News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

रोकिराखेको बोलेरोमा स्कुटर ठोक्किँदा २ जनाको मृत्यु

पोखरा, २८ कार्तिक । पोखरा महानगरपालिका-५ जिरो किलोमिटर नजिक शुक्रबार दिउँसो रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुई युवाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दिउँसो करिब २ः५० बजे लु ३ च ५२७४ नम्बरको सडकमा रोकेर राखिएको बोलेरो जिपको पछाडिबाट ग २३ प १७१६ नम्बरको स्कुटर ठोक्किएको थियो। दुर्घटनामा स्कुटर चालक म्याग्दीको रघुगंगा गाउँपालिका-३ निवासी २६ वर्षीय मोहन परियार र पछाडि सवार म्याग्दीकै मंगला गाउँपालिका-९ दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी गम्भीर घाइते भएका थिए।

टाउकोमा चोट लागेका मोहनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो भने टाउको र आँखामा गम्भीर चोट लागेका विवेकलाई मणिपाल शिक्षण अस्पताल लगिएको थियो। चिकित्सकले दिउँसो ३ः१० बजे मोहनलाई र ३ः५० बजे विवेकलाई मृत घोषणा गरेका छन्।

प्रहरीले दुर्घटनाग्रस्त स्कुटर, बोलेरो जिप र बोलेरो चालक पोखरा महानगरपालिका-२८ कालिका निवासी ४८ वर्षीय अमृत बजगाईंलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक दीपकप्रसाद रिजालले जानकारी दिएका छन्।

डनन्यूज ट्रेन्डिङ