
१ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
३‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
४छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
५सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
६बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
७शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
१०पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
११स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
११आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
पोखरा, २३ असोज । पोखरा महानगरपालिका-२८, माझठानाबाट विद्यार्थी बोकेर कालिकातर्फ आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन्।
शुक्रवार बिहान भएको उक्त दुर्घटनामा परि ज्यान गुमाउने र घाइते हुनेहरूको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीका अनुसार दुर्घटनाग्रस्त बसमा कक्षा १० का विद्यार्थी, चालक र अन्य गरी कुल २५ जना सवार थिए। ट्युसन पढ्न जाँदै गरेका विद्यार्थी बोकेको उक्त बस कालिकास्थित ओख्लेको भिरबाट खसेर दुर्घटना भएको थियो।
मानवीय क्षति र मृतकहरूको पहिचान :
दुर्घटनामा परी ३ जनाको उपचारका क्रममा र २ जनाको पहिचान खुल्न बाँकी रहेको अवस्थामा मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) मा उपचारका क्रममा मृत्यु हुनेहरूमा निम्न रहेका छन् :
१. ममता तिवारी (उमेर अन्दाजी १२/१३ वर्ष), बिहान ८ः३५ बजे घोषित
२. अशिम कँडेल (उमेर अन्दाजी १३/१४ वर्ष), बिहान ८ः३५ बजे घोषित
३. बाबुराम तिवारी (६५ वर्ष, पोखरा-२८), बाटामा लिफ्ट मागेर चढेका यात्री, बिहान ८ः३५ बजे घोषित
(अन्य २ जना मृतकको पहिचान खुल्ने क्रममा रहेको छ।)
दुर्घटनामा गम्भीर तथा मध्यम घाइते भएकाहरूको पोखराका दुई प्रमुख अस्पतालहरूमा उपचार भइरहेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल)मा गम्भीर घाइते अवस्थामा अस्मी कँडेल (१५ वर्ष, पोखरा–२८) को उपचार भईरहेको छ । उनको टाउको र ढाडमा गम्भीर चोट लागेको छ ।
त्यसैगरी, स्नेहा गौतम, सोनिया तिवारी, अंकित पराजुली, स्मृती खत्री, स्नेहा तिवारी, आकृती बुढाथोकी, मेरिना तिवारी, सुप्रिया आचार्य, यमन मगर लगायतलाई मध्यम खालको चोट लागेको छ । साथै, बसका चालक तुल बहादुर गुरुङ (५७ वर्ष, पोखरा–१५) को ढाड र छातीमा चोट लागेको छ।
गण्डकी मेडिकल कलेजमा बोल्न सक्ने अवस्थामा रहेका मध्यम घाइतेहरूमा कक्षा १० मा अध्ययनरत सृष्टि तिवारी, शिसन थापा मगर र सौगात तिमिल्सिना रहेका छन्। उनीहरूको टाउको, ढाड, हात तथा खुट्टामा चोट लागेको छ।
घटनालगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूले उद्धार कार्य तीव्र बनाएका थिए। उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय शिशुवाका प्रहरी जवान अर्जुन शाही समेत सामान्य घाइते भएका छन्। उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।


