
१मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
२रवि, जिबी र छविसहित अन्य प्रतिवादीको पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
३नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
४फेवातालमा डुबेर काँहूखोलाका रिवाज गुरुङको मृत्यु
५बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
६अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
७स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
८कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
९उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
१०रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
११कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१२लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
६पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
७पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
८उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
९कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
१२पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
काठमाडौँ । सरकारले नेपाल प्रहरी अस्पतालले तीन सय शय्याको कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । मन्त्रालयले कोभिड प्रयोगशाला सञ्चालन गरिरहेका अस्पताल तथा मेडिकल कलेजले पोजिटिभ आएका व्यक्तिलाई टेलिफोनमार्फत परामर्श दिनुपर्ने निर्णय गरेको छ । घरमा नै बसिरहेका सङ्क्रमितलाई १११३, १११५ र ११३३ वा आफूले चिनेको चिकित्सकसँग आवश्यक जानकारी लिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय प्रवक्ता डा जागेश्वर गौतमले अनुरोध गर्नुभयो । ‘होम आइसोलेसन’ मा बसिरहेका व्यक्तिलाई चिकित्सकको सल्लाहअनुसार मात्रै औषधि खान उहाँले आग्रह गर्नुभयो ।
यसैबीच, देशभरमा आज कोभिड–१९ का तीन हजार ३०९ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नै तीन हजार ८४४ सङ्क्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थपिएका सङ्क्रमितमध्ये पुरुष दुई हजार पाँच र महिला एक हजार ३०४ रहेका छन् । प्रवक्ता गौतमले आज सङ्क्रमणमुक्त भएका तीन हजार ८४४ समेत गरी आजसम्म एक लाख ४४ हजार ९७८ सङ्क्रमणमुक्त भएको जानकारी दिनुभयो । आजसम्म निको हुने दर ७९ दशमलव तीन प्रतिशत रहेको छ । आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार ९११ पुगेको मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १२ दशमलव तीन प्रतिशत छ । यससँगै जम्मा सङ्क्रमितको सङ्ख्या एक लाख ८२ हजार ९२३ पुगेको छ ।
काठमाडौँ उपत्यकामा आज एक हजार ८७८ सङ्क्रमित थप भएका छन् । काठमाडौँ जिल्लामा एक हजार ५७०, ललितपुरमा १८९ र भक्तपुरमा ११९ नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौँ उपत्यकामा आज थपिएका सङ्क्रमितमध्ये एक हजार १४१ पुरुष र ७३७ महिला छन् । उपत्यकाकाका काठमाडौँमा १६ हजार ४२०, ललितपुरमा दुई हजार २७४ र भक्तपुरमा एक हजार ११४ सक्रिय सङ्क्रमित छन् । त्यस्तै होम आइसोलेशनमा रहनेको सङ्ख्या काठमाडौँमा १० हजार ९३१, ललितपुरमा दुई हजार २४५ र भक्तपुरमा एक हजार ७३० छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १३ हजार हजार १४४ नमूना परीक्षण भएको थियो । हालसम्म १४ लाख ९४ हजार १२२ नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसङ्ख्यामा ५१ हजार २०२ परीक्षण भएको बताइएको छ । हालसम्म पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १२ दशमलव तीन प्रतिशत छ । क्वारेन्टिननमा रहेकाको सङ्ख्या एक हजार ३०५ छ ।
सक्रिय सङ्क्रमितमध्ये हाल ३० हजार १३१ होम आइसोलेशन र छ हजार ७८० संस्थागत आइसोलेशनमा छन् । प्रदेशअनुसार होम आइसोलेशनमा रहनेको सङ्ख्या प्रदेश नं १ मा पाँच हजार ३०९, प्रदेश नं २ मा एक हजार ११, वाग्मतीमा १८ हजार ४३, गण्डकीमा एक हजार ७१०, लुम्बिनीमा दुई हजार ७३८, कर्णालीमा २७० र सुदूरपश्चिम प्रदेशमा ९८० रहेको छ । त्यस्तै संस्थागत आइसोलेशनतर्फ प्रदेश १ मा ११२, प्रदेश २ मा ३८, वाग्मतीमा पाँच हजार १८५, गण्डकीमा ८९५, लुम्बिनीमा ४४९, कर्णालीमा ४४ र सुदूरपश्चिम प्रदेशमा ५७ रहेको छ ।
देशभरमा आज ३७९ सङ्क्रमित आइसियुमा रहेका छन् । प्रदेश १ मा ४८, प्रदेश २ मा आठ, वाग्मतीमा १७९, गण्डकीमा ८६, लुम्बिनीमा ४८, कर्णालीमा चार र सुदूरपश्चिममा छ सङ्क्रमित आइसियूमा छन् । त्यस्तै प्रदेश १ मा १३, वाग्मतीमा ५०, गण्डकीमा आठ, लुम्बिनीमा चार र सुदूरपश्चिममा तीन गरी ७८ सङ्क्रमित भेण्टिलेटरमा छन् ।
१३ जिल्लामा पाँच सयभन्दा बढी सङ्क्रमित, दुईमा शून्य
आजसम्म देशभरका ७७ जिल्लामध्ये १३ मा सङ्क्रमित पाँच सयभन्दा बढी छन् भने तीन जिल्लामा शून्य छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा झापा, मोरङ, सुनसरी, मकवानपुर, काभ्रेपलाञ्चोक, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, कास्की, नवलपरासी९बर्दघाट सुस्तापूर्व०, रुपन्देही र दाङ छन् । आज मनाङ र बाजुरामा एक जना पनि सक्रिय सङ्क्रमित छैनन् ।
थप ३० को मृत्यु :
पछिल्लो २४ घण्टामा कोभिडका कारण थप ३० जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ३४ पुगेको छ ।
जम्मा सङ्क्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव छ प्रतिशत हो । यो सङ्ख्या प्रतिदश लाख पोजेटिभमा ३५ दशमलव चार हो ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप