
१पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३तिब्बतर्फ ताल पुन: फुट्यो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
८बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
९स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१०पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
१०अफवाह नफैलाउन प्रहरीको आग्रह
११एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१२जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
पोखरा, २८ जेठ । जिल्ला अदालत कास्कीले सहकारी पीडित बचतकर्ताहरुलाई कार्यालय प्रवेशमा नैं अघोषित रुपमा रोक लगाएको छ । हिजो सोमबार विहान १० बजे अदालतको गेटमा पुगेका सहकारी पीडित बचतकर्ताहरुलाई त्यहाँ तैनाथ सुरक्षाकर्मीले भित्र प्रवेश गर्न नदिई रोकेका थिए ।
सहकारी पीडित बचतकर्ताहरुलाई अदालतको गेटमा सुरक्षाकर्मीहरुले रोकेपनि सहकारी ठगीका आरोपितका आफन्त र नातेदारहरु भने सजिलैं ईजलासभरी थुप्रिएर बसेका देखिन्थे । यस सम्बन्धमा पीडित बचतकर्ताहरुले सुरक्षा निकायका प्रमुख र अदालतका कर्मचारीहरुलाई गुहार्दा पनि उनीहरुलाई विभिन्न वाहना बनाउँदैं अन्त्यमा सुरक्षाको कारण देखाउँदैं रोकिएको थियो ।
सोमबार मित्र मिलन सहकारी र प्राइम सहकारी लगायतका पीडित बचतकर्ताहरुलाई प्रहरीले अदालतको गेटबाट नै रोकेको थियो । आइतबार मात्र जिल्ला सरकारी वकिलको कार्यालयले गण्डकी प्रदेश कैं सबैभन्दा ठुलो बचत रकम ठगी भएको प्राइम सहकारीको मुद्दा दर्ता गर्दै सोमबार बयानका लागि ८ जनालाई अदालतमा उपस्थित गराएको थियो । भने, उता मित्र मिलन सहकारीका पूर्व अध्यक्ष भरत भट्टराईसहित दुईजनालाई बयानका लागि प्रहरीले अदालतमा उपस्थित गराएको थियो ।
मित्र मिलन सहकारी बचत पीडित संघर्ष समितिका संयोजक सूर्य पोखरेलले हजारौं पीडित बचतकर्ताहरुको तर्फबाट आएका हामी १५/२० जनालाई पनि अदालत प्रवेशमा रोक लगाईनु, न्यायाधीशले नै ईजलास भित्र थर्काउनु र सेटिङ मिलाएर ठगी आरोपितहरुलाई न्यून धरौंटीमा सहजै उन्मुक्ति दिईनु लगायतका घटनाक्रमहरुले आफूहरुलाई अदालतबाट न्याय पाउँछौं भन्नेमा शंका उत्पन्न भएको बताए ।
संयोजक पोखरेलले भने–‘हामीलाई मुख्य गेटमा नै सुरक्षाकर्मीहरुले रोकेर भित्र जान मिल्दैंन भन्दैं हप्कीदप्की लगाउनुको कारण के हो ? हामी पीडितहरुले दिएको जाहेरीका आधारमा पक्राउ परेकाहरुलाई अदालतमा उपस्थित गराउँदा हामीलाई बहिष्कार किन गरियो ? यसको जवाफ न्यायालयले दिनैपर्छ ?’
यस विषयमा प्रश्न गर्दा जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले भने–‘गेटमा सबैलाई प्रवेश भन्ने कुरामा त आज दुई/दुईवटा सहकारीको बहस भएकोले धेरै भीडभाड हुने सम्भावना रहेकोले हिजो अस्तिको भन्दा केही कडाई गर्नुपर्ने अवस्था आएको हो । तर त्यसरी छिर्नै नदिएको भन्ने चाँहि होइन ।’
सोमबार न्यायाधीश चन्द्रकान्त पौडेलको ईजलास नम्बर ३ मा मित्र मिलन सहकारीको र न्यायाधीश रामचन्द्र शर्माको इजलास नं. ५ मा प्राइम सहकारीको बहस पैरवी चलिरहेको थियो । सोही क्रममा केही सहकारी पीडितहरु अदालतमा बहस पैरवी सुन्न र आफ्ना भनाईहरु राख्न इजलास भित्र उपस्थित हुन खोज्दा सुरक्षाकर्मीहरुले गेटमा नै उनिहरुलाई रोकेका थिए ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति