
१सामाजिक सञ्जालमा हुने गतिविधिको कडा निगरानी
२चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
३रास्वपा नेता राजु राईले पार्टी छाडे
४बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
५गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
६कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
७धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
८धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
९बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
१०बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
११धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
१२पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
६चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
७२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
८फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
११प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१२‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
पोखरा, ९ पुस । सूर्यदर्शन सहकारी ठगी एवं रकम अपचलनमा संलग्न नेकपा एमालेकी गण्डकी प्रदेशकी पूर्वप्रदेशसभा सदस्य मिना गुरुङ र कोषाध्यक्ष आरती गुरुङ मंगलबार साँझपख पक्राउ परेका छन् । एमालेको मजदुर संगठन जिफन्टमा लामो समय काम गरेकी पोखरा–१२ रानीपौवा निवासी ६३ वर्षीया मिनाको घरबाट कोषाध्यक्ष आरती सहित दुवैजना पक्राउ परेका हुन् ।
सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष रहेकी गुरूङ सहकारी दर्ता भएको एक महिनापछि उपाध्यक्ष भएकी थिइन्। उनको ठाउँमा ज्ञानबहादुर बमजन अध्यक्ष बनेका थिए। त्यति बेला सहकारीबाट १ करोड ५४ लाख रूपैयाँभन्दा बढी रकम अनधिकृत रूपमा हिनामिना भएको अभियोग पत्रमा उल्लेख छ।
लामो समयदेखि फरार रहेकी मिना र कोषाध्यक्ष आरतीलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले विशेष सुराकीको आधारमा पक्राउ गरेको थियो । ‘सूर्यदर्शन सहकारीका तत्कालिन उपाध्यक्ष मिना गुरुङ र कोषाध्यक्ष आरती गुरुङ आज रानीपौवाबाट पक्राउ परेका छन्,’, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी बसन्त शर्माले भने–‘भोलि बुधबार विदा छ । पर्सी बिहीबार विहान १० बजेपछि उनीहरु दुवैलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराउँदछौं । अहिलेलाई भने जिप्रका कास्कीको हिरासत कक्षमा उनीहरुलाई राखिएको छ ।’
सहकारीको स्थापना कालमा तत्कालीन तदर्थ समितिको सदस्य र पछि सञ्चालक समितिको उपाध्यक्ष भई काम गरेकी मिना र कोषाध्यक्ष आरतीका विरुद्धमा जिल्ला अदालतमा मुद्दा दर्ता भईसकेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार अभियोग–पत्र दर्ता गरेका ४४ जनामध्ये एमालेबाट गण्डकी प्रदेश सभाका पूर्वसदस्य समेत रहेकी मिना र आरतीलाई फरारको सूचीमा राख्दैं मुद्दा दर्ता गरेको थियो ।
एमालेनिकट मजदुर संगठनमा लामो समय काम गरेकी पोखरा–१२, रानीपौवानिवासी ६३ वर्षीया मिना ०७४ सालमा समानुपातिक सूचीबाट प्रदेश सभा सदस्य बनेकी थिईन् । साथी ०७९ को निर्वाचनमा भने कास्की–२ ख बाट उनि पराजित भएकी थिइन् ।
सूर्यदर्शन सहकारी ठगीमा ५० जना र ८ कम्पनीसहित ६३ जना प्रतिवादी र ५ जनाविरुद्ध सम्पत्ति जफतको माग गर्दै मुद्दा अघि बढाईएको छ । त्यसो त एमालेका अर्का नेता राजिव पहारीलाई भने राज्य संयन्त्रको दुरुपयोग गर्दै सरकारले नै बचाएको आरोप लाग्दैं आईरहेको छ ।
नेता पहारीलाई पनि कारवाहीको दायरामा ल्याउन बचतकर्ताहरुले माग गरेका छन् । पछिल्लो समय केही एमाले नेताहरुलाई जोगाउने अभिप्रायले प्रहरी र सरकारी वकिलको कार्यालयबाट फितलो अनुसन्धान भएको आरोप पीडित पक्षले लगाउन थालेका छन् ।
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार