
१मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
२मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
६आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
७पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
८गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
९पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : ७८१ जनाको शव भेटियो
९स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
पोखरा, २६ असार । जिल्ला प्रहरी कार्यालय कास्कीले विन्ध्यवासिनी सहकारी ठगी मुद्दाका फरार अभियुक्त हरिप्रसाद अधिकारीलाई बुधबार (आज) पक्राउ गर्न सफल भएको छ ।
पोखरा–९, न्यूरोडमा सञ्चालनमा रहेको विन्ध्यावासिनी सहकारीका सञ्चालक समितिका पदाधिकारीहरु समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरी सहकारीको रकम हिनामिना, अपचलन एवम् ठगी गरेको कसुरमा संलग्न रहेको भन्दैं ३१ जना विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलिरहेको छ ।
पोखरा–१४, औद्योगिक क्षेत्र बस्ने पूर्व लेखा समितिका सदस्य ४० वर्षीय अधिकारीलाई आज नै पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी बसन्तकुमार शर्माले जानकारी दिएका छन् ।
कास्की प्रहरीले हालसम्म सहकारी ठगी मुद्दामा १७ जनालाई पक्राउ गरिसकेको छ भने १४ जना अझै फरार रहेका छन् । जसको खोजी कार्य व्यापक रुपमा भएको र केही सूचना भए गोप्य रुपमा प्रहरीलाई उपलब्ध गराउन समेत कास्की प्रहरीले अनुरोध गरेको छ ।
सहकारीको झण्डैं ७ करोड ठगीमा स्याङ्जा, फेदीखोला गाउँपालिका वडा नं. ७ स्थायी घर भई हाल पोखरा–४ बस्ने सहकारीका सचिव गंगाधर सुवेदी पनि संलग्न छन् । यता, बगालेटोलमा रहेको लेक सिटी हस्पिटलका अध्यक्ष उदित पौड्याल, सचिव सुवेदीका भाइ नाता पर्ने हुन् । सहकारी ठगीमा गंगाधर र उदित योजनावद्ध ढंगले संलग्न रहेका छन् । सचिव सुवेदीले पोखराको मानवअधिकारचोक अगाडि ‘अपेक्षा बुक्स एण्ड स्टेशनरी’ सञ्चालन गर्दै आईरहेका छन् ।

सहकारीको झण्डैं ७ करोड ठगीमा संलग्न स्याङ्जा, फेदीखोला गाउँपालिका वडा नं. ७ स्थायी घर भई हाल पोखरा–४ बस्ने सहकारीका सचिव गंगाधर सुवेदी । हाल सुवेदी पुर्पक्षका लागि कारागार चलान भईसकेका छन्।
अध्यक्ष नकर्मी र सचिव गंगाधर सुवेदी मिलेर कार्य समितिका अन्य पदाधिकारीहरु समेतको किर्ते हस्ताक्षर गरी रकम दुरुपयोग तथा हिनामिना गरेका थिए । साविक शिशुवा वडा नं. २ हाल पोखरा महानगरपालिका वडा नं. २९ मा सहकारीको नाममा रहेको कि.नं. ८९३२ सिट नं. ०९०११६७१ को क्षेत्रफल ३-१-३-० मो जग्गा समेत किर्ते गरी बेचबिखन गरेका थिए । लम्की–चुहा नगरपालिका वडा नं. ६ कैलालीकी रेजिना विष्ट र पोखरा–१७, विरौटा बस्ने उदितसन्दीप पौडेललाई योजनावद्ध ढंगले ३ करोड ५९ लाख ९० हजारमा बेचेर सो रकम अध्यक्ष नकर्मी र सचिव सुवेदी मिलेर हिनामिना गरेका थिए ।
सञ्चालक समितिका अन्य सदस्यहरुको सही किर्ते गरी कागजपत्र तयार गरेर जग्गा बेचिएको थाहा पाएपछि अध्यक्ष नकर्मी र सचिव सुवेदीले माफी माग्दैं सहकारीका नाममा उक्त जग्गा फिर्ता गर्ने लिखित वचतवद्धता प्रकट गरेका थिए । किर्ते गरेर बेचबिखन गरिएको जग्गा ८ दिन भित्रमा फिर्ता गर्ने भनेर २०८० पुस २६ गते लिखित कागज गरिएको थियो ।

सहकारी ठगीमा संलग्न पोखरा–८ बगाले टोलमा रहेको लेक सिटी हस्पिटल एण्ड क्रिटिकल कियर प्रा.लि. का अध्यक्ष उदित पौड्याल भन्ने उदिप सन्दिप पौडेल ।
अध्यक्ष नकर्मी र सचिव गंगाधर सुवेदी मिलेर किर्ते कागजात बनाई लेकसिटी हस्पिटलका अध्यक्ष उदय भन्ने उदिप सन्दिप पौडेल र रेजिना विष्टलाई सहकारीको ३ रोपनी जमिन बेचेका थिए । त्यसैगरी कृष्णमान श्रेष्ठले सहकारीको संयुक्त खाता सञ्चालन गरी १ करोड भन्दा बढि रकम हिनामिना गरेका छन् । उनले अध्यक्ष नकर्मी र सचिव सुवेदीसँगैं आफ्नो नामको संयुक्त खाता सञ्चालन गरेका थिए ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ