
१पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
२‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
५जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
६फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
७माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१०मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
११सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१२कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
८मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
काठमाडौँ, १९ मङ्सिर : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक भएको बताउनुभएको छ ।
गणतन्त्र सेनानी कोषले आज बुधबार यहाँ आयोजना गरेको ‘गणतन्त्र सेनानी सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भ्रष्टाचारका विरुद्ध, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि अभियान थालिने बताउनुभयो । संविधानसभामार्फत संविधान निर्माणका क्रममा आफ्नो पार्टीले फरक मतका रुपमा छाडेको प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेण्डालाई अघि बढाइने घोषणा गर्दै अध्यक्ष दाहालले गणतन्त्रलाई जनताको व्यवस्था बनाउन निरन्तर लागिपर्ने बताउनुभयो ।
नयाँ क्रान्तिका लागि विभाजित माओवादी धारलाई एकताबद्ध गर्दै आफ्नै एजेन्डा र पहिचानमा अघि बढ्ने उल्लेख गर्दै उहाँले स्थानीय तहको उपनिर्वाचनमा एक्लै विजय प्राप्त गरेर त्यसको सुरुआत गरिसकिएको स्पष्ट पार्नुभयो ।
“माओवादीले कसैको वैशाखी टेक्दैन, जनताको बलमा आफ्नो एजेण्डा र अभियान अघि बढाउँछ”, उहाँले भन्नुभयो ।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले लामो सङ्घर्ष र बलिदानपछि गणतन्त्र स्थापना भएको उल्लेख गर्दै गणतन्त्रका उपलब्धि रक्षा गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । “विगतमा विभिन्न भूमिकामा लड्यौँ, अब गणतन्त्रको रक्षा गर्दै समाजवाद निर्माणमा एकताबद्ध भएर लाग्नुपर्छ”, उहाँले भन्नुभयो, “जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षाका लागि जस्तोसुकै भूमिका लिन तयार छु ।”
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले क्रान्तिको एक चरण पूरा भएको उल्लेख गर्दै अबको सङ्घर्षको स्वरुप सुशासन र भ्रष्टाचारविरुद्ध केन्द्रित भएको बताउनुभयो । विधि र पद्धतिका आधारमा पार्टी सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उहाँले पार्टीलाई पुनर्गठित गरेर लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
माओवादी केन्द्रका नेता चक्रपाणि खनालले शोषित पीडित जनताका पक्षमा भएको माओवादी आन्दोलनको नेतृत्व अध्यक्ष दाहालले गर्नुभएको बताउनुभयो ।
अध्यक्ष प्रचण्डसहित नेताहरु सम्मानित
गणतन्त्र सेनानी कोषले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्मान गरेको छ । गणतन्त्र स्थापनाको पक्षमा नेतृत्वदायि भूमिका निर्वाह गरेको भनी अध्यक्ष दाहालसहित पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन तथा माओवादी केन्द्रका नेताहरु वर्षमान पुन, जनार्दन शर्मा र चक्रपाणि खनाललाई आज यहाँ एक कार्यक्रमबीच सम्मान गरिएको हो ।
देशबाट राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना, संविधानसभाको निर्वाचन, गणतान्त्रिक संविधान निर्माणलगायत कार्य गरेकामा उहाँहरुलाई सम्मान गरिएको कोषका अध्यक्ष सरल सहयात्रीले जानकारी दिनुभयो । कार्यक्रममा अध्यक्ष दाहालले गणतन्त्र प्राप्तिको आन्दोलनमा योगदान गर्नुहुने गोपाल पाण्डे, सुरेन्द्र भुजेल, भक्तबहादुर थापा, वासु लामिछाने, ललित श्रेष्ठ, देवीप्रसाद ढकाल, माइला लामा, सुशीला थापा, सपना राना, मीना वाइवा पाख्रिन, सुनील पुलामी, जगबहादुर न्यासुर, बिमला बराइली, रेणुका चौलागाईलगायतलाई ‘गणतन्त्र सेनानी सम्मान’ प्रदान गर्नुभएको थियो ।