
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
वासुदेव पौडेल
मेघौली (चितवन), ४ पुस । विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र राप्ती तथा नारायणी नदी घेरिएको सुन्दर टापु हो मेघौली । नेपालमा नै सर्वप्रथम जङ्गल सफारीको सुरुआत गर्ने टाइगर टप्स जङ्गल लजको प्रवेशद्वार यो टापु प्रकृति र संस्कृति उत्कृष्ट गन्तब्य बनेको छ ।
यहाँको प्रकृति र संस्कृतिका विविध छठाको प्रत्यक्ष अवलोकन गर्न देशविदेशबाट पर्यटक आउँछन् । पर्यटकको आगनलाई लक्षित गरी यस क्षेत्रमा विभिन्न सुविधासम्पन्न होटेलका साथै थारु सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा आइसकेको छ । कोरोना महामारीका कारण यहाँको पर्यटनमा असर पारे पनि पछिल्ला दिनमा आन्तरिक पर्यटकको बढ्दो आगमनले आफूहरूलाई उत्साहित बनाएको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।
यहाँस्थित थारु सामुदायिक होमस्टे थारु संस्कार र संस्कृतिको जीवन्त सङ्ग्रहालय बनेको छ । यहाँ आउने पर्यटकले थारु संस्कृतिमा खाइने चिचर, घोँगी, हाँसको मासु आदि खान पाउँछन् भने परम्परागत लठ्ठी नाच (स्टिक डान्स), झमटा नाच, झुमरा नाच, डम्फु नाच आदि मौलिक नृत्य औधी मन पाउँछन् । नाच प्रस्तुत गर्नुभन्दा पहिले देखाउन खोजेको नाचबारे आगन्तुक पाहुनालाई जानकारी गराउने प्रचलन यहाँको विशिष्टता हो ।
आधुनिकताका नाममा ठाउँठाउँमा परम्परागत नृत्य हराउँदै गएका अवस्थामा यहाँका युवापुस्ता आफ्नो मौलिकताले युक्त थारु नृत्यलाई निरन्तरता दिएको थारु सामुदायिक होमस्टेका सञ्चालक बेदकुमार महतोले जानकारी दिनुभयो ।
परम्परागत पोशाकमा परम्परागत बाजाका साथ देखाइने नाचलाई पर्यटकले निकै रुचाउने गरेको उहाँले बताउनुभयो । चितवनको भरतपुर चौबीसबोठीदेखि २५ किलोमिटर पश्चिममा रहेको यस ठाउँमा स्वदेशी र विदेशी पर्यटक जङ्गल सफारीका लागि आउने गर्दछन् । जङ्गल सफारीका क्रममा पर्यटकले दुर्लभ एकसिङ्गे गैँडा, बाघ, घडियाल गोहीजस्ता जनावर, चराचुरूङ्गी आदिको अवलोकन गर्न पाउँछन् ।
दुर्लभ बाघ, गैँडा तथा चराचुरूङ्गी, राइनो पार्क, असहाय वन्यजन्तु केन्द्र, थारु सांस्कृतिक सङ्ग्रहालय, प्याराजम्पिङ, पहाडी तथा आदिवासी संस्कृति, निकुञ्जमा हात्ती सयर, डुङ्गा सयर, मचान स्टे, जङ्गल वाक, जीप सफारी आदि मेघौलीको विशिष्टता भएको महतोको भनाइ छ । हात्ती सफारी, डुङ्गा सफारी, जङ्गल वाक, भिलेज वाक, वाइल्डलाइफसम्बन्धी विविध विषयमा जानकारी पाउनुका साथै थारु डान्स हेर्न, चरा अवलोकन गर्ने आकर्षक गन्तव्यका रुपमा मेघौली विकास हुँदै गएको उहाँले बताउनुभयो ।
होमस्टेमा प्रवेश गर्नासाथ मौलिक वेषभूषासहित फूल र टीका लिएर सजिएका थारु युवतीले पर्यटकलाई स्वागत गर्ने गर्दछन् । संस्कारी थारु समुदायका व्यक्तिको स्वागत सत्कारले पर्यटकलाई मख्ख बनाउने गरेको छ । स्वागतपश्चात होमस्टेमा भित्रिएसँगै हाँसको मासु, चिचर, घोँगी, माछा, निउरो, नुन–खुर्सानीको अचार, गुन्द्रुक आदि परिकारको स्वाद र साँझमा देखाइने मौलिक नाचले मेघौलीको पर्यटकीय पहिचानलाई अझै उचो बनाएको छ ।
पर्यटकीय चहलपहलसँगै स्थानीय उत्पादन स्थानीय माछा, कुखुरा, हाँस, घोँगी आदिको व्यापारसमेत बढ्दा यसको व्यापार गर्ने पनि हर्षित बनेका छन् । भरतपुर प्रकृति र संस्कृति दुवै दृष्टिले महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा स्थापित बन्दै गएको भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले बताउनुभयो । पर्यटकीय पूर्वाधार विकासका लागि महानगरपालिकाले चासो दिएको बताउँदै उहाँले स्थानीय जागरुकताले आफूहरूलाई अझै उत्साहित बनाएको धारणा राख्नुभयो ।
“भरतपुरसँग पर्यटकीय साझेदारीका लागि पोखरा र लुम्बिनीलाई जोड्दै ‘स्वर्ण त्रिकोण’ को अवधारणाका साथ प्रवद्र्धन गर्न लागिएको छ”, उहाँले भन्नुभयो, “पर्यटकीय साझेदारीले यी तीनै स्थलको पर्यटकीय विकासमा महत्वपूर्ण सहयोग पुग्ने हाम्रो विश्वास छ ।”
पोखरा, भरतपुर र लुम्बिनी प्राकृतिक, धार्मिक एवं सांस्कृतिक सबै दृष्टिबाट एकआपसमा अन्तरसम्बन्धित जस्तै रहेको बताउने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले यी तीनवटै स्थललाई जोडेर स्वर्ण त्रिकोणको अवधारणाका साथ प्रवद्र्धन गर्न लागिएको जानकारी दिनुभयो ।
“प्रवद्र्धनकै प्रयासस्वरुप बोर्डका प्रतिनिधि, पर्यटन व्यवसायी, सञ्चारकर्मीसहित शुक्रबारदेखि चार दिवसीय प्रवद्र्धनात्मक भ्रमण आयोजना गरिएको छ”, उहाँले भन्नुभयो, “भ्रमणका क्रममा यहाँका पर्यटकीय गन्तव्यको स्थलगत अवलोकनसँगै यहाँका सम्भावना र चुनौती लगायतका विषयमा सरोकारवालासँग छलफल एवं अन्तक्र्रिया गरिनेछ ।” रासस
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन