
१पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३तिब्बतर्फ ताल पुन: फुट्यो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
८बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
९स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१०पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
१०अफवाह नफैलाउन प्रहरीको आग्रह
११एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१२जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
मदिरा पिउँदैं नाच्ने क्रममा केही युवाहरुले रमाईलो गर्दा अरु पाहुनालाई असर परेको भन्दैं ३ युवालाई किङ्स लाउञ्जका सञ्चालक, बाउन्सर र कर्मचारीहरु मिलेर रेष्टुरेण्ट भित्र र बाहिर सडकमा ल्याएर अन्य पर्यटकहरुका अगाडि मरणासन्न हुने गरी रक्ताम्मे बनाएर कुटेका थिए ।
पोखरा, २७ भदौं । पर्यटकीय राजधानी पोखरा यतिबेला पर्यटकहरुका लागि असुरक्षित स्थल बन्दैं गईरहेको छ । पोखरा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरुमाथि यहाँका पर्यटन व्यवसायी, बारमा राखिएका बाउन्सर र कर्मचारीहरु समेत मिलेर गरिने कुटपिट र हत्यासम्मका घटनाले पोखराको पर्यटन क्षेत्र असुरक्षित बन्दैं गईरहेको हो ।
त्यसो त गत चैत ४ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई औपचारिक रूपमा पर्यटकीय राजधानी घोषणा त गरे, तर त्यो केबल हुचवाको भरमा मात्र घोषणा गरिएको तथ्य क्रमशः विभिन्न घटनाक्रमहरुले पुष्टि गर्दैछन् । सुरक्षा संयन्त्रको विशेष परिचालन र व्यवस्थापन बिना नैं पर्यटकीय क्षेत्र लेकसाईडलाई २४ सैं घण्टा खुल्ला गरिदिदाँ पर्यटकहरुको जिऊज्यानमाथि नै खतरा बढेको छ । तर यस्तो महत्वपूर्ण र संवेदेशिल विषयमा सम्बन्धित निकाय र पर्यटन व्यवसायीहरुको नैं ध्यान पुग्न सकिरहेको छैन ।
२४ सैं घण्टा खुल्ला रहने पोखराको लेकसाईड क्षेत्रमा सडकमा नैं पर्यटकलाई सामान्य निहूँमा मरणासन्न हुने गरी निर्घात कुटिरहँदा न त समयमा नै सुरक्षा निकायको टोली आईपुग्छ, न त पर्यटन व्यवसायीहरुले नै सुरक्षा दिन सक्छन् । सडकमा हिड्ने पर्यटकहरुले नै बाउन्सर र रेष्टुरेण्ट सञ्चालकहरुले ग्राहक कुटिरहँदा बचाउन पटक–पटक कोसिस गरिरहेको दृश्यले यतिबेला पोखराको सुरक्षाको अवस्थालाई छर्लङ्ग पारिरहेको छ ।
यस्ता गतिविधिहरुले आन्तरिक तथा वाह्य पर्यटकहरु पोखरामा असुरक्षित बन्दैं गईरहेका पुष्टि गर्दछ । केही दिन अघिमात्र खुलेआम सडकमा किङ्स लाउञ्ज पोखराका सञ्चालक, बाउन्सर र कर्मचारीहरु मिलेर सोही बारमा आएका पाहुनाहरुलाई मरणासन्न हुने गरी कुटपिट गरेको सिसिटिभी फुटेज हेर्दा यहाँ आउने सोंचमा रहेका पर्यटकहरुमा समेत त्रास फैलिएको छ ।
किङ्स लाउञ्ज पोखरामा शुक्रबार राति भएको सो घटनाको सिसिटिभी फुटेज हेर्ने हो भने त्यहाँको अवस्था कति कहाली लाग्दो थियो भन्ने दृश्य प्रष्ट देख्न सकिन्छ । मदिरा पिउँदैं नाच्ने क्रममा केही युवाहरुले रमाईलो गर्दा अरु पाहुनालाई असर परेको भन्दैं ३ युवालाई किङ्स लाउञ्जका सञ्चालक, बाउन्सर र कर्मचारीहरु मिलेर रेष्टुरेण्ट भित्र र बाहिर सडकमा ल्याएर अन्य पर्यटकहरुका अगाडि मरणासन्न हुने गरी रक्ताम्मे बनाएर कुटेका थिए ।
रेष्टुरेण्ट, बार र नाईट क्लबमा मदिरा पिएर रमाईलो गर्दा यस्तो झडप हुन सक्ने भन्दैं सुरक्षा दिन राखिने बाउन्सरहरुले पाहुनालाई सुरक्षित ढंगले प्रहरीको जिम्मा लगाउने वा वातावरण सहज गराउनु पथ्र्यो । तर उल्टै गुन्डागर्दी शैलीमा मरणासन्न हुने गरी ग्राहकलाई कुटपिट गर्ने सञ्चालक, बाउन्सर र अन्य कर्मचारीलाई एक साता बित्दा पनि प्रहरी प्रशासनले कुनै कारवाही गरेको छैन ।
एकातर्फ खुलेआम सडकमा पाहुना कुटिन्छन् भने अर्को तर्फ यस्ता घटनामा प्रहरी मुकदर्शक भएर उभिने गरेको छ । पर्यटन क्षेत्र कैं बदनाम हुने यो घटनामा पनि कास्की प्रहरी प्रशासन नराम्रोसँग चुकेको छ । गण्डकी प्रदेशको राजधानीका रुपमा परिचित पोखरा असुरक्षित हुँदा प्रहरी प्रशासनदेखि राजनीतिको बागडोर सम्हाल्नेहरुलाई सम्म यो घटनाले छोएको देखिदैंन ।
अर्कोतर्फ, वडा प्रहरी कार्यालय बैदामले यस घटनामा संलग्नहरुलाई पक्राउ गर्नुको साटो घटना मिलाउनका लागि पीडित पक्षलाई दवाव दिने र छलफलका नाममा अलमलाई राख्ने काम भईरहेको छ । एकातर्फ प्रहरीलाई रात्रिकालिन व्यवसाय सञ्चालन गर्ने यस्ता व्यक्तिहरुले मासिक रकम (हप्ता) बुझाउने गरेको आरोप लागिरहन्छ भने अर्कोतर्फ प्रहरीले नैं यस्ता घटनामा देखाएको उदासिनताले यो आरोपलाई थप पुष्टि हुने अवस्था सिर्जना भईरहेको छ ।
यस घटनामा पनि पीडित पक्षले तत्कालै दिएको उजुरी प्रहरीले दर्ता गर्न मानेन । जब कुटपिट भएको त्यस दिनको घटनाको सिसिक्यामेराको फुटेज सार्वजनिक हुँदैं दवाव बढ्न थाल्यो, तब रेष्टुरेण्ट सञ्चालकहरुलाई जोगाउन र वार्गेनिङका लागि अर्को उजुरी पनि तयार पारियो । यतिबेला यो घटना वडा प्रहरी कार्यालय बैदाममा मिलापत्र गराउनका लागि छलफलका क्रममा रहेको छ । आजसम्म पनि पीडितले भोलिपल्टै दिएको उजुरी र सञ्चालकले हिजो ल्याएको उजुरी भने दर्ता गरिएको छैन ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले भने–‘यस घटनामा संलग्न दोषीहरुलाई पक्राउ गरेर कारवाही गर्न वडा प्रहरी कार्यालय बैदामका डिएसपी मोहन निरौंलालाई भनिसकेको छु । लेकसाईडलाई २४ सैं घण्टा खुल्ला गर्ने विषयमा हामीले तयारी नै गर्न पाएनौं । हुचवाको भरमा आयो । थप जनशक्ति पनि थपिएन । त्यसपछि सिसिक्यामेरा जडान गर्ने, आदि ईत्यादी कुराहरु स्थानीय प्रहरीप्रशासनले बाहेक स्थानीय निकायले पनि आजसम्म गरेन । जसले गर्दा हामीलाई सुरक्षा चूनौंती एकदमैं थपिएको छ ।’
‘कास्की जिल्लाभरि एकहजार प्लस भन्दा बढि सुरक्षाकर्मी छैनन् । यहाँ रात्रिकालिन व्यवसाय २४ सैं घण्टा चल्ने क्षेत्रमा १५ सय भन्दा बढि होटल, रेष्टुरेण्ट लगायत छन् । अब सबैमा १/१ जना प्रहरी दिदाँ पनि १५ सयजना प्रहरी चाहियो’ एसपी थापाले भने–‘त्यस हिसाबले सुरक्षामा ठुलो कठिनाई भएको अवस्था छ । हामीले जहाँ घटना घट्यो, त्यहाँ रेस्पोन्स गर्न सक्ने बाहेकको अवस्था छैन ।’
२४ सैं घण्टा खुल्ला रहने लेकसाईडमा जम्मा २५/३० जना सुरक्षाकर्मीले ड्युटी गरिरहेका हुन्छन् । सबैतिर खटिदाँ यो संख्याले भने जस्तो काम गर्न नसक्ने स्थिति रहेको स्वयम् सुरक्षा निकायको भनाई छ । मापदण्ड अनुसार नचल्ने संस्थालाई अनुगमन गरेर कडा कारवाही गर्ने हो भने बढ्दो छाडापनमा कमि आउने पर्यटन व्यवसायीहरु नै स्वीकार्छन् ।
रेष्टुरेण्ट एण्ड वार एशोसिएसन नेपाल पोखरा (रेवान)का अध्यक्ष विश्वराज पौडेलले पर्यटकलाई नै कुटपिट गर्ने घटनाले सिङ्गो पर्यटन क्षेत्रलाई नै बदनाम गर्ने हुँदा यसतर्फ सम्बन्धित सबै चनाखो र सजग रहनु पर्ने बताउँछन् ।
‘जुन शुक्रबारको राति किङ्स लाउञ्ज पोखराको भित्र र बाहिर सडकमा ग्राहकहरुलाई कुटियो, यस्तो चाँहि हुनुहुँदैन । मैले पनि सिसिटिभी फुटेज हेरे,’ अध्यक्ष पौडेलले भने–‘पर्यटकहरु पोखरा आउँदा खेरी हामी सुरक्षित छौं । क्लबमा गएर खाँदा पनि सुरक्षित छौं भन्ने अनुभूति हामीले दिनुपर्ने हुन्छ । यस्ता घटनाहरु हुँदै गए भने यसले पोखराको पर्यटन क्षेत्रमा नै नकारात्मक प्रभाव पार्दछ ।’
३ वर्षअघि पोखरामा नयाँ वर्ष मनाउन काठमाडौंबाट आएका १८ वर्षीय किशोर नुभिव उप्रेतीको ट्रेजर लाउञ्ज बारमा भएको विवादमा हत्या गरियो । उनको शव फेवातालमा लगेर फालियो र परिवारजनलाई आत्महत्या हो भनेर लाश बुझ्न बाध्य पार्न खोजियो । तर परिवारजनको सक्रियताले उक्त घटना आत्महत्या नभई हत्या भएको भन्ने पुष्टि भयो र ३ जना पक्राउ परे । र, वडा प्रहरी कार्यालय बैदामको गरेको जघन्य लापरवाही जनता सामु छर्लङ्गै भयो ।

ललितपुर महानगरपालिका वडा नं. १५, खुमलटार निवासी १८ वर्षीय किशोर नुभिव उप्रेतीको ट्रेजर लाउञ्च बारमा भएको विवादपछि हत्या गरेर फेवातालमा लाश फालिएको थियो । फाईल तस्विर
आज यस्तै प्रकृतिको घटना पुनः दोहोरिएको छ । शुक्रबार राति किङ्स लाउञ्ज पोखरामा सञ्चालक, बाउन्सर र कर्मचारी मिलेर ३ जना ग्राहकमाथि रेष्टुरेण्ट भित्र र बाहिर सार्वजनिक सडकमा ल्याएर गरिएको सांघातिक आक्रमणको घटनाले पोखरा झनै असुरक्षित छ भन्ने सन्देश दिईरहेको छ ।
यस्तो अवस्थामा प्रहरी प्रशासनले तत्कालै त्यस रेष्टुरेण्टका सञ्चालक, बाउन्सरहरु र कर्मचारी जो कुटपिटमा संलग्न थिए पक्राउ गरेर कारवाहीको प्रक्रिया अगाडि बढाउनुको साटो उल्टै छलफलका नाममा गलत प्रवृत्तिलाई उन्मुक्ति दिने काम गरिरहेको छ । आर्थिक चलखेल वा दवावको प्रभावमा परेर प्रहरी प्रशासनले यस्ता गम्भिर घटनामा मिलापत्र गराउँदै हिड्ने हो भने फेरि अर्को ठुलो दुर्घटना नहोला भन्न सकिन्न ।
यसरी ग्राहक कुटिएको एक साता बित्न लाग्दा पनि वडा प्रहरी कार्यालय बैदामले अहिलेसम्म कुटपिटमा संलग्नहरुलाई पक्राउ नै गरेको छैन । पीडितहरुमाथि भएको यस ज्यादती र २४ सैं घण्टा खुल्ला गरिएको लेकसाईड क्षेत्रको सुरक्षाको विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापासँग गरिएको कुराकानीको सार संक्षेपः
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति