News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

गोरखाको धार्चेस्थित रेसेफाँटमा पहिरोमा परी ५ जना बेपत्ता

गोरखा, १३ साउन । गोरखाको धार्चे गाउँपालिका वडा नं. ५ गुम्दास्थित रेसेफाँटमा सामुदायिक वनबाट झरेको लेदोसहितको पहिरोले कृषि फर्म र एक घर पुरिँदा ५ जना वेपत्ता भएका छन् । जितबहादुर गुरुङको कृषि फर्म र घर बगाउँदा उनका ३ जनाको परिवारसहित ५ जना वेपत्ता भएका हुन् ।

नान्सेन सामुदायीक वनबाट झरेको लेदोसहितको पहिरोले कृषि फर्म र एक घर पुरेको थियो । यतिबेला सो ठाउँमा प्रहरी चौकी बारपाक र माछाखोलाबाट सुरक्षाकर्मीहरु घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए । पहिरोमा परेका मध्ये दुईजनालाई स्थानीयले उद्धार गर्न सफल भएका छन् ।