
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
८रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
काठमाडौँ, ३० असोज । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले राष्ट्र र नागरिकले सामना गरेका विषम परिस्थितिमा देखाएको समर्पणभाव र उच्च व्यावसायिकता प्रदर्शनबाट प्रहरी नागरिकको सेवा र सुरक्षाको भरोसायोग्य सङ्गठनका रूपमा स्थापित भएको बताउनुभएको छ ।
६९औँ प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले कार्यसम्पादन र सेवा प्रवाहको विश्वसनीयता, गुणस्तरियता र जिम्मेवारीप्रतिको समर्पणलाई निरन्तर परिस्कृत गर्दै लगिएको बताउनुभयो ।
महानिरीक्षक कुँवरले सङ्गठित अपराधका रूपमा रहेका लागुऔषध कारोबार, मानव बेचबिखन, साइबर एवं विद्युतीय कसुर, अवैध हातहतियार र बहुमूल्य सामग्रीको ओसरपसार तथा आर्थिक अपराधलाई निर्ममताका साथ कानुनी दायरमा ल्याउन प्रहरीले आफ्नो क्षमतालाई विस्तार गरी अन्तर्राष्ट्रिय प्रहरी निकायसँगको समवन्यलाई तीव्रता दिएको बताउनुभयो ।
बदलिँदो सामाजिक परिवेशसँगै सिर्जित नवीनतम् चुनौतीलाई उच्च मनोबलका साथ निस्तेज पारिएको उल्लेख गर्दै उहाँले पछिल्ला एक वर्षमा उल्लेखनीय र अपत्यारिला उपलब्धि हासिल भएका बताउनुभयो । “बहुचर्चित तथा जघन्य अपराधको सफल अनुसन्धान, विपद्जन्य घटनाको उद्धार, लागुऔषध, आत्महत्या, लैङ्गिक हिंसा र सवारी दुर्घटना न्यूनीकरणलगायत सामाजिक विकृतिविरुद्ध जनचेतना अभिवृद्धि गरिएको छ”, प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो ।
उहाँले पछिल्लो एक वर्षको अवधिमा प्रहरी सङ्गठनको आधुनिकीकरण, सुदृढीकरण र संस्थागत विकासका लागि विभिन्न निकायसँग साझेदारी भएको स्पष्ट पार्नुभयो । महानिरीक्षक कुँवरले मुलुकमा शान्तिसुरक्षा र अमनचयन कायम गरी नागरिकको जीउधन र व्यक्तिगत स्वतन्त्रताको संरक्षण गर्दै प्रहरीलाई विश्वसनीय र प्रभावकारी सङ्गठनका रूपमा रूपान्तरणका लागि कटीबद्ध रहन निर्देशन दिनुभयो ।
सो समारोहमा प्रमुख अतिथि एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अवकाश प्राप्त प्रहरी उपरीक्षक चिन्तबहादुर बस्नेतलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्नुभएको थियो । सो क्रममा प्रधानमन्त्री ओलीले ‘प्रहरी दर्पण २०८१’ लोकार्पण गर्नुभएको थियो । पुरस्कृत व्यक्तित्व बस्नेतले प्रहरी फौज स्थापनाको मर्मअनुसार काम गर्न सिङ्गो सङ्गठन प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।
उत्कृष्ट प्रहरी अधिकृत र कर्मचारी पुरस्कृत
समारोहमा प्रधानमन्त्री ओलीले ‘पूर्ण शान्ति पुरस्कार’ जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक पवनकुमार भट्टराई, ‘मोलीलाल सर्वोत्कृष्ट अनुसन्धान पुरस्कार’ केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक सूर्यभक्त श्रेष्ठ र ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार’ गण्डकी प्रदेश प्रहरी, विपद् व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी जवान अब्दुल अन्सारीलाई प्रदान गर्नुभयो ।
समारोहमा प्रहरी व्याटन–२०८१ अन्तर्गत उत्कृष्ट हुने लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङलाई प्रदान गरिएको थियो । यस्तै प्रधानमन्त्री ओलीले ‘मोलीलाल–कला–मिथिला अमर प्रहरी छात्रवृत्ति’ अनजयकुमार साह र आशिका लामा, ‘अच्युत–मीना अमर प्रहरी परिवार पुरस्कार’ अंशु थारु र दिकेश कार्की, ‘अच्युत–मीना अमर प्रहरी परिवार छात्रवृत्ति’ नवीना साउँद र अनिल साउँदलाई प्रदान गर्नुभयो ।
समारोहमा प्रहरीको ऐतिहासिक विकासक्रम झल्काउने मार्चपास तथा उपत्यकासहित सातवटै प्रदेश प्रहरी कार्यालयका तर्फबाट सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ