
१राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
२सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४चुनावी मैदानमा विप्लव
५राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
८राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१२रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
पोखरा, ९ पुस । सूर्यदर्शन सहकारी ठगी एवं रकम अपचलनमा संलग्न नेकपा एमालेकी गण्डकी प्रदेशकी पूर्वप्रदेशसभा सदस्य मिना गुरुङ र कोषाध्यक्ष आरती गुरुङ मंगलबार साँझपख पक्राउ परेका छन् । एमालेको मजदुर संगठन जिफन्टमा लामो समय काम गरेकी पोखरा–१२ रानीपौवा निवासी ६३ वर्षीया मिनाको घरबाट कोषाध्यक्ष आरती सहित दुवैजना पक्राउ परेका हुन् ।
सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष रहेकी गुरूङ सहकारी दर्ता भएको एक महिनापछि उपाध्यक्ष भएकी थिइन्। उनको ठाउँमा ज्ञानबहादुर बमजन अध्यक्ष बनेका थिए। त्यति बेला सहकारीबाट १ करोड ५४ लाख रूपैयाँभन्दा बढी रकम अनधिकृत रूपमा हिनामिना भएको अभियोग पत्रमा उल्लेख छ।
लामो समयदेखि फरार रहेकी मिना र कोषाध्यक्ष आरतीलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले विशेष सुराकीको आधारमा पक्राउ गरेको थियो । ‘सूर्यदर्शन सहकारीका तत्कालिन उपाध्यक्ष मिना गुरुङ र कोषाध्यक्ष आरती गुरुङ आज रानीपौवाबाट पक्राउ परेका छन्,’, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी बसन्त शर्माले भने–‘भोलि बुधबार विदा छ । पर्सी बिहीबार विहान १० बजेपछि उनीहरु दुवैलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराउँदछौं । अहिलेलाई भने जिप्रका कास्कीको हिरासत कक्षमा उनीहरुलाई राखिएको छ ।’
सहकारीको स्थापना कालमा तत्कालीन तदर्थ समितिको सदस्य र पछि सञ्चालक समितिको उपाध्यक्ष भई काम गरेकी मिना र कोषाध्यक्ष आरतीका विरुद्धमा जिल्ला अदालतमा मुद्दा दर्ता भईसकेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार अभियोग–पत्र दर्ता गरेका ४४ जनामध्ये एमालेबाट गण्डकी प्रदेश सभाका पूर्वसदस्य समेत रहेकी मिना र आरतीलाई फरारको सूचीमा राख्दैं मुद्दा दर्ता गरेको थियो ।
एमालेनिकट मजदुर संगठनमा लामो समय काम गरेकी पोखरा–१२, रानीपौवानिवासी ६३ वर्षीया मिना ०७४ सालमा समानुपातिक सूचीबाट प्रदेश सभा सदस्य बनेकी थिईन् । साथी ०७९ को निर्वाचनमा भने कास्की–२ ख बाट उनि पराजित भएकी थिइन् ।
सूर्यदर्शन सहकारी ठगीमा ५० जना र ८ कम्पनीसहित ६३ जना प्रतिवादी र ५ जनाविरुद्ध सम्पत्ति जफतको माग गर्दै मुद्दा अघि बढाईएको छ । त्यसो त एमालेका अर्का नेता राजिव पहारीलाई भने राज्य संयन्त्रको दुरुपयोग गर्दै सरकारले नै बचाएको आरोप लाग्दैं आईरहेको छ ।
नेता पहारीलाई पनि कारवाहीको दायरामा ल्याउन बचतकर्ताहरुले माग गरेका छन् । पछिल्लो समय केही एमाले नेताहरुलाई जोगाउने अभिप्रायले प्रहरी र सरकारी वकिलको कार्यालयबाट फितलो अनुसन्धान भएको आरोप पीडित पक्षले लगाउन थालेका छन् ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने