
१फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
२कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
३शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ
४अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
५ठुला विचौलियाको साम्राज्य ढाल्दैं सरकार, दीपक भट्ट पक्राउ
६सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन
७आजदेखि एसईई परीक्षा सुरु
८एमालेको संसदीय दल र कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’लाई
९इनिशा हत्या प्रकरणमा संलग्न चारजना विरुद्ध बलात्कार र कर्तव्य ज्यान मुद्दा दर्ता
१०डा. अनिल सुवेदीका तीन कृति एकसाथ विमोचन
११ओली र लेखकको रिहाइको माग गर्दै थप आन्दोलन घोषणा
१२व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१०निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
११लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
१२कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
पोखरा, ४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्रको तस्वीर सार्वजनिक गर्नेलाई कानुन अनुसार कारबाही हुने जिल्ला प्रहरी कार्यालय कास्कीले विज्ञप्ति मार्फत् जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले विहीबार एक विज्ञप्ति जारी गर्दै साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रूपमा सामग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोहीलाई कारबाही हुने बताएको हो ।
कास्की प्रहरीले पछिल्लो समय कार्यालय भित्र मोवाइल लैजान पूर्णप्रतिबन्ध नै लगाए पनि हिरासत भित्र रहेका लामिछानेको तस्विर सार्वजनिक हुनुले त्यहाँको सुरक्षा स्थितिप्रति नै प्रश्न चिन्ह खडा भएको छ । लामिछानेलाई पक्राउ गरेर कास्की प्रहरीको हिरासतमा राखिएदेखि सर्वसाधारणलाई मोबाइल लैजान रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय परिसरभित्र प्रवेश गर्नेबित्तिकै गेटनजिकै प्रहरीले सर्वसाधारणको मोबाइल राख्ने गरेको छ ।
‘सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनियता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रूपमा सामग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानुन बमोजिम अनुसन्धान तथा कारबाही गरिने,’ प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता बसन्तकुमार शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
प्रहरीले उक्त तस्वीर डा. निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित भएको पनि बताएको छ । भुसालले पनि उक्त फोटो आफैंले सार्वजनिक गरेको भन्दै सामाजिक सञ्जालमार्फत माफी मागेका थिए । तर उक्त तस्विर सार्वजनिकसँगैं भाइरल भएपछि प्रहरी र सुरक्षा निकाय भित्र निकै तनावपूर्ण स्थिति देखा परेको छ ।
उक्त तस्वीर सार्वजनिक भएकोप्रति ध्यानाकर्षण गराउँदै प्रहरीले फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुसरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न प्रतिबद्ध रहेको पनि बताएको छ ।
सभापति लामिछानेको तस्वीर सेयर भएपछि रास्वपाका नेताहरूले यसप्रति आपत्ति जनाएका थिए । शक्ति, पहुँच, प्रलोभन र दवावका विचमा हिरासतमा रहने व्यक्तिहरुलाई फरक–फरक किसिमको व्यवहार गरिन्छ भन्ने तथ्य यस तस्विरले पनि उजागर गरेको छ । सामान्य नागरिकलाई एउटा कोठामा ३० जना भन्दा बढी थुनुवाहरु राखेर कष्टपूर्ण यातना दिईन्छ भने पहुँच र शक्तिमा हुनेलाई छुट्टै कोठा र सुविधाको व्यवस्था गरिनुले कानुनको पालना समान ढंगले नभएको प्रष्ट देखिन्छ ।
गृहमन्त्री रमेश लेखकले पनि प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरसँग फोटोबारे सोधखोज गरेका थिए । जवाफमा कुँवरले उक्त फोटो कास्की प्रहरी हिरासतकै रहेको र सुत्ने व्यक्ति पनि रवि नै भएको बताएका थिए ।
लामिछानेको तस्बिर सार्वजनिक गरेको जिम्मा डा. निकोलस भुसालले लिए
आफूलाई सामाजिक अभियन्ता बताउने डा. निकोलस भुसालले सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै उक्त तस्बिर आफूले खिचेको दाबी गरेका छन् । भिडियोमा उनले भनेका छन्, ‘मैले हिरासतभित्र गएर पनि खिचेको होइन, सीसीटीभी क्यामेराको फुटेज खिचेको हो । त्यो पनि पुलिसहरूकै अघि । त्यतिबेला सबै प्रहरीहरू रुममै थिए ।’
कास्की प्रहरीले पछिल्लो समय कार्यालय भित्र मोवाइल लैजान पूर्णप्रतिबन्ध नै लगाए पनि हिरासत भित्र रहेका लामिछानेको तस्विर सार्वजनिक हुनुले त्यहाँको सुरक्षा स्थितिप्रति नै प्रश्न चिन्ह खडा भएको छ । लामिछानेलाई पक्राउ गरेर कास्की प्रहरीको हिरासतमा राखिएदेखि सर्वसाधारणलाई मोबाइल लैजान रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय परिसरभित्र प्रवेश गर्नेबित्तिकै गेटनजिकै प्रहरीले सर्वसाधारणको मोबाइल राख्ने गरेको छ ।
भुसालले भने आफूसँग मोबाइल नमागिएको दाबी गरेका छन् । उनले प्रहरीकै अगाडि उक्त फोटो खिचेको र आफूले फोटो खिचेको सीसीटीभी फुटेज प्रहरीसँग हुनुपर्ने जिकिर गरेका छन् । उनले पुस ६ गते चितवनमा प्रदर्शनमा सहभागी बन्न आह्वान गरिएको पोस्टरसहित लामिछानेको तस्बिरसमेत सँगै फेसबुकमा राखेका थिए । तर उक्त तस्बिर बुधबारदेखि भाइरल भएपछि भने लामिछानेको तस्बिर हटाए ।
निकोलसले बिहीबार आफ्नो फेसबुकमा उक्त तस्बिर साँचो भएको र आफैंले खिचेर सामाजिक सञ्जालमा राखेको स्वीकारेका छन् । ‘मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन,’ उनले भनेका छन्, ‘भ्रममा नपर्न अनुरोध । म स्वास्थ्य अवस्था बुझ्न र हौसला प्रदान गर्न गएको थिएँ ।’
बिहीबार नै फेसबुक लाइभमार्फत उनले उक्त तस्बिर गत शनिबार दिउँसो ४ बजे खिचिएको र मंगलबार फेसबुकमा राखेको बताएका छन् । हिरासतमा लामिछानेको स्वास्थ्य अवस्था बुझेर फर्किएपछि जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुममा बस्ने क्रमममा सीसीटीभी फुटेजको डिस्प्ले हुने टीभी स्क्रिनबाट उक्त तस्बिर खिचेको उनले स्वीकारेका छन् । उनले उक्त तस्बिर बाहिर ल्याउनु गल्ती भएको भन्दै सजाय भोग्न तयार रहेको बताएका छन् । ‘यो फोटो बाहिर ल्याएको प्रहरीले होइन मैले हो,’ उनले भने, ‘भाइरल गराउँछु भन्ने सोचेर होइन । कसरी बसिरहेका छन् भनेर बुझाउन फोटो खिचेको हुँ ।’
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने