
१पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
२स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
३‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
४पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
५आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
६फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०डुलुवाको अध्यक्षमा योगेश भट्टराई
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
पोखरा, २५ कात्तिक । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहितको गिरोहलाई हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले थप १३ दिनको म्याद थप गरेको छ ।
न्यायाधीश नवराज दाहालको इजलासले पूर्वगृहमन्त्री लामिछानेलगायत चारै जनालाई १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । उनले भने–‘लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, सहकारी ठगीमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई १३ दिन हिरासतमा राख्न म्याद थप भएको छ ।’
पूर्वगृहमन्त्री लामिछानेलाई कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर पोखरास्थित जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइएको थियो । लामिछानेलाई सुरुमा ६ दिन, त्यसपछि ७ दिन र १० दिन म्याद थप गरी अनुसन्धानपछि यसपटक थप १३ दिन म्याद थप गरिएको हो ।
सभापति लामिछानेलाई रिहाईको माग गर्दै रास्वपाका कार्यकर्ताहरुले आज पनि पोखराको आवागमनमा अवरोध गरेका छन् । कास्की भन्दा बाहिरबाट ल्याईएका केही कार्यकर्ताहरु सडकमा उतारेर रास्वपाका कार्यकर्ताहरुले अदालतमा विचाराधिन मुद्दालाई प्रभाव पार्ने गरी विरोध प्रदर्शन गरिरहेका छन् ।
केही पीडितहरुलाई अगाडि सारेर सभापति लामिछानेलाई जोगाउन रास्वपाका कार्यकर्ताहरु शुरुदेखि नै सक्रिय भएपनि यो आजसम्म यो योजना सफल हुन सकेको छैन । साथै रास्वपाका कार्यकर्ता र सभापति लामिछानेले समेत अदालत परिसरमा पीडितहरुका तर्फबाट आन्दोलनको नेतृत्व गरिरहेका संयोजक किरण श्रेष्ठलाई धम्क्याउने र बदनाम गर्ने गरी अनेकन् प्रपोगाण्डाहरु मच्चाई रहेका छन् ।
अदालतमा पीडितका संयोजक किरण श्रेष्ठसँग जम्काभेट भएका पूर्वगृहमन्त्री लामिछानेले आक्रोश व्यक्त गर्दै तथ्यहिन आक्षेप समेत लगाएका थिए । संयोजक श्रेष्ठले भने–‘हतास मानसिकताका कारण उल्टै पीडितमाथि लामिछाने खनिनु सामान्य नै लिनुपर्छ । हामीले जीवी राईको सम्पत्ति लिएको, रविलाई फसाउन आन्दोलन गरेको लगायतको झुटो आरोप लगाएका छन्, हामी यसप्रति घोर आपत्ति व्यक्त गर्दै तथ्यहिन आरोपको खण्डन गर्न चाहन्छौं, त्यो पनि सप्रमाण ।’
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई