News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

डन न्यूज खोज प्रमुख समाचार

संघर्षशील सहकारी ठगीमा अध्यक्ष विक्रम पाण्डे र सचिव कमल सुवेदी पक्राऊ

पोखरा, ८ पुस । संघर्षशील बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना र ठगी गरेको आरोपमा अध्यक्ष विक्रम पाण्डे र मुख्य योजनाकार सचिव कमल सुवेदी आइतबार दिउँसो पक्राउ परेका छन् । सहकारीको झण्डै ३ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा अध्यक्ष पाण्डे र सचिव सुवेदी पक्राउ परेका हुन् ।

संघर्षशील सहकारीका सञ्चालक समितिका पदाधिकारीहरु समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरी रकम हिनामिना एवम् ठगी गरेको भन्दैं बचतकर्ताहरुले सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश कार्यालय पोखरामा उजुरी दिएका थिए । सहकारी रजिष्ट्रारको कार्यालयले गरेको वित्तीय छानबिन पश्चात् रकम हिनामिना भएको पुष्टि भएपछि कारवाहीका लागि प्रहरीलाई पुस ७ गते पत्राचार गरेको थियो ।

पक्राउ परेका पत्रकार सुवेदी नेकपा एमालेका कार्यकर्ता हुन् । उनले गन्थन डटकम सञ्चालन गर्दै आईरहेका थिए । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिका सचिव रहेका सुवेदी नेकपा एमालेका प्रचार प्रसार समितिका सदस्य पनि हुन् । त्यसैगरी अध्यक्ष अभिमन्यू भनेर चिनिने विक्रम पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीसँग आवद्ध छन् ।

सहकारीका अध्यक्ष अभिमन्यू भनेर चिनिने धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ८, नयाँबजार बस्ने ३३ वर्षीय विक्रम पाण्डेलाई सहकारी रजिष्ट्रारको कार्यालय भित्रबाट र सोही सहकारी संस्थाका सचिव तथा व्यवस्थापक पोखरा महानगरपालिका वडा नं. ३१ बेगनास स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ३०, शिसुवामा बस्ने ३४ वर्षीय कमल सुवेदीलाई पोखरा–२३ स्थित सहकारीको कार्यालयबाट प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका गन्थन डटकमका सञ्चालक कमल सुवेदी नेकपा एमालेका क्रियाशिल कार्यकर्ता समेत हुन् ।

उनीहरुलाई सहकारी ठगी सम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख श्याम ओलियाले जानकारी दिए ।

पक्राउ परेका पत्रकार सुवेदी नेकपा एमालेका कार्यकर्ता हुन् । उनले गन्थन डटकम सञ्चालन गर्दै आईरहेका थिए । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिका सचिव रहेका सुवेदी नेकपा एमालेका प्रचार प्रसार समितिका सदस्य पनि हुन् । त्यसैगरी अध्यक्ष अभिमन्यू भनेर चिनिने विक्रम पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीसँग आवद्ध छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीको थुनामा पत्रकार कमल सुवेदी र अभिमन्यु पाण्डे ।