
१पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
२स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
३‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
४पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
५आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
६फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०डुलुवाको अध्यक्षमा योगेश भट्टराई
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
विजय नेपाल । पोखरा, १२ मंसिर । फिल्मबजारमा यतिखेर ‘पूर्णबहादुरको सारङ्गी’ को खुबै चर्चा छ । गन्धर्व समुदायका एकजना बाबुले छोरा डाक्टर बनाउन गरेको संघर्षको सेन्टिमेन्टले उछाल व्यापार गरिरहेको छ । फिल्मको यही कथाको झल्को दिने गरी पोखरामा मजदुरी गर्दै आएको परिवारमा हुर्कीबढेकी एक छोरीको पनि डाक्टर सपना पूरा भएको छ । उक्त परिवारमा अहिले अनपेक्षित खुसीको सञ्चार देखिन्छ ।
धादिङको गल्छी घर भई पोखरा ११, काहुँ बसोबास गर्दै आएका शिव सार्की र सीता सार्की मजदुर दम्पती हुन् । आर्थिक अवस्था निकै कमजोर भएपछि रोजगारी खोजीमा १६ वर्षअघि पोखरा झरेको कथित दलित दम्पतीका ५ सन्तानमध्ये १ जना छोरी डाक्टर हुन लागेकी हुन् ।
पोखरा–११, फूलबारीस्थित शिव शक्ति माविबाट २०७८ सालमा एसइई पास भएकी अस्मिता बिसुन्केले हालैमात्र एमबिबिएसमा पूर्ण छात्रवृत्तिमा नाम निकालेकी छन् । बाबुआमाले गरेको कठिन परिश्रम सानैदेखि नजिकबाट नियालेकी अस्मिताले यही माघदेखि भरतपुरस्थित चितवन मेडिकल कलेजमा डाक्टरी कोर्स पढ्ने छिन् ।

आफ्नी आमा सीतासँग छोरी अस्मिता बिसुन्के । तस्विर सौजन्य : विजय नेपाल
उनले भनिन्, ‘बुवाआमाले हामीहरुलाई हुर्काउन निकै दुःख गर्नुभयो । जो मैले प्रत्यक्ष देखेकी छु । उहाँहरुले हाम्रो लागि गरेको दुःख सम्झेर पनि केही न केही गर्नुपर्छ भन्ने सानैदेखि थियो । जो पूरा हुँदैछ । निकै खुसी छु ।’
शिव शक्तिबाट एसइई गरेकी अस्मिता बिसुन्केले एमबिबिएसमा पूर्ण छात्रवृत्तिमा नाम निकालेकी हुन्
उक्त परिवारका ४ छोरी र १ छोरामध्ये अस्मिता माहिली हुन् । उनले २०७८ सालमा शिव शक्तिबाट ३.२५ जिपिए ल्याएर एसइई उत्तीर्ण गरेकी थिइन् । दिदी रंगीताले २०७५ मा सोही स्कुलबाट एसइई पास गरेकी थिइन् । अस्मिताकी बहिनी रञ्जना हाल गोरखामा एचए पढ्छिन् । कान्छी बहिनी र भाइ शिव शक्तिमै पढ्दैछन् ।
अस्मिताले प्लस टु पोखरा–३, नदीपुरस्थित बाल मन्दिर स्कुलबाट गरेकी हुन् । विज्ञान संकायकी उनले ३.२७ जिपिए ल्याएर उत्तीर्णपछि काठमाडौं नेम इन्स्टिच्युटबाट स्कुलमा आएका प्रतिनिधिको सल्लाहबमोजिम काठमाडौं गएर एमबिबिएस तयारी थालिन् । करिब ३ महिना होस्टल बसेर कठिन परिश्रमसाथ पढेकी अस्मिताले नभन्दै एकैपल्टमा एमबिबिएस पास गरेकी हुन् । महिलारदलित कोटामा आवश्यक ९ मध्ये पाँचौं नम्बरमा नाम निक्ल्यो ।
परिवारमा नसोचेको यो सफलतासँगै स्कुल परिवार पनि खुसी छ । शिव शक्तिले बुधबार प्रार्थना समयमा आफ्ना विद्यार्थीमाझ अस्मितालाई उभ्यायो ।

अस्मिता बिसुन्के आफू पढेको विद्यालय पोखरा–११, फूलबारीस्थित शिव शक्ति माविमा शिक्षक र जनप्रतिनिधिहरुका साथमा । तस्विर सौजन्य : विजय नेपाल
छोरीसँगै सम्मान समारोहमा उपस्थित आमा सीताले मेहनत खेर नगएको बताइन् । उनले खुसीको व्याख्या नै गर्न नसकिने उल्लेख गरिन् । हुन पनि उनको अनुहारमा खुसीका केस्रा झल्किन्थ्यो । खुसीका आँसु बगाउँदै उनले भनिन्, ‘पोखरामा के गरिएन रु कहिले मेला गइयो, कहिले मजदुरी गरियो । पैसो नहुँदा कहिले भोकै पनि सुतियो । छोराछोरी हुर्काउन उस्तै सकस । पहिलेको दुःख सम्झेर कहाली लाग्छ ।’
पछिल्लो समय पतिसँगै फूलबारीकै एक मसला उद्योगमा काम गरेकी सीताले अहिले सानो किनारा पसल चलाउँछिन् । २ महिनायता पति दूध बोक्ने गाडीका चालक बनेका छन् ।
विद्यालयमा आयोजित समारोहमा वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले अस्मितालाई फूलमाला र खादाले सम्मान गर्दै केही वर्षपछि डाक्टर बनेर आउँदा फेरि स्वागत गर्न पाइयोस् भनी सदीक्षा व्यक्त गरे । वडाको लागि पनि खुसीको कुरा भएको भन्दै उनले अस्मितालाई हौसलास्वरुप वडा कार्यालयबाट केही न केही रकम सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रधानाध्यापक शम्भुराज बास्तोलाले स्कुल जीवनमा अस्मिता निकै अनुशासित, मेहनती र लगनशील छात्रा रहेको स्मरण गरे । स्कुलको इज्जत राखेकोमा बधाई दिँदै उज्ज्वल भविष्यको कामना गरे । उनले विद्यालयबाट पास आउटमध्ये धेरै जना अहिले विभिन्न पदप्रतिष्ठामा पुगेको सुनाए ।
अस्तिाले विद्यार्थीलाई पढ्ने प्रेरणा दिँदै सामाजिक सञ्जाल कम चलाउन र किताबमै ध्यान दिन सुझाव दिइन् ।
२०१६ सालमा स्थापित शिव शक्तिमा नर्सरीदेखि १२ सम्म हाल ४ सय ६५ जना विद्यार्थी रहेको लेखापाल हरिश्चन्द्र बास्तोलाले जानकारी दिए । यहीको शिव शक्ति क्याम्पसमा स्नातक तहतर्फ बिएड र बिबिएस संकायमा पढाइ सुविधा रहेको प्रिन्सिपल चन्द्रकान्त रेग्मीले बताए । –साभार : आदर्शसमाज दैनिक
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई