
१पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
२‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
५जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
६फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
७माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१०मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
११सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१२कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
८मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
मोरङ, ४ फागुन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले भ्रष्टाचार नियन्त्रणका लागि सबै गम्भीर बन्नुपर्ने बताउनुभयो ।
मोरङको बूढीगङ्गा गाउँपालिकाले सञ्चालनमा ल्याएको पालिकास्तरीय अस्पतालको आज उद्घाटन गर्दै उहाँले भ्रष्टाचारसँग सम्बन्धित विभिन्न अन्तरराष्ट्रिय तथ्याङ्कले देशलाई अफ्ठ्यारो स्थितिमा पारेकामा चिन्ता व्यक्त गर्नुभयो । यी तथ्याङ्क सार्वजनिक गर्ने निकायले औँल्याएका समस्या र सुधारका आवश्यकतालाई सम्बोन गरिनुपर्ने बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य डा कोइरालाले देशको आर्थिक अवस्था सुधार, सुदृढीकरण, औद्योगिक विकास र कृषि उत्पादकत्व वृद्धि गर्न सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो ।
यसैगरी उहाँले विद्यालयस्तरदेखि नै स्वास्थ्य सचेतना फैलाउन आवश्यक रहेको चर्चा गर्दै मानिस शारीरिक र मानसिक रुपमा स्वस्थ भएमा मात्रै देश सुन्दर र विकसित हुने धारणा राख्नुभयो ।
मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले हरेक वर्ष विश्वविद्यालयले पाँच सय रोजगारी सिर्जना गर्नेगरी काम गरिरहेको जानकारी दिँदै पालिकासँगको सहकार्यमा रोजगारमूलक तालिम र शिक्षा दिने कामम भइरहेको जानकारी दिनुभयो ।
बूढीगङ्गा गाउँपालिका अध्यक्ष जितनारायण थापामगरले पालिकाले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । अस्पतालको फार्मेसीबाट बिमामार्फत उपलब्ध हुने पाँच सय र गाउँपालिकाले छुट्टै ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको जानकारी उहाँले दिनुभयो ।
दश शय्याको पालिकास्तरीय अस्पतालमा आकस्मिक र बहिरङ्ग सेवा, फिजिसियन, दाँत, प्रसूति, एक्से–रे, ल्याब, फार्मेसीलगायत सेवाहरू उपलब्ध रहेका त्यस अवसरमा जानकारी दिइयो ।