
१अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
२ठुला विचौलियाको साम्राज्य ढाल्दैं सरकार, दीपक भट्ट पक्राउ
३सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन
४आजदेखि एसईई परीक्षा सुरु
५एमालेको संसदीय दल र कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’लाई
६इनिशा हत्या प्रकरणमा संलग्न चारजना विरुद्ध बलात्कार र कर्तव्य ज्यान मुद्दा दर्ता
७डा. अनिल सुवेदीका तीन कृति एकसाथ विमोचन
८ओली र लेखकको रिहाइको माग गर्दै थप आन्दोलन घोषणा
९व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का
१०सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
११काठमाडौंका तत्कालिन सीडीओ छवि रिजाल पक्राउ
१२सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ अर्याल पक्राउ
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१०निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
११कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
१२लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
काठमाडौँ, २६ भदौं । नेपालको युवा पुस्ताले सडकमा उत्रिएर गरेको आन्दोलनले देशको राजनीतिक परिदृश्य नै हल्लाइदियो । ’जे–जी’ नाम दिइएको यो आन्दोलनले भ्रष्टाचार, सोसल मिडिया प्रतिबन्ध र सत्ताको दुरुपयोगविरुद्ध चर्को स्वर उठायो ।
हिंसात्मक प्रदर्शनमा दर्जनौंको ज्यान गयो, सयौं घाइते भए । यसकै दबाबमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पद छोडे, संसद् भंग भयो र देश संवैधानिक संकटतर्फ धकेलियो । यस्तो विकट घडीमा राष्ट्रपति रामचन्द्र पौडेलले एक अप्रत्याशित निर्णय लिए ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरे । आजै शीतल निवासमा राष्ट्रपतिबाट शपथ ग्रहण गर्दा उनले नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने इतिहास रचेकी छिन् ।
यो घटनाक्रमले मलाई सम्झायो – नेपालको राजनीतिमा कहिल्यै नघुम्ने चक्र नै घुमिरहेछ । २००७ सालको क्रान्तिदेखि २०६२÷६३ को जनआन्दोलनसम्मका घटनाहरू जस्तै, यो पनि जनताको आक्रोशबाट जन्मिएको परिवर्तन हो । तर यसपटक युवा शक्तिको भूमिका विशेष छ ।
जेन–जी आन्दोलनका प्रदर्शनकारीहरूले सुरुमा काठमाडौँका मेयर बालेन्द्र शाहको नाम अगाडि सारेका थिए । उनीहरूले अनलाइन भोटिङमा भाग लिँदा सुशीला कार्कीको नाममा ५८ प्रतिशत मत प¥यो । बालेन शाहले पनि उनलाई समर्थन गरे ।
प्रदर्शनकारीहरूले भन्थे, ’हामीलाई भ्रष्टाचारमुक्त, निष्पक्ष नेतृत्व चाहिन्छ । सुशीला आमा जस्तै हुन्, उनी न्यायको पक्ष लिन्छिन् ।’ यो आन्दोलनले पुरानो सत्तालाई धराशायी बनायो र नयाँ जनादेशको बाटो खोलिदियो ।
सुशीला कार्कीको नियुक्ति संविधानको धारा ६१ को उपधारा ३ र ४ अनुसार भएको हो । यसमा राष्ट्रपतिले राष्ट्रिय एकता प्रवद्र्धन गर्ने र संविधानको पालना तथा संरक्षण गर्ने जिम्मेवारी उल्लेख छ । लामो छलफल र रस्साकस्सीपछि राष्ट्रपतिले उनलाई केही घण्टाअघि मात्रै नियुक्त गरेका थिए ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, उच्च पदाधिकारीहरू र कूटनीतिज्ञहरू उपस्थित थिए । यो समारोहले देशको संवैधानिक निरन्तरताको सन्देश दियो । अब यो अन्तरिम सरकारले आगामी ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन गराउनुपर्नेछ । फागुन महिनासम्म नयाँ जनादेश आउनेछ भन्ने अपेक्षा छ । यसले राजनीतिक अस्थिरता हटाउने आशा जगाएको छ ।
सुशीला कार्कीको जीवन यात्रा नै न्याय र साहसको कथा हो । १९५२ जुन ७ मा विराटनगरको साधारण परिवारमा जन्मेकी उनी सात दिदीबहिनीमध्ये जेठी थिइन् । पढाइमा अब्बल, उनले १९७२ मा महेन्द्र मोरङ क्याम्पसबाट स्नातक र १९७५ मा भारतको बनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरिन् । १९७८ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनको डिग्री लिइन् । १९७९ मा विराटनगरमै वकालत सुरु गरिन्, १९८५ मा धरानको महेन्द्र बहुमुखी क्याम्पसमा सहायक प्राध्यापक पनि भइन् । २००७ मा सिनियर एडभोकेट बनेकी थिइन् ।
उनको न्यायिक यात्रा २०६५ मा वकिलतर्फबाट अस्थायी न्यायाधीशका रूपमा सर्वोच्च अदालतमा प्रवेशसँगै चम्कियो । दुई वर्षपछि स्थायी र पछि वरिष्ठ न्यायाधीश भइन् । २०७३ असार २७ देखि २०७४ जेठ २४ सम्म उनले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिन्–नेपालकी पहिलो र एकमात्र महिला । यो पदमा पुग्नु आफैंमा ऐतिहासिक थियो । तर उनको कार्यकाल विवादित पनि रह्यो ।
उनले सरकार र संसद्लाई कानुनको दायराभित्र राख्न कडा अडान लिइन् । भ्रष्टाचारका मुद्दामा निर्भीक फैसला गर्दा राजनीतिक हस्तक्षेपको सामना पनि गरिन् ।
सुशीलाको चर्चा भ्रष्टाचारविरुद्धका फैसलाबाट सुरु भयो । उनले राजनीतिक नेताहरूका थुप्रै मुद्दा किनारा लगाइन् । अख्तियारका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिलाई अयोग्य ठहर गर्दा प्रमुख दलहरू हल्लिए । बहालवाला मन्त्री जयप्रकाश गुप्तालाई भ्रष्टाचारी ठहरेर जेल पठाइन् ।
विशेष अदालतबाट प्राविधिक कारणले सफाइ पाएका पूर्वमन्त्री गोविन्दराज जोशी, रवीन्द्र शर्मा जस्ता मुद्दाहरू तथ्यमा आधारित पुनः सुनुवाइका लागि फर्काइन् । यी फैसलाले उनलाई ’निर्भीक न्यायमूर्ति’ को रूपमा स्थापित ग¥यो ।
उनले न्यायपालिकामा राजनीतिक हस्तक्षेप अस्वीकार गर्दै थिति बसालिन् । तर अन्तिम प्रहरमा नेपाली कांग्रेस र माओवादी केन्द्रले महाअभियोग लगाउने प्रयास गरे । २०७४ वैशाख १७ मा संसद्मा प्रस्ताव दर्ता भयो । यो नेपालको पहिलो महिला प्रधानन्यायाधीशविरुद्धको पहिलो महाअभियोग थियो । प्रतिपक्षी एमालेले विरोध ग¥यो । केही दिनपछि सर्वोच्चकै इजलासले अन्तरिम आदेशले महाअभियोग निष्प्रभावी बनायो । त्यसपछि उनको कार्यकाल सकियो ।
उनको साहसमा व्यक्तिगत जीवनको पनि योगदान छ । सादा जीवनशैली अपनाउने सुशीला चमकधमकबाट टाढा रहिन् । उनका पति दुर्गा सुवेदी कांग्रेस नेता र २०३० को जहाज अपहरण काण्डका अभियन्ता हुन् । उनीहरूको दम्पती जीवन अतिसाधारण छ ।
विगतमा संवैधानिक इजलासमा उनले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग मिलेर खिलराज रेग्मीको निर्वाचन सरकारविरुद्धको रिटमा अल्पमत राय लेखेकी थिइन् । त्यसमा उनले लेखेकी थिइन्, ’संवैधानिक प्रत्याभूतिबेगर यस्तो कार्य दोहोरिनुहुँदैन । राष्ट्रपति लगायत सबैलाई सचेत रहन निर्देशन ।’ यो रायले संवैधानिक पद्धतिको महत्वलाई जोड दिएको थियो ।
अहिले सुशीला कार्कीको काँधमा ठूलो जिम्मेवारी छ । जे–जी आन्दोलनका युवाहरूले उनलाई समर्थन गरेका छन्, तर केही गुटहरूमा मतभेद पनि छ । उनी भारतसँगको सम्बन्धलाई सकारात्मक ठान्छिन् र प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यशैलीबाट प्रभावित छिन् भन्ने उनकै भनाइ छ ।
यो नियुक्तिले नेपालको इतिहासमा नयाँ अध्याय थपेको छ –न्यायको बाटोबाट सत्तासम्म पुग्ने पहिलो महिला । अब प्रश्न यो छ, के यो अन्तरिम सरकारले ६ महिनामा स्वतन्त्र निर्वाचनमार्फत स्थायी शासन दिन सक्छ ? युवा आन्दोलनको ऊर्जा कसरी उपयोग हुन्छ ? समयले बताउनेछ । तर इतिहास साक्षी छ, यस्ता परिवर्तनहरूले नै देशलाई बलियो बनाएका छन् ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने