
१फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
२कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
३शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ
४अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
५ठुला विचौलियाको साम्राज्य ढाल्दैं सरकार, दीपक भट्ट पक्राउ
६सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन
७आजदेखि एसईई परीक्षा सुरु
८एमालेको संसदीय दल र कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’लाई
९इनिशा हत्या प्रकरणमा संलग्न चारजना विरुद्ध बलात्कार र कर्तव्य ज्यान मुद्दा दर्ता
१०डा. अनिल सुवेदीका तीन कृति एकसाथ विमोचन
११ओली र लेखकको रिहाइको माग गर्दै थप आन्दोलन घोषणा
१२व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१०निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
११लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
१२कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
पोखरा, २७ मंसिर । नेपाल पत्रकार महासंघ कास्कीको नयाँ नेतृत्वका लागि डन न्यूजका सम्पादक राजेन्द्र अधिकारी चुनावी मैदानमा उत्रिएका छन् । प्रेस सेन्टर र समाजवादी पत्रकार संगठनको तर्फबाट साझा उमेदवारको रुपमा अधिकारीले आफ्नो प्यानलसहित उमेद्वारी घोषणा गरेका हुन् ।
त्यसैगरी, प्रेस चौतारी र प्रेस युनियनका तर्फबाट साझा उमेदवारको रुपमा माधव बरालले आफ्नो प्यानल घोषणा गरेका छन् । डन न्यूजका सम्पादक अधिकारी महासंघ कास्कीका पूर्वउपाध्यक्ष हुन् भने बराल हालका सचिव हुन् ।
अधिकारीको नेतृत्वमा उपाध्यक्षमा प्रेस सेन्टर र समाजवादीका तर्फबाट श्रीराम सिग्देल र बरालको तर्फबाट माधव रेग्मी उमेदवार बनेका छन् । त्यसैगरी प्रेस युनियनका नेता तथा क्रियाशिल पत्रकार कमल पौडेल अथकले पनि उपाध्यक्षमा आफ्नो स्वतन्त्र उमेदवारी दिएका छन् ।
त्यसैगरी, महिला उपाध्यक्षमा बिनु मर्साङी मगर र कञ्चन थापाको उमेदवारी परेको छ । सेन्टर र समाजवादीका साझा उमेद्वार बिनुले अधिकारी नेतृत्वको प्यानलबाट र कञ्चनले चौतारी र युनियनबाट उमेदवारी दिएकी हुन् ।
महासंघ कास्कीको सचिवमा प्रेस सेन्टर र समाजवादीका तर्फबाट सन्देश श्रेष्ठ र अर्को प्यानलबाट भुपाल गुरुङले उमेदवारी दिएका छन् । अधिकारी प्यानलबाट चुनावी मैदानमा उत्रिएका श्रेष्ठ प्रेस सेन्टरका केन्द्रीय सदस्य र कास्की इञ्चार्ज समेत हुन् ।
त्यसैगरी, सहसचिवमा अधिकारीको प्यानलबाट आदर्श समाज दैनिकमा कार्यरत श्रीभद्र पौडेल र बरालको प्यानलबाट सफलता एफएममा कार्यरत मधु अधिकारीको उमेदवारी परेको छ । समावेशी सहसचिवमा अधिकारी प्यानलबाट दिलप्रसाद गुरुङ र बराल प्यानलबाट धनबहादुर गुरुङको उमेदवारी परेको छ ।

अध्यक्षका उमेदवारद्वय डन न्यूजका सम्पादक राजेन्द्र अधिकारी र माधव बराल
अधिकारीले नेतृत्व गरेको सेन्टर र समाजवादीका तर्फबाट कोषाध्यक्षमा सुरेशराज अधिकारी र बराल नेतृत्वमा राजाराम पौडेलको उमेदवारी परेको छ । जसमा चौतारीमा आवद्ध तर स्वतन्त्र रुपमा क्रियाशिल फोटो पत्रकार युवराज गुरुङले पनि आफ्नो उमेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी सदस्यहरुमा अधिकारीको नेतृत्वमा प्रेस सेन्टर र समाजवादीका साझा उमेदवारको रुपमा पुष्पराज दाहाल, चिरञ्जिवी पौडेल (उत्तम), विष्णु गौतम, कविता घर्तीमगर र सन्तोष परियारको चुनावी मैदानमा उत्रिएका छन् ।
यता, बराल नेतृत्वको प्रेस चौतारी र युनियनका तर्फबाट अर्जुन गाहा ‘सुशान्त’, गौरव त्रिपाठी, तुलसीराम सुवेदी, निराजन अधिकारी, बालकुमारी पौडेल ‘तारा’, राजु गिरी, रिखिराम जिसी, सन्तोष सुवेदी, सन्दीप पौडेल, देविका तामाङ, सुरेश सुनार, पुनम थापा मगर (निर्विरोध) र सूर्यबहादुर परियार (निर्विरोध) रहेका छन् ।
पाँच जना केन्द्रीय पार्षदका लागि ११ जनाको उम्मेद्वारी परेको छ । जसमा अमृतराज उपाध्याय तिवारी, आरजु सल्यानी (मोहनकुमार विष्ट), ऋषिराम बराल, कृष्ण दुवाडी, कृष्णमणि बराल, दिननाथ बराल, भरत कोइराला, एमबी आस्था (मानबहादुर घर्ती, राजबहादुर गुरुङ, रामप्रसाद तिमिल्सिना र शिरोमणि बराल छन् ।
यसैगरी १५ जना प्रदेश परिषद सदस्यमा १७ जनाको उम्मेद्वारी परेको छ । जसमा केशव पाठक, खीमाकुमारी गुरुङ, खेमबहादुर सारु, गणेशकुमार श्रेष्ठ, घनश्याम पाण्डे, दुर्गाप्रसाद पौडेल, निरज कायस्थ, प्रकाश ढकाल, वासुदेव मिश्र, विष्णुप्रसाद सापकोटा, मनोहरि पौडेल, राम गुरुङ, रुद्र श्रीष मगर, शिवराज वस्ताकोटी, सन्तोष बस्याल, सुदर्शन रञ्जित र हरि पन्त रहेका छन् ।
महासंघको निर्वाचन देशैभरि २८ मंसिरमा हुँदैछ । केन्द्र, प्रदेश र जिल्लामा एकै दिन मतदान गर्ने निर्वाचन तालिका सार्वजनिक भइसकेको र यसअघि नै केन्द्र र प्रदेशमा उम्मेदवारी दर्ता गरिसकिएको छ । जिल्लाको भने २६ गते मनोनयन दर्ता गरिएको हो ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने