
१नयाँदिल्लीमा प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
२प्रधानमन्त्री बालेन शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादद्वारा स्वागत
३इजरायल पठाउने नाममा ठगी गर्ने कांग्रेस नेता चौलागाईं जेल चलान
४प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण स्वीकृत
५पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
६सशस्त्र प्रहरीको विद्यालयको अनियमिततामा डिआइजी दिग्विजय पनि अख्तियारको छानबिनमा
७अवैध असुलीमा पक्राउ पुर्जी जारी भएपछि पूर्वमुख्यसचिव एकनारायण अर्याल फरार
८सिडिओ हुँदा भ्रष्टाचार, सहसचिव हुँदा अवैध असुली: उमेश ढुंगाना सीआईबीको हिरासतमा
९नेपाली श्रमिकबाट साढे दुई अर्ब ठगी, दुई पूर्वमन्त्रीसहित उच्च अधिकारी पक्राउ
१०गाउँ फर्काउने लक्ष्यसहित पुस ८ मा सात सय कोल्मा बहाकोट क्रसकन्ट्री दौड
११वर्षमान पुनको दाबी: ‘बालेनले जुनसुकै बेला रविलाई थुन्न सक्छन्, एमाले एकताका लागि हतारियो’
१२करिब ११ अर्बको अपचलन र ठगी काण्डमा बराह ग्रुपका अध्यक्ष शिव लामिछाने पक्राउ
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त
६फ्लोअप: ‘बाल यौन दुरुपयोग’मा जर्मन नागरिक दोषी ठहर, देश निकाला
७पोखराको प्राकृतिक तथा ऐतिहासिक सम्पदामाथि दोहनको श्रृंखला-तत्काल रोकियोस्
८‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
९आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
१०डा. मनोज केसी नेपाल प्रहरीको ३४औं महानिरीक्षक
११डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
१२न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
नयाँ दिल्ली, ५ मंसिर । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुई दिने औपचारिक भारत भ्रमणका लागि नयाँ दिल्ली आइपुगेका छन् ।
आज आइतबार दिउँसो २ बजेर ८ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको नियमित उडानमार्फत प्रस्थान गरेका प्रधानमन्त्री शाहलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले न्यानो स्वागत गरे । विमानस्थलमा प्रधानमन्त्री शाहको सम्मानमा विशेष सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो ।
विगतका भ्रमणहरूको परम्परालाई हेर्दा भारतले नेपाली प्रधानमन्त्रीहरूलाई राज्यमन्त्रीस्तरबाटै स्वागत गर्दै आएको देखिन्छ । यसअघि सन् २०२३ मे ३१ मा भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विदेश तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन् भने अर्को एक भ्रमणमा रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्ट स्वागतका लागि विमानस्थल पुगेका थिए ।
नयाँ दिल्लीस्थित ताज महल होटलको ‘सुइट ८०३’ मा रहने व्यवस्था मिलाइएका प्रधानमन्त्री शाहले आजै साँझ भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग सोही होटलमा द्विपक्षीय भेटवार्ता गर्दैछन् ।
३५ सदस्यीय उच्चस्तरीय भ्रमण टोलीको नेतृत्व गर्दै दिल्ली पुगेका प्रधानमन्त्री शाहको साथमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल रहेका छन् । त्यस्तै, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र संस्कृति तथा सम्पदा समन्वय उप-संयोजक विनय शाक्य पनि टोलीमा सहभागी छन् । भ्रमण दलमा उच्च सरकारी अधिकारी, निजी क्षेत्रका व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका ३ जना प्रतिनिधिहरूसमेत अटाएका छन् ।
भ्रमणको मुख्य कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहले भोलि सोमबार राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगी श्रद्धासुमन अर्पण गर्नेछन् । लगत्तै उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा उनले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेटवार्ता गर्नेछन् ।
यस उच्चस्तरीय वार्ताका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल (कनेक्टिभिटी) विस्तार तथा ऊर्जा सहकार्यअन्तर्गत सम्पन्न भइसकेका विभिन्न परियोजनाहरूको संयुक्त उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने तयारी छ । साथै व्यापार, पारवहन, लगानी, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासजस्ता बहुआयामिक क्षेत्रहरूमा आपसी सहकार्य अभिवृद्धि गर्न विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गरिनेछ ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीको यो भ्रमणले नेपाल र भारतबीचको ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउँदै थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।
नयाँ दिल्लीको व्यस्त कूटनीतिक भेटघाट र कार्यक्रमहरू सम्पन्न गरी प्रधानमन्त्री शाह आगामी मंगलबार साँझ ६ बजेर ३५ मिनेटमा नेपाल एयरलाइन्सकै नियमित उडानमार्फत स्वदेश फर्कने तालिका रहेको छ ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त