
१प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
३रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
४नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
५प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
६सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
७‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
८कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
९हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१०किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
११लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वासुदेव पौडेल
मेघौली (चितवन), ४ पुस । विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र राप्ती तथा नारायणी नदी घेरिएको सुन्दर टापु हो मेघौली । नेपालमा नै सर्वप्रथम जङ्गल सफारीको सुरुआत गर्ने टाइगर टप्स जङ्गल लजको प्रवेशद्वार यो टापु प्रकृति र संस्कृति उत्कृष्ट गन्तब्य बनेको छ ।
यहाँको प्रकृति र संस्कृतिका विविध छठाको प्रत्यक्ष अवलोकन गर्न देशविदेशबाट पर्यटक आउँछन् । पर्यटकको आगनलाई लक्षित गरी यस क्षेत्रमा विभिन्न सुविधासम्पन्न होटेलका साथै थारु सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा आइसकेको छ । कोरोना महामारीका कारण यहाँको पर्यटनमा असर पारे पनि पछिल्ला दिनमा आन्तरिक पर्यटकको बढ्दो आगमनले आफूहरूलाई उत्साहित बनाएको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।
यहाँस्थित थारु सामुदायिक होमस्टे थारु संस्कार र संस्कृतिको जीवन्त सङ्ग्रहालय बनेको छ । यहाँ आउने पर्यटकले थारु संस्कृतिमा खाइने चिचर, घोँगी, हाँसको मासु आदि खान पाउँछन् भने परम्परागत लठ्ठी नाच (स्टिक डान्स), झमटा नाच, झुमरा नाच, डम्फु नाच आदि मौलिक नृत्य औधी मन पाउँछन् । नाच प्रस्तुत गर्नुभन्दा पहिले देखाउन खोजेको नाचबारे आगन्तुक पाहुनालाई जानकारी गराउने प्रचलन यहाँको विशिष्टता हो ।
आधुनिकताका नाममा ठाउँठाउँमा परम्परागत नृत्य हराउँदै गएका अवस्थामा यहाँका युवापुस्ता आफ्नो मौलिकताले युक्त थारु नृत्यलाई निरन्तरता दिएको थारु सामुदायिक होमस्टेका सञ्चालक बेदकुमार महतोले जानकारी दिनुभयो ।
परम्परागत पोशाकमा परम्परागत बाजाका साथ देखाइने नाचलाई पर्यटकले निकै रुचाउने गरेको उहाँले बताउनुभयो । चितवनको भरतपुर चौबीसबोठीदेखि २५ किलोमिटर पश्चिममा रहेको यस ठाउँमा स्वदेशी र विदेशी पर्यटक जङ्गल सफारीका लागि आउने गर्दछन् । जङ्गल सफारीका क्रममा पर्यटकले दुर्लभ एकसिङ्गे गैँडा, बाघ, घडियाल गोहीजस्ता जनावर, चराचुरूङ्गी आदिको अवलोकन गर्न पाउँछन् ।
दुर्लभ बाघ, गैँडा तथा चराचुरूङ्गी, राइनो पार्क, असहाय वन्यजन्तु केन्द्र, थारु सांस्कृतिक सङ्ग्रहालय, प्याराजम्पिङ, पहाडी तथा आदिवासी संस्कृति, निकुञ्जमा हात्ती सयर, डुङ्गा सयर, मचान स्टे, जङ्गल वाक, जीप सफारी आदि मेघौलीको विशिष्टता भएको महतोको भनाइ छ । हात्ती सफारी, डुङ्गा सफारी, जङ्गल वाक, भिलेज वाक, वाइल्डलाइफसम्बन्धी विविध विषयमा जानकारी पाउनुका साथै थारु डान्स हेर्न, चरा अवलोकन गर्ने आकर्षक गन्तव्यका रुपमा मेघौली विकास हुँदै गएको उहाँले बताउनुभयो ।
होमस्टेमा प्रवेश गर्नासाथ मौलिक वेषभूषासहित फूल र टीका लिएर सजिएका थारु युवतीले पर्यटकलाई स्वागत गर्ने गर्दछन् । संस्कारी थारु समुदायका व्यक्तिको स्वागत सत्कारले पर्यटकलाई मख्ख बनाउने गरेको छ । स्वागतपश्चात होमस्टेमा भित्रिएसँगै हाँसको मासु, चिचर, घोँगी, माछा, निउरो, नुन–खुर्सानीको अचार, गुन्द्रुक आदि परिकारको स्वाद र साँझमा देखाइने मौलिक नाचले मेघौलीको पर्यटकीय पहिचानलाई अझै उचो बनाएको छ ।
पर्यटकीय चहलपहलसँगै स्थानीय उत्पादन स्थानीय माछा, कुखुरा, हाँस, घोँगी आदिको व्यापारसमेत बढ्दा यसको व्यापार गर्ने पनि हर्षित बनेका छन् । भरतपुर प्रकृति र संस्कृति दुवै दृष्टिले महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा स्थापित बन्दै गएको भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले बताउनुभयो । पर्यटकीय पूर्वाधार विकासका लागि महानगरपालिकाले चासो दिएको बताउँदै उहाँले स्थानीय जागरुकताले आफूहरूलाई अझै उत्साहित बनाएको धारणा राख्नुभयो ।
“भरतपुरसँग पर्यटकीय साझेदारीका लागि पोखरा र लुम्बिनीलाई जोड्दै ‘स्वर्ण त्रिकोण’ को अवधारणाका साथ प्रवद्र्धन गर्न लागिएको छ”, उहाँले भन्नुभयो, “पर्यटकीय साझेदारीले यी तीनै स्थलको पर्यटकीय विकासमा महत्वपूर्ण सहयोग पुग्ने हाम्रो विश्वास छ ।”
पोखरा, भरतपुर र लुम्बिनी प्राकृतिक, धार्मिक एवं सांस्कृतिक सबै दृष्टिबाट एकआपसमा अन्तरसम्बन्धित जस्तै रहेको बताउने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले यी तीनवटै स्थललाई जोडेर स्वर्ण त्रिकोणको अवधारणाका साथ प्रवद्र्धन गर्न लागिएको जानकारी दिनुभयो ।
“प्रवद्र्धनकै प्रयासस्वरुप बोर्डका प्रतिनिधि, पर्यटन व्यवसायी, सञ्चारकर्मीसहित शुक्रबारदेखि चार दिवसीय प्रवद्र्धनात्मक भ्रमण आयोजना गरिएको छ”, उहाँले भन्नुभयो, “भ्रमणका क्रममा यहाँका पर्यटकीय गन्तव्यको स्थलगत अवलोकनसँगै यहाँका सम्भावना र चुनौती लगायतका विषयमा सरोकारवालासँग छलफल एवं अन्तक्र्रिया गरिनेछ ।” रासस
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !