
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
८रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
पोखरा, ८ कार्तिक । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले आज बिहीबार अनुमति दिएको छ ।
बिहीबार आज न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सूर्यदर्शन सहकारी ठगीमा संलग्न पूर्वगृहमन्त्री लामिछाने, पूर्वडिआईजी जोशी र लिला पछाईलाई आजैदेखि लागु हुने गरी थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ताद्वय शान्तिदेवी शर्मा र विपिनराज तिवारी तथा कानुन व्यवसायीहरु युवराज पराजुली र विवि विष्टले बहस गर्दै उनीहरुलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने माग दावी गरेका थिए ।
लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरु नारायण घिमिरे, हरिप्रसाद सुवेदी तथा अधिवक्ताहरु नारायण कँडेल, सांसदसमेत रहेकी सविता गौतम, पदमराज शर्मा र मधुकुमार चौलागाँईले बहस गरेका थिए । इजलास समक्ष आक्रोशित देखिएका लामिछानेका तर्फबाट सांसद सोविता गौतमले पनि बहस गरेकी थिईन् । त्यस्तै, जोशीका पक्षमा वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले बहस गरेका थिए ।
बहसका क्रममा इजलाससमक्ष आफ्नो भनाई राख्दै लामिछाने आक्रोशित रुपमा प्रस्तुत भएका थिए । उनले आफूले पटक–पटक परीषा दिइसकेको तर आफूमाथि राजनीतिक प्रतिसोध साँधिएको दावी गरेका थिए । तर केही बेरमा सम्हालिएका लामिछानेले न्यायालयप्र ितभने आफूलाई विश्वास रहेको बताए ।
पूर्वगृहमन्त्री लामिछानेलाई प्रहरीले कार्तिक २ गते शुक्रबार पक्राउ गरेको थियो । सोही रात नै पोखरा ल्याईएका लामिछानेलाई शनिवार सार्वजनिक विदा परेकाले आइतबार मात्र अदालतमा उपस्थित गराएको थियो । उनलाई जिल्ला अदालत कास्कीले शुक्रबारबाटै गणना हुने गरी ६ दिन म्याद दिएको थियो ।
सोही प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई भने असोज ६ गते प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थियो । रवि पक्राउ परेका दिन शुक्रबार पूर्वडीआईजी जोशीलाई गत असोज १७ गतेबाट लागू हुने गरी २० दिनको म्याद थप गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया मार्फत् अपचलन गरेको भन्दैं गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक छविलाल जोशीसहित १८ जना व्यक्ति र संस्था विरुद्ध किटानी जाहेरी परेको थियो । यहीं प्रकरणका मुख्य अभियुक्त गोर्खा मिडिया प्रालिका तत्कालिन अध्यक्ष जीवी राई भने हालसम्म पनि फरार छन् ।
सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ५ करोड ५८ लाख ९ हजार रुपैयाँ नियम विपरित लगेको देखिन्छ । जीवी राई नेतृत्वको देशभरका सहकारीबाट गोर्खा मिडियामा मात्र झण्डै ६५ करोड रुपैयाँ लगिएको थियो । त्यसो त, अनुसन्धानका क्रममा सूर्यदर्शन सहकारीबाट रविले १ करोड रुपैयाँ लिएर गोर्खा मिडियाको नाममा ऋण मिलान गरेको वित्तीय प्रतिवेदनमा समेत उल्लेख छ । सहकारी ठगी प्रकरणमा रविसहित माओवादी केन्द्रका विद्यार्थी नेता दिपेश पुनसहित व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध पीडितले पूरक जाहेरी दिएका थिए ।
पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन, नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङ उड रियल स्टेट, गोर्खा ग्रुप इन्भेस्टेन्ट, गोर्खा आयुर्वेद प्रालि लगायतलाई विपक्षी बनाएर उनीहरुले पूरक जाहेरी दिएका थिए ।
त्यसअघिकै जाहेरीका आधारमा सूर्यदर्शन सहकारीबाट करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा प्रहरीले गत साल भदौ २४ गते १९ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । पटकपटक गरेर सूर्यदर्शन सहकारी प्रकरणमा ४४ जनालाई पक्राउ पुर्जी जारी गरिएकोमा शुक्रबार मात्र रवि सहित १४ जना विरुद्ध थप पक्राउ पुर्जी जारी भएको छ ।
उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक महेन्द्र भोटे भनिने शिवबहादुर गुरुङ, भविश्वर आचार्य, पूर्व सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पनि पुर्पक्षका लागि थुनामै छन् ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ