
१उपल्लो मुस्ताङमा हिमपात, मुक्तिनाथ यात्रा नगर्न आग्रह
२अन्नपूर्ण पदयात्रामा पर्यटक फसे, उद्धार टोली खटियो
३५३ मृतकका परिवारलाई ८ करोड राहत
४मनाङ र अन्नपूर्ण गाउँपालिकामा लेक लागेर चारजनाको मृत्यु
५प्रचण्डको आह्वान : ‘परिवर्तन पक्षधर शक्तिहरू एकजुट भएर समाजवादी नेपाल बनाऔं’
६निर्वाचनलाई ‘राष्ट्रिय अनुष्ठान’का रूपमा ग्रहण गर्न प्रधानमन्त्रीको आग्रह
७चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
८निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
९‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
१२विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
८जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
९प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
१०आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
११इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
१२विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
पोखरा । यहाँस्थित फेवाताललाई संरक्षण गर्ने उद्देश्यले यसकोे जलाधार क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न नेपाल सरकारलाई सिफारिस गरिने भएको छ । बृहत् जलाधार व्यवस्थापन केन्द्र गण्डकीले फेवा जलाधार क्षेत्रअन्तर्गतका जनप्रतिनिधि, नागरिक समाज तथा सरोकार भएकाहरुसँग गरेको छलफलमा फेवातालको क्षेत्र दिनानुदिन सङ्कुचित हुँदै गएकाले सरकारले अविलम्ब संरक्षित क्षेत्र घोषणा गरेर संरक्षणका कार्यक्रम ल्याउनुपर्ने माग गरिएको हो ।
बिहीबार पोखरामा फेवा जलाधार क्षेत्रअन्तर्गत पर्ने पोखरा महानगरपालिकाका १०वटा वडाका जनप्रतिनिधिलगायतसँगको छलफलमा संरक्षित क्षेत्र घोषणाका लागि सहमति प्राप्त भएको सोही आधारमा सरकारलाई संरक्षित क्षेत्र घोषणा गर्न सिफारिस गरिने जिल्ला भू–तथा जलाधार संरक्षण समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले बताउनुभयो । जलाधार क्षेत्रमा पर्ने वडा नं १, २, ३, ४, ५, ६, ७, ८, १७ र २२ का सरोकार भएकाहरुसँग छलफल गरिएको थियो ।
सर्वोच्च अदालतले फेवातालको संरक्षणका लागि विसं २०६८ चैत २० गते संरक्षित फेवा जलाधार क्षेत्र घोषणा गर्न सरकारलाई निर्देशन गरेकामा विसं २०७५ वैशाख १६ गते पुनः दोस्रो आदेश गरेको थियो । संरक्षित क्षेत्र घोषणा गर्नुअघि पहिलो चरणमा जलाधार क्षेत्रअन्तर्गतबाट सुझाव लिने र घोषणाका लागि सहमति लिने काम सकिएको केन्द्रले जनाएको छ ।
जलाधार क्षेत्रमा पर्ने सबै वडामा पुगेर स्थानीयवासीसँग छलफल गरी राय सुझाव लिने काम सम्पन्न भएको र दोस्रो चरणमा जिल्लामा बृहत् छलफल गरेर सरकारलाई घोषणाका लागि छिट्टै सिफारिस गरिने समन्वय प्रमुख अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “संरक्षित क्षेत्र घोषणाका लागि सरकारले हामीलाई छिटो काम सम्पन्न गरेर पठाउनुहोस् भनेको छ । घोषणापूर्वको पहिलो चरणको कार्यक्रम सम्पन्न भएकाले अब छिट्टै बृहत् जिल्लास्तरीय कार्यक्रमपछि सरकारलाई सिफारिस गर्छौँ ।”
फेवा जलाधार क्षेत्रमा सबैभन्दा बढी वर्षा हुने भएकाले यस क्षेत्रको भूबनोट खुकुलो भएका कारण बर्सेनि हर्पनखोला, अँधेरीखोला र यसका सहायक खोलाबाट बगाएर ल्याउने ढुङ्गामाटोलगायतका पदार्थले फेवाताल पुरिँदै गएको हुँदा संरक्षित क्षेत्र घोषणापछि समग्र तालको व्यवस्थापनका लागि एकीकृृत कार्ययोजना र एउटै संस्थाबाट व्यवस्थित काम अघि बढाइने बताइन्छ ।
फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिका संयोजक पुण्यप्रसाद पौडेलले तीन महिनाभित्र आफ्नो समितिले काम सम्पन्न गर्ने र तालको सीमाङ्कनभित्रको दूषित दर्तालाई खारेज गर्न मालपोतलाई सिफारिस गर्ने बताउनुभयो । पोखरा–१ का वडाध्यक्ष शारदा पराजुलीले तालका सम्बन्धमा विभिन्न समयमा सिफारिस तथा कार्ययोजनाको कार्यान्वयन फितलो हुँदा तालको अतिक्रमण बढेको बताउनुभयो ।
छलफलमा सहभागीहरुले जलाधार क्षेत्रमा बिनानाप नक्सा तथा योजना विकासका नाममा सडक खन्ने काम भएकाले बर्खायाममा हिउँदमा खनेको सबै माटो तालमा बगाएर ल्याउने र ताल पुरिने गरेकाले तालको माथिल्लो क्षेत्रको संरक्षणबिना फेवातालको संरक्षण हुन नसक्ने उल्लेख गर्नुभएको थियो । विसं १९५६/५७ मा १० वर्गकिमी आकार रहेको फेवातालको क्षेत्रफल घटेर अहिले चार वर्गकिमीमा खुम्चिएको छ । सरकारले फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कनका लागि समिति गठन गरेर अहिले सो समितिले काम अघि बढाएको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी