
१तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
२लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
३उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
४राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
५फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
६रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
७८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
८रिलायन्स फाइनान्स पोखरा शाखाद्वारा रक्तदान
९पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
१०मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
११रवि, जिबी र छविसहित अन्य प्रतिवादीको पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
१२नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
६उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
७कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
८पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
९आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
१०बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
११कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१२संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
तारानाथ आचार्य
बलेवा । सडकले खरबारी मासेको छ । सम्म ठाउँका खरबारीमा खोजीखोजी मूल सडक निकालिएका छन् । भीरपहरामा लहलह देखिने खर काट्नै कठिन छ । अप्ठेरा भीरपहरामा पुगेर खर काट्न अहिलेका युवा पुस्ता मान्दैनन्, वृद्धवृद्धाले सक्दैनन् ।
वर्षायाममा राम्रो वर्षा हुने र हिउँदमा खर काट्ने कामदार भेटिए मात्रै घरको छानो फेर्न पाइन्थ्यो । अझै पछिल्लो पुस्ताले त खर वा परालको छानो बनाउने सीप नै सिकेका छैनन् । सीपको अभावमा छाएको खरले के पानी छेकोस् रु
हिउँदका महिना जसोतसो कटे पनि वर्षामा चुहिने पानीले चुलोमा पोखरी बनाउँथ्यो । खरले छाएको लामो गोठ बनाएर त्यहीँ भान्छाको प्रबन्ध गर्नुपर्ने बाध्यता छ । पानीको ओत लाग्नेसम्म हो । गोठ होस् वा घर, कठिन दिनरात कटेकै थिए ।
यस्तै समस्या जैमिनी नगरपालिका–३ का डिलबहादुर विकलाई थियो । आफैँले छानो फेर्न आर्थिक अवस्था कमजोर छ । खर, अर्थ र सीपका अभावमा वर्षाका कठिन दिन कटाइरहेका उहाँ जस्तै जैमिनीका खरको छानो भएका कसैलाई अब भने चुलामा पोखरी देख्नुपर्दैन ।
डिलबहादुरले अहिले १८ हात लामो घर बनाउनुभएको छ । गोठमा बस्ने उहाँ अहिले जस्तापाताले छाएका घरमा बस्नुहुन्छ । सङ्घीय सरकारले ल्याएको घर तथा फुसका छाना विस्थापन गर्ने कार्यक्रमअन्तर्गत नगरपालिकाले धमाधम खरका छाना फेरेर जस्तापाता वितरण गरिरहेको छ । “सरकारले जस्ता दिने भनेपछि गोठमा बस्नेले पनि घर बनाएका छन्, घरमा खुशी छाएको देखियो”, नगरपालिका राजश्व परामर्श समितिका सदस्य विष्णु आचार्यले भन्नुभयो, “सानो तर मानव जीवनमा घरको छाना महत्वपूर्ण रहेको अनुगमनमा पायौँ ।”
दमेकका खगी विक, चन्द्रकला विक, नन्दकली श्रीषलगायतले यस वर्ष घरको छानो जस्ताले मात्रै बनाएनन्, नगरले जस्तापाता दिँदा आफैँले मेहनत गरेर बलियो गाह्रो पनि लगाए । नगरपालिकाका खरका छाना विस्थापन कार्यक्रमअन्तर्गत सूचीकृत कूल घरधुरी ९८७ छ । तीमध्ये चालू आर्थिक वर्षमा ७० प्रतिशत घरमा जस्ताको छानो बनाउने योजना नगरपालिकाले बनाएको थियो ।
यस वर्ष बनिसक्नुपर्ने ६९१ घरधुरीमा हालसम्म २४० घरधुरीलाई जस्तापाता उपलब्ध गराइएको नगर प्रमुख इन्द्रराज पौडेलले बताउनुभयो । नगरपालिकाबाट जस्तापाता पाएका जैमिनीवासीले घरको मर्मतसमेत गरेका छन् । वडा कार्यालयको सिफारिशमा लाभग्राहीलाई घरको आकारअनुसार प्रतिघर १८ देखि बढीमा ६६ पातासम्म जस्तापाता उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।
गत वर्षदेयिख शुरु भएको कार्यक्रम आगामी आवमा सबै घरमा जस्तापाता लगाएर सकिने नगरपालिकाले जनाएको छ । “नागरिकको सुरक्षित आवास हाम्रो दायित्व हो”, नगरप्रमुख पौडेलले भन्नुभयो, “हामीले सुकुम्बासीका लागि घर बनाउने रकमसमेत दिएका छाँैं ।” जस्ताको नापअनुसार रु ५० हजारदेखि ८० हजारसम्मका जस्तापाता उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला