
१लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
६प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
७पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
८पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
६८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
पोखरा । दशैँलगत्तै जिल्लाका दुई प्रख्यात पदयात्रामार्गमा आन्तरिक पर्यटक बढेपछि कोरोना सङ्क्रमणको सम्भावित जोखिम रोक्न पदयात्रामा आउनेहरुले अनिवार्य पिसीआर रिपोर्र्ट साथमा ल्याउनुपर्ने भएको छ ।
चर्चित मर्दी हिमाल पदयात्रा र माछापुच्छ्रे नमूना पैदलमार्गका पर्यटन व्यवसायीहरुले जोखिम रोक्न कात्तिक २१ देखि पदयात्रामा आउनेहरुले पिसीआर नेगेटिभ भएको रिपोर्ट ल्याउनुपर्ने निर्णय गरेका हुन् । मङ्गलबार माछापुच्छ्रे गाउँपालिका वडा नं ७, ८ र ९ का वडाध्यक्षहरु, पर्यटन व्यवस्थापन समिति अष्ट्रेलियन क्याम्प, मर्दी ट्रेक पर्यटन व्यवस्थापन समिति, माछापुच्छ्रे मोडल ट्रेक व्यवस्थापन समितिलगायत सरोकार भएकाहरुको बैठकले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी व्यवसाय सञ्चालन गर्ने र जोखिम न्यूनीकरण गर्र्ने निर्णय गरिएको माछापुच्छ्रे मोडल ट्रेक व्यवस्थापन समितिका सचिव कुलप्रसाद अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो-‘अन्यत्रका पदयात्रा बन्द भएपछि दशैँपछि मर्दी र माछापुच्छ्रेमा पदयात्री उल्लेख्य बढेका छन्, सङ्क्रमण बढी भएका जिल्लाबाट समेत मानिसहरु आएपछि जोखिम कम गर्न पिसीआर रिपोर्ट अनिवार्य गरेका हौँ ।’ विश्वप्रसिद्ध अन्नपूर्ण चक्रिय पदयात्रा त्यहाँका व्यवसायीले बन्द गरेपछि मर्दी र माछापुच्छ्रेमा आन्तरिक पर्यटकको भीड बढेको हो ।
माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद दवाडीले भीडभाड बढेपछि अत्यधिक जनदवाब आएकाले स्थानीयवासी, पदयात्री तथा व्यवसायीलाई सुरक्षित राख्ने प्रयास गरिएको बताउनुभयो । मर्दी पदयात्रामा धम्पुस, घलेल, सिदिङ, कालिमाटीलगायतका बस्तीहरु पर्ने र स्थानीयवासीले असुरक्षित महसुस गरेपछि पिसीआर अनिवार्य गरिएको उहाँको भनाइ छ ।
वडाध्यक्ष दवाडीले भन्नुभयो-‘सीमा जोडिएका जिल्लादेखि अत्यधिक सङ्क्रमण भएका स्थानबाट समेत मानिस पदयात्रामा आएका छन्, जसले गर्दा कोही पनि सुरक्षित भएको महसुस भएन । सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डलाई सबैले पालना गर्न भनेका हौँ ।’ विभिन्न स्थानमा रहेका पर्यटन व्यवसायी समितिसँगै भिँडाबारी र धम्पुस प्रहरी चौकीका सुरक्षाकर्मीलाई समेत पदयात्रीको निगरानीमा परिचालन गर्ने योजना बनाइएको छ ।
मर्दी हिमाल पदयात्रा पछिल्ला वर्षहरुमा पर्यटकको गन्तव्य बनेको छ । मर्दी हिमालको आधार शिविरसम्म पुग्न सकिने भएकाले यसलाई मर्दी हिमाल पदयात्रा मार्गको रूपमा विकास गरिएको छ ।
पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छ्रे गाउँपालिकाको घलेल हुँदै कालिमाटी तथा सिदिङ तथा माछापुच्छ्रे कै धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँडेबाट समेत पोथना, अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा, हाइक्याम्प, ‘भ्यू प्वाइन्ट’ हुँदै चार हजार ५०० मिटर उचाइको मर्दी हिमाल आधार शिविर पुगिन्छ । माछापुच्छ्रे नमूना पैदलमार्ग माछापुच्छ्रे गाउँपालिका–९ को सिदिङबाट शुरु हुन्छ । सिदिङसहित रिभान, लाहाचोक, घाचोक तथा साविक माछापुच्छ्रे गाविसबाट समेत यस पदयात्रा गर्न सकिन्छ । रासस
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ