
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
८रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
पोखरा, १४ साउन । पोखरा–१७, बिरौंटामा रहेको एलपी देवकोटा मेमोरियल विद्यालयको बस दुर्घटना हुँदा आमा छोराको मृत्यु हुनुका साथैं २८ जना (विद्यार्थी र एकजना अभिभावक) घाईते भएका छन् । सो दुर्घटनामा परेर विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका ६ बर्षीय छोरा प्रिन्सको मृत्यु भएको हो ।
आज बिहान पोखरा वडा नं. २१, कृस्तीमा ग १ क ६२१९ नं. को स्कुल बस गुड्कु स्थित भित्री सडक खण्डमा रामदीबाट पोखरातर्फ आउँदै गर्दा विद्यार्थीसहित सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । सोही दुर्घटनामा गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । दुर्घटनामा परेर थप २८ जना घाइते भएका छन् ।
गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा विहान ९:४१ बजे चिकित्सकले आमा आरती विकलाई र ६ वर्षीय प्रिन्सलाई उपचारका क्रममा विहान १०:४५ बजे मृत घोषणा गरेका थिए ।
घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए । घाईतेहरुको गण्डकी मेडिकल कलेज, पश्चिम क्षेत्रीय अस्पताल र मनिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।
गण्डकी मेडिकल कलेजमा उपचाररत घाईतेहरुमा पोखरा–२१, कृष्तीका ९ वर्षीय अनमोल विक (अवस्था मध्यम), पाँच वर्षीय रोशन बराल (अवस्था मध्यम), पोखरा–२१, रामदीका १४ वर्षीय दिप्सन कार्की (अवस्था मध्यम), ६ वर्षीय योना गुरुङ (अवस्था मध्यम), १३ वर्षीय डिना गुरुङ (अवस्था सामान्य), १५ वर्षीय प्रकृति कार्की (अवस्था मध्यम), सोही वडाको एकहाते बस्ने ६ वर्षीय प्रिन्स राना (अवस्था सामान्य), सोही वडाको रामदी बस्ने ७ वर्षीय चिजा विक (अवस्था सामान्य), ९ वर्षीय प्रवेश कार्की (अवस्था मध्यम), १२ वर्षीय विसिका पौडेल (अवस्था मध्यम), ११ वर्षीय विश्वास पौडेल (अवस्था सामान्य), सोही वडाको एकहाते वस्ने १२ वर्षीय सिम्रन विक (अवस्था मध्यम) र रामदीका ११ वर्षीय विवश खत्री (अवस्था मध्यम) रहेका छन् ।
त्यसैगरी, पश्चिम क्षेत्रीय अस्पतालमा उपचाररत घाईतेहरुमा वडा नं. २१ का ८ वर्षीय अनन्या पौडेल (अवस्था मध्यम), ८ वर्षीय अनन्या पौडेल (अवस्था मध्यम), ३ वर्षीय सिमन मगर (अवस्था मध्यम), ३ वर्षीय न्युजन मगर (अवस्था मध्यम), ७ वर्षीय रिजन मगर (अवस्था मध्यम), १२ वर्षीय रामकृष्ण नेपाली (अवस्था मध्यम), २ वर्षीय अंकित खत्री (अवस्था मध्यम), १४ वर्षीय सितादेवी विक (अवस्था मध्यम÷छोरेपाटन सेकेन्डरी स्कुलका विद्यार्थी), ७ वर्षीय अस्मित विक (अवस्था मध्यम), ३० वर्षीय सुमित्रा सुनार (अवस्था मध्यम÷बच्चाको फि तिर्न आएकी अभिभावक), २ वर्षीय निर्दोष सुनार (अवस्था मध्यम), ३० वर्षीय सपना आले (अवस्था मध्यम/शिक्षक) र ११ वर्षीय निश्चल सुनार (अवस्था मध्यम) रहेका छन् ।
त्यसैगरी, मणिपाल शिक्षण अस्पतालमा उपचाररत घाईतेहरुमा बस चालक पोखरा–१७, बिरौंटा बस्ने ५५ वर्षीय टेकबहादुर भुजेल (अवस्था मध्यम), पोखरा–२१, रामदी बस्ने ८ वर्षीय निशान सुनार (अवस्था सामान्य) र ५ वर्षीय सागर थापा (अवस्था मध्यम) रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

तस्विरहरु साभार/स्रोतः सामाजिक सञ्जाल
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ