
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
८पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
९पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
पोखरा, १५ वैशाख । पोखराको सूर्यदर्शन, चितवनको सहारा र बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीका पीडितले संयुक्त विज्ञप्ति जारी गर्दै सहकारीबाट गैरकानुनी रुपमा ऋण लिएका कम्पनी र ती कम्पनीका सञ्चालकलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।
सूर्यदर्शन बचतपीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठ, सहारा बचतपीडित संघर्ष समिति संयोजक शालिकराम दुवाडी र सुप्रिम सहकारीपीडित संघर्ष समिति संयोजक विजयकुमार नेपालले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै ती कम्पनीमा भएका लगानी फिर्ता गर्न सरकारसँग माग गरेका हुन् ।
जीबी राई समूहले सञ्चालन गरेका सहकारी हाम्रो कृषि सहकारी संस्था, पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, बुटवलको सुप्रिम, वीरगञ्जको सानोपाइला र नेपालगञ्जको समानता सहकारीका अरबौं रुपैयाँ नेपाल सरकारको ऐन कानुन र सहकारी ऐन विपरीत लगानी गर्न नमिल्ने नाफामूलक विभिन्न कम्पनी तथा संघसंस्थामा लगानी गरी हजारौ बचतकर्ताको अरबौं रुपैयाँ हिनामिना हुँदा समेत यो सरकार मौन रहेको विज्ञप्तिमा भनिएको छ ।
यी सहकारीबाट जीबी राई समूहको गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हर्ब, नेचर नेस्ट, गोर्खा ग्रुप अफ इन्भेस्टमेन्ट, स्प्रिङउड रियल स्टेट एन्ड हाउजिङ लगायत कम्पनीमा करोडौं रुपैयाँ गैर कानुनी ढंगले ऋण प्रवाह गरिएको प्रमाणहरु भेटिएका छन् ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सम्बन्धमा २०८० भदौमा प्रहरीमा जाहेरी परेपछि भएको छानविनमा जीबी राई समूहको संलग्नतामा करोडौं रुपैयाँ कम्पनीको नाममा ऋण लगानी गरेको फेला परेको थियो ।
२०८० माघ २२ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा सूर्यदर्शन सहकारीपीडितले १४ वटा विभिन्न कम्पनी विरुद्ध दिएको जाहेरी दरखास्त पनि हालसम्म अलपत्र बनेर प्रहरी कार्यालयमै थन्किएको भन्दैं संघर्ष समिति संयोजक किरण श्रेष्ठले तत्काल कारवाही अघि बढाउन माग गरेका छन् । यो सहकारीको पछिल्लो पटक काठमाडौंमा भेट्टिएको हार्डडिस्कबाट पनि थप आर्थिक हिनामिनाको विवरणहरु प्राप्त भएका थिए । थप नयाँ पात्रहरु र करोडौं अपचलन भएको यो छानबिनको प्रतिवेदन पनि सिआईबीको टोलीले अझैं सार्वजनिक गरेको छैन ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छानविन प्रतिवेदनमा जीबी राई समूहको संलग्नतामा विभिन्न कम्पनीमा करोडौं रुपैयाँ ऋण प्रवाह गरी अपचलन गरेको उल्लेख छ । चितवनको सहारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा समस्या देखिएपछि ०८० असोज ९ बाट छानविन हुँदा बनेको प्रतिवेदनमा विभिन्न ९/१० वटा कम्पनीमा करोडौं रुपैयाँ जीबी राई लगायत अन्य व्यक्तिको मिलेमतोमा दुरुपयोग भएको देखिन्छ ।
०८० चैत्र ४ मा तीमध्ये ६ वटा कम्पनी विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा पीडितले जाहेरी दरखास्त बुझाएका थिए । त्यतिबेला कम्पनीको तीन पुस्ते विवरण नभएको भन्दै उक्त विवरण उपल्ब्ध गराएपछि प्रक्रिया अघि बढाउने सहमति भएको थियो । कम्पनी र तिनका सञ्चालकविरुद्ध मुद्दा दर्ताको प्रक्रिया हालसम्म अघि बढेको छैन ।
‘यी सबै काम कारबाहीको विषयमा कुनै पनि कुरा अघि नबढ्नु, ती कम्पनीका सञ्चालक र उनीहरुको व्यापार, व्यवसाय र लगानी, ती कम्पनीका धन सम्पत्ति र आयस्रोत र कम्पनीको हालको अवस्थाको बारेमा कुनै पनि छानविन, अनुसन्धान र कारबाही नहुनु पछाडिको रहस्य हामीले बुझेका छैनौं,’ संघर्ष समितिका संयोजक श्रेष्ठले भने, ‘यो सरकारले ती सम्पूर्ण कम्पनीको आय आर्जन र धन सम्पत्तिको कुनै अनुसन्धान र रोकछेक नगर्नुको पछाडिको कारण आम सहकारीपीडितलाई प्रस्ट पारियोस् ।’ प्रहरी प्रशासनले पनि सहकारीबाट बचत लगेर अरबौं रुपैयाँ दुरुपयोग गर्ने कम्पनीविरुद्ध जाहेरी नलिनुको कारण प्रष्ट पार्नुपर्ने उनले बताए ।
पीडित बचतकर्ताको रकम फिर्ता गर्ने गरी समस्या समाधान गर्न सरकारले हालसम्म पनि ठोस कद नचालेको विज्ञप्तिमा बताइएको छ । सहकारीका समस्या समाधान गर्नुपर्ने नियामक निकाय, अनुसन्धानकर्ता र कानुनी पहरेदारनै सरकारबाट प्रभावित भइ पीडितले न्याय पाउने बाटोमा काँडेतार भएर उभिएको विज्ञप्तिमा उल्लेख छ ।
सहकारीको बचत नाफामूलक क्षेत्रमा लगानी गर्न विभिन्न कम्पनी तथा प्रालिको प्रयोग गर्ने क्रममा कतिपय अवस्थामा बदनीयतपूर्ण ढंगले सञ्चालक स्वयं आफै ती कम्पनीका मालिक भएको विज्ञप्तिमा उल्लेख छ । कतिपय अन्य व्यक्ति ती कम्पनीका सञ्चालक छन् । सहकारीको बचत हिनामिना हुँदै गर्दा कतिपय अवस्थामा सहकारीका सञ्चालक, पूर्व सञ्चालकले आफ्नो प्रत्यक्ष सहभागिता नदेखाइकन अन्य व्यक्तिको प्रयोग गरी आफु रकम अपचलन र बचत दुरुपयोग गर्ने काममा मात्र सिमित रहेको पाइएको छ ।
सहकारी ऐन, २०७४ को दफा ३० मा सहकारीको सदस्य बन्न कार्यक्षेत्र भित्र बसोबास गरेको, सहकारी विद्यालय, सामुदायिक विद्यालय गुठी, सेवामुलक संस्था हुनुपर्ने व्यवस्था छ । अर्थात् नाफामुलक निजी कम्पनी सहकारीको सदस्य हुन नपाउने व्यवस्था गरेको छ । कुनै कम्पनी या प्रालिलाई सदस्यता प्रदान गर्ने कुरा कानूनले दिँदैन र सदस्य हुन पनि पाइँदैन ।
सहकारी ऐन दफा ५० ले सदस्य केन्द्रीत भई बचत तथा ऋणको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ । उपदफा (१) मा भनिएको छ– सहकारी संस्थाले आफ्ना सदस्यहरूको मात्र बचत स्वीकार गरी, सोको परिचालन गर्ने र सदस्यलाई मात्र ऋण प्रदान गर्न सक्नेछ । अर्थातः सदस्य बाहेक अन्यले ऋण लिन पाउँदैनन् । कुनै पनि कम्पनी या प्रालिलाई सहकारीले ऋण प्रदान गर्न मिल्दैन । उक्त व्यवस्था विपरीत कुनै व्यक्तिले कुनै कम्पनी या प्रालिको तर्फबाट ऋण लिनु गैरकानुनी ठहर्छ ।
‘ऋण लिदाका बखत कुनै पनि कम्पनीका सञ्चालक तथा अन्यले आपराधिक दायित्वबाट उन्मुक्ति पाउन नसक्ने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसरी हाम्रो अहिलेको मौजुदा ऐन कानुनमा उल्लेखित हुँदा समेत हामी हजारौं सहकारी निक्षेकर्ता कुनै दुई–चारजना गलत नियत भएका सहकारी सञ्चालक या कम्पनी सञ्चालकबाट ठगिँदै गर्दा यो सरकारको ध्यान गएको छैन । कुनै अनुसन्धान र कारबाहीको प्रक्रिया अघि नबढ्दा हामी पीडित बचतकर्ताको न्यायको विषयमा प्रश्नचिह्न खडा भएको छ ।’
सरकार र सरोकारवाला सत्ता संरक्षणमा लागेर बचतकर्ताको पीडा र भावनासँग खेलबाड गरी अर्थहिन कुराको भुलभुलैयामा पार्न लागेको पीडितको आरोप छ । प्रहरी प्रशासन लगायत सरकारका विभिन्न निकायबाट पीडित बचतकर्ताले बचत फिर्ताको माग गर्दा समन्वय र सहजीकरण गर्नुपर्नेमा झन् अनावश्यक दुःख दिने, मनोवैज्ञानिक रुपमा हतोत्साहित बनाउने, उजुरी नलिने लगायतका कार्य गरेको प्रति विज्ञप्तिमा आपत्ति प्रकट गरिएको छ ।
‘हामीलाई फेरी भुलभुलैयामा पारेर अल्मल्याउन खोजिएको छ । हामी पीडितलाई आश्वासन देखाएर सहकारी ठगी गर्ने र पसिनाको पैसामा मस्ति गर्नेहरुलाई उम्काउने र ढाकछोप गर्ने कुनै पनि बाटो नहोस्,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्था आयो भने पीडितका घाउमा थप पीडा थपिने छ । अतः टालटुले आश्वासन होइन, तत्काल हाम्रो रकमको रक्षा र फिर्ता होस् । रकम दिने र लिनेलाई हदैसम्म कारबाही होस् ।’
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई