
१फेवातालमा डुबेर काँहूखोलाका रिवाज गुरुङको मृत्यु
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
४स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
५कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
६उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
७रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
८कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
९लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
१०कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
११आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
१२पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
६पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
७‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
८पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
९पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
१२पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
यतिबेला पत्रकारहरुलाई चैत २५ गते हुन गईरहेको चुनावको रन्कोले तताई रहेको छ । अहिलेको सन्दर्भमा पत्रकारहरु अधिकांश पार्टीका प्यादा भए भन्ने आवाज पनि मिडियामा नै उठिरहेका छन् । पत्रकारिता व्यवसायिक हुन नसक्दा दलगत स्वार्थ हावी हुने र पत्रकारिता बदनाम हुने स्थितिमा पुग्यो भनेर अग्रजहरु चिन्तित पनि देखिन्छन् । यस्ता विचारहरु पनि सञ्चार माध्यमहरुमा आईरहेका छन् । सरसर्ती हेर्दा यो चुनावमा दुई खालका पत्रकारहरु मैदानमा देखा परेका छन् । एउटा समाचार लेखेर जिविकोपार्जन गर्ने र अर्को पत्रकार नेता बनेर विचौंलिया र ठेक्कापट्टा गर्ने । अनेकन् स्वार्थ र चलखेलले गर्दा पत्रकारहरुको साझा संस्थामा असल नेतृत्व पुग्न जहिले पनि चूनौंती नै खडा हुने गरेको छ । दलको चाँकडी भजाउने तस्करहरुका मतियारहरु पत्रकारका नेता बन्न अनेकन् तिकडमहरु गरिरहेका छन् । पत्रकारहरु केबल आस्था र दलकै आधारमा यस्ता गलत पात्रहरुलाई बहिष्कार गर्न सकिरहेका छैनन् । चुनाव श्रमजीवी पत्रकारहरुका लागि भन्दा पनि यसलाई भजाएर व्यक्तिगत स्वार्थपूर्ति गर्ने, गलत धन्दा चलाउने र अनेकन् गलत कामहरु गर्ने व्यक्तिहरुलाई बढि लागेको छ । यसका लागि उनीहरुले लाखौं रुपैयाँ खर्चिन र दलका शीर्ष नेताहरुकोमा पहुँच पु¥याउन काठमाडौं वरपर नेताका दैलो दैलोमा घुमिरहेका छन् ।
अरुलाई खबरदारी गर्ने हामी पत्रकारहरु यस क्षेत्रमा देखिएको विकृतिका विषयमा न त बोल्न सक्छौं, न त लेख्न नै सक्छौं । पोखराको सन्दर्भमा भन्ने हो भने केही यस्ता गलत पात्रहरुले पत्रकारितालाई कब्जा गरेका छन्, जसको धन्दा विचौंलिया र ठेकेदारी नै हो । उनीहरु जे गरेर भएपनि महासंघको नेतृत्वमा रहन चाहन्छन् । त्यहाँ उनीहरु आफूलाई सुरक्षित ठान्छन् र धन्दा चलाउँदै आएका पनि छन् । अरु विषय भन्दा पनि कहिल्यै कलम नचलाउने, पत्रकारिताको आवरणमा वार्गेनिङ गर्ने, ठेक्कापट्टा लिने, गुन्डाहरुलाई संरक्षण प्रदान गर्ने, इमान्दार र असल राष्ट्र सेवक कर्मचारी वा नागरिक जसले यिनीहरुले भनेको मान्दैन उसलाई नै उल्टो भ्रष्टाचारी र दोषी बनाएर समाचारका माध्यमबाट अझ नडराए गुण्डा प्रयोग गरेर भएपनि तर्साउने गर्दै आईरहेका छन् । यसलाई हामीले समयमा नै रोक्नुपर्छ । यदि समयमा नै हामीले यस्ता प्रवृत्तिका पात्रलाई रोक्न सकेनौं भने विस्तारै यिनीहरुको पहुँच र उपस्थितिले इमान्दार र कर्मठ पात्रलाई मात्र
होइन तपाई हाम्रा भावी सन्तानहरुलाई पनि शिर उठाएर हिड्न नसक्ने वातावरण सिर्जना हुनेछ । अन्तमा यो अभिश्रापको शिकार सिङ्गो देश हुनेछ ।
यतिबेला सामाजिक सञ्जालहरुमा पेटी ठेकेदार, विचौंलिया र दलाल प्रवृत्तिका पात्रहरुलाई ठेगान लगाउँदै श्रमजीवी पत्रकारलाई रोज्नु पर्ने आवाजहरु उठिरहेका छन् । व्यक्तिगत स्वार्थमा बिक्नेहरु, चूनौंती सामना गर्न डराउनेहरु र आत्मस्वाभिमान बेचेर यस्ता गलत पात्रको पिछलग्गु भएर पेट पाल्नेहरु बाहेक सच्चा श्रमजीवी पत्रकारहरु अब मौंन बस्न हुँदैन । ठिक छ, नबोल्नुस्, नलेख्नुस् तर मतदान गर्दा एकपटक तपाईले भोगेका पिडा, पत्रकारहरुको अवस्था र तपाईको घर परिवारलाई सम्झिनुहोस् । एकपटक हिम्मत गरेर यस्ता पात्रका विरुद्धमा मतदान गर्नुहोस् । तपाईहरुले दिएको १ भोटले पत्रकारितामा देखिएको विकृतिको अन्त्य हुनेछ । हामी अरुको साना तिल जस्ता गल्तिलाई पहाड बनाएर लेख्छौं । तर तपाई हामीले ठुला सञ्चारगृहहरुले तलब नदिएर, विना कारण निकालेर सडकमा पुगेका श्रमजीवी पत्रकारको पीडा लेख्न सक्दैनौं । यसका विरुद्धमा बोल्न सक्दैनौं । सडकमा आन्दोलन गरिरहँदा समर्थन जनाउन सक्दैनौं । अब यसरी कहिलेसम्म यो वेथितिलाई चल्न दिने ? सञ्चारगृह चलाउनेहरुका अनेकन् धन्दा र कर्तुतका विषयमा नबोलेर तपाई हामी दासी कहिलेसम्म बन्ने ? अबको यूग सूचनाको युग हो । सबैभन्दा बलियो र सशक्त माध्यम नै सञ्चार हो । यसमा विचौंलिया, दलाल, ठेकेदार र भ्रष्टहरुको हालीमुहाली हुँदैछ । सोचौं त, एकपटक । कस्ता व्यक्तिहरुको लगानी छ मिडियामा । अनि मिडिया सञ्चालकहरु भनेका कस्ता कस्ता पात्रहरु हुन् ? उनीहरुको धन्दा के छ ? राज्यको शक्ति र स्रोतलाई दोहन गर्न सबैभन्दा बलियो हतियार मिडियालाई बनाएका छन् माफियाहरुले । तिनै माफियाका प्यादाहरु अहिले श्रमजीवी पत्रकारका नेता बन्न लालयित छन् । एउटै संस्थामा सँगैं काम गरेको श्रमजीवी पत्रकारको अवस्था तुलना गरौं त हामीले ? कति भिन्नता छ उनीहरु बिच ? यी सबै विषयहरु तपाई हामीले बुझेका छौं । देखेका छौं । भोगेका छौं । अब पनि कति सहने, कति भोग्ने र कति अबुझ भएर यस्ता गलत पात्रहरुलाई जिताई रहने । यसपटकको चुनावबाट देशव्यापी रुपमा नै हामीले एउटा सन्देश दिने जरुरी छ कि अब नेपाल पत्रकार महासंघको नेतृत्वमा विचौंलिया र ठेकेदार होइन श्रमजीवी पत्रकार नै आउँछन् र आउनुपर्छ ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा