
१उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
३सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
४कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
५गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
६जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
७कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
८२४ भदौमा लुटिएको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाएको आरोपमा दुई युवक पक्राउ
९गीतकार सम्मान पत्रकार आरजु विष्ट ‘सल्यानी’लाई
१०कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
११उपल्लो मुस्ताङमा हिमपात, मुक्तिनाथ यात्रा नगर्न आग्रह
१२अन्नपूर्ण पदयात्रामा पर्यटक फसे, उद्धार टोली खटियो
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
९विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
१०पाँचथरमा बलेरो दुर्घटनामा छ जनाको मृत्यु
११लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
पोखरा, २८ जेठ । जिल्ला अदालत कास्कीले सहकारी पीडित बचतकर्ताहरुलाई कार्यालय प्रवेशमा नैं अघोषित रुपमा रोक लगाएको छ । हिजो सोमबार विहान १० बजे अदालतको गेटमा पुगेका सहकारी पीडित बचतकर्ताहरुलाई त्यहाँ तैनाथ सुरक्षाकर्मीले भित्र प्रवेश गर्न नदिई रोकेका थिए ।
सहकारी पीडित बचतकर्ताहरुलाई अदालतको गेटमा सुरक्षाकर्मीहरुले रोकेपनि सहकारी ठगीका आरोपितका आफन्त र नातेदारहरु भने सजिलैं ईजलासभरी थुप्रिएर बसेका देखिन्थे । यस सम्बन्धमा पीडित बचतकर्ताहरुले सुरक्षा निकायका प्रमुख र अदालतका कर्मचारीहरुलाई गुहार्दा पनि उनीहरुलाई विभिन्न वाहना बनाउँदैं अन्त्यमा सुरक्षाको कारण देखाउँदैं रोकिएको थियो ।
सोमबार मित्र मिलन सहकारी र प्राइम सहकारी लगायतका पीडित बचतकर्ताहरुलाई प्रहरीले अदालतको गेटबाट नै रोकेको थियो । आइतबार मात्र जिल्ला सरकारी वकिलको कार्यालयले गण्डकी प्रदेश कैं सबैभन्दा ठुलो बचत रकम ठगी भएको प्राइम सहकारीको मुद्दा दर्ता गर्दै सोमबार बयानका लागि ८ जनालाई अदालतमा उपस्थित गराएको थियो । भने, उता मित्र मिलन सहकारीका पूर्व अध्यक्ष भरत भट्टराईसहित दुईजनालाई बयानका लागि प्रहरीले अदालतमा उपस्थित गराएको थियो ।
मित्र मिलन सहकारी बचत पीडित संघर्ष समितिका संयोजक सूर्य पोखरेलले हजारौं पीडित बचतकर्ताहरुको तर्फबाट आएका हामी १५/२० जनालाई पनि अदालत प्रवेशमा रोक लगाईनु, न्यायाधीशले नै ईजलास भित्र थर्काउनु र सेटिङ मिलाएर ठगी आरोपितहरुलाई न्यून धरौंटीमा सहजै उन्मुक्ति दिईनु लगायतका घटनाक्रमहरुले आफूहरुलाई अदालतबाट न्याय पाउँछौं भन्नेमा शंका उत्पन्न भएको बताए ।
संयोजक पोखरेलले भने–‘हामीलाई मुख्य गेटमा नै सुरक्षाकर्मीहरुले रोकेर भित्र जान मिल्दैंन भन्दैं हप्कीदप्की लगाउनुको कारण के हो ? हामी पीडितहरुले दिएको जाहेरीका आधारमा पक्राउ परेकाहरुलाई अदालतमा उपस्थित गराउँदा हामीलाई बहिष्कार किन गरियो ? यसको जवाफ न्यायालयले दिनैपर्छ ?’
यस विषयमा प्रश्न गर्दा जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले भने–‘गेटमा सबैलाई प्रवेश भन्ने कुरामा त आज दुई/दुईवटा सहकारीको बहस भएकोले धेरै भीडभाड हुने सम्भावना रहेकोले हिजो अस्तिको भन्दा केही कडाई गर्नुपर्ने अवस्था आएको हो । तर त्यसरी छिर्नै नदिएको भन्ने चाँहि होइन ।’
सोमबार न्यायाधीश चन्द्रकान्त पौडेलको ईजलास नम्बर ३ मा मित्र मिलन सहकारीको र न्यायाधीश रामचन्द्र शर्माको इजलास नं. ५ मा प्राइम सहकारीको बहस पैरवी चलिरहेको थियो । सोही क्रममा केही सहकारी पीडितहरु अदालतमा बहस पैरवी सुन्न र आफ्ना भनाईहरु राख्न इजलास भित्र उपस्थित हुन खोज्दा सुरक्षाकर्मीहरुले गेटमा नै उनिहरुलाई रोकेका थिए ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की