
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
‘नागरिकका लागि निर्भीक पत्रकारिता’को मूल नारा बोकेको डन न्यूज डटकम (www.donnews.com) दोस्रो वर्षमा प्रवेश गरेको छ । पहिलो वर्ष आमपाठक, दर्शक र शुभचिन्तकहरुलाई हाम्रो उपस्थितिको आभाष दिलाउँदै खोजमूलक समाचारहरुलाई निरन्तरता दिने काम गरिरह्यौं । जति खोजमूलक समाचारहरु हामीले दियौं, तुलनात्मक रुपमा पहिलो वर्ष सामान्य नै रह्यो । यसलाई सहर्ष स्वीकार गर्दै आगामी दिनमा सशक्त ढंगले खोजपत्रकारितालाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दछौं । आफ्ना बारेमा अतिरञ्जित वा बढाई चढाई गरेर शब्दका मालाहरु बुन्नु भन्दा निर्मम समिक्षा गर्दै कमजोरीहरुलाई सच्याएर अघि बढ्नु नै हितकर ठानेका छौं र प्रष्टसँग आफ्ना बारेमा पनि बोलिरहेका छौं ।
हरेक चूनौंतीको सामना गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार पस्कने हाम्रो अभियान आगामी दिनमा अझै सशक्त ढंगले अगाडि बढ्नेछ । यसका लागि आवश्यक सम्पूर्ण पूर्वाधार र मानव श्रोतसाधनको तयारीमा हामीहरु जुटिरहेका छौं । यस अघि डन न्यूज दैनिकले जुन प्रभाव र छाप आमपाठकका माझ पार्न सफल भएको थियो । हामी त्यहीँ कडीलाई निरन्तर रुपमा अगाडि बढाउन गईरहेका छौं । हामीले लेखेका समाचारहरुमा बजारमा देखिए झैं घुमाउरो ढंगले होस् वा सिधैं खण्डन गर्नुपर्ने स्थिति कहिल्यै आएको छैन । हामीले यस अनलाईनको शुभारम्भमा सञ्चार क्षेत्रको विकृतिलाई प्रहार गरेर पहिलो पाईला चालेका थियौं । जुन निरन्तर जारी छ । विकृति र विसंगतिको न्यूनिकरण गर्नका लागि पहिलो प्रहार आफ्नै क्षेत्रबाट शुरु गर्नुपर्ने सोंचका साथ मिडिया र यसमा आवद्ध सञ्चारकर्मीहरुका बारेमा हामीले पटक–पटक आवाजहरु उठाई रहेका छौं ।
पैसाको वार्गेनिङ गरेर बलात्कारका घटनाहरुको समाचार हटाउने र छाप्ने घृणित कार्य, वा अदालतमा विचाराधिन संगिन मुद्दाहरुलाई आर्थिक प्रलोभनमा परी प्रभाव पार्ने गरी झुट्टा दावीहरुले विथोल्ने काम गर्दा घुमाउरो भाषामा आफ्नै समाचारका विरुद्धमा खण्डन गर्नुपर्ने बजारको विकृतपूर्ण परिस्थिति यस डन न्यूजमा कहिल्यै आउने छैन । हामी यस्ता कुकर्म र व्यवसायिक गद्दारीमा आफ्नो समय र मसी कहिल्यै पनि खर्च गर्ने छैनौं । बरु गरिब, किसान र आमजनताका पक्षमा इमान्दार भएर सतिसाल झैं उभिई रहन जस्तो सूकैं चूनौंतीको पनि सामना गर्न हामी तयार छौं । कुनै पनि तस्कर, कालोबजारी, गुन्डानाईके वा दलालको पक्षपोषण गर्न हाम्रा कलमहरु कहिल्यै चल्ने छैनन् । पत्रकारिताको आवरणमा रहेका, राजनीतिक दलको आवरणमा रहेका, प्रहरी प्रशासनको आवरणमा रहेका, व्यवसायीको आवरणमा रहेका समाजका हरेक खराब प्रवृत्तिका विरुद्धमा अबको लडाई झनै सशक्त र बेजोड रुपमा अघि बढ्नेछ । पुनः एकपटक यस संस्थासँग आवद्ध हुनु भएका सम्पूर्ण कर्मचारी, पाठक, शुभचिन्तक, विज्ञापनदाता र आमनेपाली जनतालाई विशेष धन्यवाद प्रकट गर्दै आगामी दिनमा अझ सशक्त रुपमा कलम चलाउने प्रतिवद्धता व्यक्त गर्दछौं ।
राजेन्द्र अधिकारी
प्रधान सम्पादक
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन