
१कांग्रेस देउवा पक्षको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते पोखरामा हुने
२रोकिराखेको बोलेरोमा स्कुटर ठोक्किँदा २ जनाको मृत्यु
३रास्वपाका २० नेता चीन जाँदै, राष्ट्रिय हितका विषय निर्धक्क राख्न प्रधानमन्त्रीको निर्देशन
४भीमफेदी ईभी दुर्घटना : मृतकको संख्या १४ पुग्यो
५पोखरामा जिप दुर्घटना : एकको मृत्यु, १२ जना घाइते
६विदेशी पर्यटकलाई ‘भाइटीका’ : व्यापार र रमाइलोको साधन कि सांस्कृतिक आदानप्रदान !!!
७आज भाइटीका: उत्तम साइत बिहान ११:०७ बजे, दिनभर लगाउन सकिने
८पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध डेढ वर्षभित्रै दोस्रो भ्रष्टाचार मुद्दा दायर
९‘म्हः पूजा’को मर्म गहिरो छ, नेपाल संवत् हाम्रो मौलिक पहिचान हो : प्रधानमन्त्री शाह
१०डीडीसीको करोडौं घोटालामा सुजल डेरीका सञ्चालक अञ्जन श्रेष्ठमाथि सीआईबीको अनुसन्धान सुरु
११फ्लोअप: ‘बाल यौन दुरुपयोग’मा जर्मन नागरिक दोषी ठहर, देश निकाला
१२फागुनभित्रै स्थानीय तह चुनावको तयारीमा आयोग
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
८फ्लोअप: ‘बाल यौन दुरुपयोग’मा जर्मन नागरिक दोषी ठहर, देश निकाला
९‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
१०डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
११आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
१२डा. मनोज केसी नेपाल प्रहरीको ३४औं महानिरीक्षक
पोखरा, २८ कार्तिक । नेपाली कांग्रेसको नियमित १५ औं महाधिवेशन अन्तर्गत निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पक्षको गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने भएको छ । डा. शशांक कोइरालाको संयोजकत्वमा गठित केन्द्रीय महाधिवेशन तयारी समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार प्रदेश तहको पहिलो अधिवेशन गण्डकीमा हुन लागेको हो ।
शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत अधिवेशनको मिति र तयारीबारे विस्तृत जानकारी दिइएको हो । प्रदेश अधिवेशन मूल आयोजक समितिका संयोजक एवं गण्डकी प्रदेश उपसभापति मेखलाल श्रेष्ठका अनुसार मंसिर ५ गते पोखराको न्युरोडस्थित पोखरा सभागृहमा पूर्वप्रधानमन्त्री देउवाले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन समारोहलाई पार्टीका शीर्ष तथा केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन् भने मंसिर ६ गतेको बन्दसत्र तथा निर्वाचन प्रक्रिया पोखरा-९ बाँस्तोलाथरस्थित सिल्भर पार्टी प्यालेसमा सम्पन्न हुनेछ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार गण्डकी प्रदेशका ११ जिल्लामध्ये हालसम्म कास्की, स्याङ्जा, पर्वत, म्याग्दी र मनाङ गरी ५ जिल्लामा अधिवेशन सम्पन्न भई निर्विरोध कार्यसमिति चयन भइसकेको छ । जसअनुसार कास्कीमा ऋषिराम काफ्ले, स्याङ्जामा इन्द्र गोदार, पर्वतमा यमबहादुर मल्ल (रामकृष्ण), म्याग्दीमा हिराबहादुर पुन र मनाङमा राजिव गुरुङ (दिपक मनाङे) को नेतृत्वमा जिल्ला कार्यसमितिले संगठनको गतिविधि अघि बढाएको छ ।
बाँकी जिल्लाहरूमध्ये नवलपुरमा कात्तिक २८, लमजुङमा मंसिर १, तनहुँमा मंसिर २ तथा बागलुङ र गोरखामा मंसिर ३ गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका छ भने मुस्ताङमा पनि छिट्टै अधिवेशन सम्पन्न गर्न गृहकार्य भइरहेको छ । देशभर भने हालसम्म ४० भन्दा बढी जिल्लामा अधिवेशन सकिएको सो पक्षले जनाएको छ ।
अधिवेशनमा गण्डकी प्रदेशका ३६ प्रदेश निर्वाचन क्षेत्रबाट ७५६ जना प्रदेश प्रतिनिधि, १८ संघीय निर्वाचन क्षेत्रबाट ६३० जना केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश र संघीय क्षेत्रका सभापतिहरू ५४ जना, ८५ पालिका सभापति र ४० जना मनोनीत प्रतिनिधि सहभागी हुनेछन् ।
यसका साथै भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, पालिकाका निर्वाचित प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष तथा प्रदेश र संघीय सांसदहरू समेत गरी १ हजार ६ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ । अधिवेशनले विधान अनुसार १ सभापति, २ उपसभापति, २ खुला महामन्त्री र ३ सहमहामन्त्रीसहित प्रत्येक जिल्लाबाट ३ जनाका दरले ३३ जना, खुलाबाट १० जना र समावेशी कोटाबाट १७ जना सदस्य रहेको प्रदेश कार्यसमिति चयन गर्नेछ ।
अधिवेशनको निर्वाचन प्रक्रिया सम्पन्न गर्न नेपाल बार एसोसिएसनका पूर्वकेन्द्रीय उपाध्यक्ष अधिवक्ता बिरेन्द्र केसीको संयोजकत्वमा प्रदेश निर्वाचन समिति गठन भई काम अघि बढेको छ । व्यवस्थापकीय तयारीका लागि मूल आयोजक समितिका अतिरिक्त गंगाधर पराजुलीको संयोजकत्वमा प्रचारप्रसार, विश्व प्रसाईंको संयोजकत्वमा अर्थ व्यवस्थापन, तरुणमणी सुवेदीको संयोजकत्वमा भोजन व्यवस्थापन, कुमार रानाको संयोजकत्वमा अतिथि स्वागत तथा मञ्च व्यवस्थापन र प्रेमलाल पुनको संयोजकत्वमा तरुण युवा समन्वय उपसमिति गठन गरिएको छ । प्रचारप्रसार उपसमितिमा इन्द्र रिजाल, इन्द्र गोदार, डम्बर अधिकारी, प्रबिण कैनी, उज्वल गुरुङ, अनिता मल्ल, सुरेन्द्रनाथ शर्मा र डा. गोबिन्द लामिछाने लगायतका नेताहरू रहेका छन् ।
अधिवेशन सम्पन्न गर्न करिब २५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । उक्त खर्च प्रतिनिधिहरूको रजिष्ट्रेसन शुल्क, उम्मेदवारी दर्ता शुल्क र पार्टीका नेता तथा शुभचिन्तकहरूबाट प्राप्त हुने स्वस्फूर्त आर्थिक सहयोगबाट व्यवस्थापन गरिने अर्थ व्यवस्थापन उपसमितिले जनाएको छ । स्मरण रहोस्, कांग्रेसको संस्थापन इतर पक्षले भने आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५ औं महाधिवेशन आयोजना गर्ने तयारी गरिरहेको छ ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त