौँ, २३ असार । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले देशमा राजनीतिक अस्थिरता निम्त्याउन चाहने दलहरुले प्रधानमन्त्रीको राजीनामा मागेको बताउनुभएको छ ।
समाजवादी पेशागत कानुन व्यवसायी सङ्गठनले आज आयोजना गरेको बागमती प्रदेश भेलामा महासचिव भुसालले विगतमा प्रधानमन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु गैरसंसदीय भएको भन्दै त्यो माग मृगतृष्णा जस्तै भएको बताउनुभयो ।
कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन समाजवादी मोर्चा निर्माण गरिएको भन्दै उहाँले मुलुकमा समाजवादी अर्थ व्यवस्थाका माध्यमबाट विकास र जनताको समृद्धिका लागि वामपन्थी शक्ति एकीकृत हुनुपर्ने बताउनुभयो ।
महासचिव भुसालले पार्टीको सङ्गठन सुदृढीकरण विशेष अभियान देशभर सञ्चालन भइरहेको बताउँदै राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले निर्वाह गरेको भूमिकाका कारण सङ्गठनलाई थप सशक्त र गतिशील बनाउनुपर्नेमा जोड दिनुभयो । मुलुकको विकास र आर्थिक समृद्धिका लागि उत्पादनमा जोड दिँदै उहाँले सबै वर्गको अधिकार तथा हितको सम्वर्द्धन गर्नुपर्ने बताउनुभयो ।
उहाँले देशमा भएका सबै राजनीतिक परिवर्तनका आन्दोलनमा पार्टीका सबै जनवर्गीय सङ्गठनको उल्लेखनीय सहभागिता रहेको बताउनुभयो ।